Featured Photos
Recent News

१०२ वर्षीय तिम्सिनालाई सम्मान

सुरुङ्गा/लायन्स क्लब अफ कनकाईले कुशेऔंशी तथा बाबुको मुख हेर्ने दिनको अवसर पारेर यहाँका एकजना जेष्ठ नागरिकलाई सम्मान गरेको छ । 
आइतबार क्लबका पदाधिकारीहरूले १०२ वर्षीय ज्येष्ठ नागरिक केशवप्रसाद तिम्सिनाको कनकाई नगरपालिका ३ सुरुङ्गास्थित घरमै पुगेर सम्मान गरेका हुन् । तिम्सिना वि. सं १९७१ साल भाद्र ९ गते खोटाङ जिल्लाको लामीडाँडा वडा नंं. ६ जन्मिएर २०२८ सालदेखि सुरुङ्गामा बसोबास गर्दै आएका छन् ।
जीवनको उकाली ओरालीमा नेपाली सेनामा भर्ना भइ दोस्रो विश्वयुद्धमा लडेको र उनी २०१२ सालमा सेवाबाट अवकाश लिएका लिए । कार्यक्रममा तिम्सिनालाई सम्मान पत्र, दोसल्ला, छाता, लौरो, फलफूल र नगदसहित सम्मान गरिएको हो । तिम्सिनाका ४ छोराहरू, १ छोरी, ३१ नाति–नातिना, ४५ पनाति–पनातिना र ७ जनाति–जनातिना रहेको बताइएको छ ।
लायन्स क्लब अफ कन्काईका चार्टर प्रेसिडेन्ट लीला चिमिरियाको अध्यक्षता रहेको कार्यक्रममा ज्येष्ठ नागरिक मञ्च झापा जिल्ला संयोजक भवानीप्रसाद दाहाल, कनकाई नगर सचिव रघुनाथ भट्टराईले मन्तव्य राखेका थिए ।
लायन्सका पीआरओ तीर्थराज खरेलले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा निर्देशक डीपी गौतमको स्वागत र पंण्डित हरिप्रसाद तिम्सिना र पण्डित गणेश पराजुलीले स्वस्ती वाचन गरेका थिए ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives