Featured Photos
Recent News

मृगौला रोगी मगरद्वारा याचना

दमक/ दुवै मृगौलाले काम गर्न छाडेपछि झापा तोपगाछी—२ का श्यामबहादुर मगरले उपचारका लागि सबैसंग सहयोगका याचना गरेका छन् । उपचारार्थ आर्थिक समस्यामा परेका छन् । आर्थिक अवस्था दयनीय भएका मगर केही समय अघि वैदेशिक रोजगारको सिलसिलामा कुवेत पुगेका थिए । कुवेतमा कार्यरत रहँदा मगर अस्वस्थ भएपछि घर फर्केका थिए । घर फर्केपछि उपचारको निम्ति काठमाण्डौस्थित टिचिङ् अस्पतालमा भर्ना भएका मगरलाई चिकित्सिकले दुवै मृगौलामा समस्या भएको बताएका थिए ।
पीडित मगरको उपचारको निम्ती सहयोग जुटाउन लिम्बुवान चलचित्र बिकास बोर्डले संगीत यात्रा अभियान सञ्चालन गर्ने भएको छ । अभियानलाई झापाको बिर्तामोड, दमक, झिलझिलेलगायत मोरङको पथरी, उर्लाबारी र बिराटचौकमा राष्ट्रिय तथा स्थानिय कलाकर्मीको जमघटमा प्रस्तुतिमा कार्यक्रम गरिने जनाईएको छ ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives