Featured Photos
Recent News

तोपगाछीमा नयाँ ‍बजार सञ्चालन

केर्खा/ग्रामीण क्षेत्रको कृषि उत्पादनको बजारीकरण गर्ने उद्देश्यले झापाको तोपगाछीमा थप नयाँ बजार सञ्चालनमा ल्याईएको छ । तोपगाछी–५ मा बुधबार एक कार्यक्रमका बीच नयाँ बजारको ईलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक ईश्वर कार्कीले उद्घाटन गरे  ।
स्थानीयबासीको सक्रियतामा बजार सञ्चालनमा आएपछि यस क्षेत्र का उपभोक्तालाई सहजता पुग्ने बजार सञ्चालक समितिका लेखनाथ खतिवडाकाले जानकारी दिए  ।
तोपगाछीकै पूरानो केर्खा बजारबाट तीनसय मिटर पश्चिममा करिब १५ कठ्ठा क्षेत्रफलमा प्रत्येक बुधबार साप्ताहिक रुपमा बजार लाग्ने जनाईएको छ । यससंगै तोपगाछीमा केर्खा, क्याम्पा, सराङपाडासहितका चार वटा स्थानमा साप्ताहिक रुपका हटिया सञ्चालनमा रहेका छन् । 

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives