Featured Photos
Recent News

युवा संघको शिविर सहित सम्मान

दमक/ युवा संघ नेपाल दमक वडा कमिटी वडा नम्बर ३ ले शनिवार यहाँ ज्येष्ठ सम्मानसहित निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
वडा कमिटीका अध्यक्ष ओम सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा ८० वर्ष भन्दा माथिका आठ जना जेष्ठ नागरिकहरूको सम्मान तथा निशुःल्क स्वास्थ्य शिविर गरेको हो । नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा क्षेत्र नम्बर ७ का क्षेत्रीय इन्चार्ज होम बहादुर थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । यसैगरी कार्यक्रममा क्षेत्रीय अध्यक्ष नेत्र प्रसाद दाहाल, नगर अध्यक्ष अम्बिका प्रसाद खनाल, युवा संघका मेची अञ्चल सदस्य प्रकाश नेपाल, संघका क्षेत्रीय सह–संयोजक राजकुमार थापा लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन वडा सचिव लोकनाथ सापकोटाले गरेका थिए ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives