Featured Photos
Recent News

हतियार प्रहारबाट श्रीमतीको हत्या

केर्खा/झापाको तोपगाछी गाविसका एक व्यक्तिले शनिबार राति धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।
तोपगाछी गाविस–८ का क्याम्पा बस्ने ४५ बर्षीय पर्शुराम रिजालले ४० वर्षीया श्रीमती मिना रिजालको धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् ।
घरायसी विषयमा श्रीमान–श्रीमतिबीच विवाद हुँदा रिजालले शनिबार राती ११
बजेतिर श्रीमतीको टाउँको र घाँटीमा धारिलो हतियार प्रहार गरेका थिए । श्रीमानको हतियार प्रहारबाट गम्भिर घाईते मिनाको उपचारका लागि न्यूरो अस्पताल विराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । पक्षघात रोगी भएका पर्शुले हत्या गरे पछि स्थानीय प्रहरी चौकीमा आत्मसमपर्ण गरेका थिए । श्रीमतीको हत्या गर्ने अभियुक्त पर्शुरामलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives