Featured Photos
Recent News

आन्दोलनकारीले भ्यान जलाए

मोरङ/ आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले मोरङमा आइतबार बिहान एउटा भ्यानमा आगजनी गरी क्षति पु¥याएका छन् । विराटचोक सडकखण्डको सिग्राहा–७ मा बिहान को १ च ५९२९ नम्बरको म्याजिक भ्यानमा २०–२५ जनाको समूहले आगो लगाएको जिल्ला प्रहरीका प्रवक्ता डिएसपी प्रमोद खरेलले जनाए ।
उक्त समूहले भ्यानका चालकलाई समेत कुटपिट गरेको खरेलले बताए । यसैबीच सीमांकन प्रति असन्तुष्टी जनाउँदै संयुक्त मधेसी मोर्चा सहितका दल र समूहले आह्वान गरेको बन्दको २९ औं
दिन आइतबार पनि विराटनगरका बजार बन्द भएका छन् । विराटनगरको शनि मन्दिरदेखि उत्तर विद्युतीय रिक्सा र टेम्पो सञ्चालनमा रहेपनि कोसी राजमार्ग अन्तर्गत रोडशेष चोक र सो भन्दा दक्षिण मोटरसाइकल र रिक्सा मात्र चलिरहेको छ ।
३ सय ४३ गाडी स्कर्टिङ यसैबीच भारतबाट कच्चा पदार्थसहित विभिन्न सामान लिएर सिमावर्ती क्षेत्रमा बन्दका कारण रोकिएका २ सय २ सवारीसाधनलाई गएराति मोरङ प्रहरीले स्कर्टिङ गरी जिल्ला कटाएको छ ।
रानी भन्सार क्षेत्रमा रोकिएका २ सय २ मालबाहक ट्रक र कन्टेनरलाई स्कर्टिङ गरि मोरङको सीमाना कटाई सुनसरी पु¥याइएको डिएसपी खरेलले जनाए । यस्तै सुनसरीबाट आएर मोरङको विभिन्न स्थानमा रोकिएका १ सय ४१ वटा सवारीसाधनलाई सुरक्षा दिएर भारतीय सीमामा छोडिएको खरेलले बताए ।

बन्द खुलाउन आग्रह

मोरङ/ लगातार एक महिनादेखि भएको बन्द सर्वसाधारणलाई समस्या परेको जनाई सचेत नागरिक अभियानले बन्द खुलाउने वातावरण सिर्जना गर्न सरकार तथा आन्दोलनरत दललाई आग्रह गरेको छ ।
विराटनगरको ट्राफिक चोकमा शनिबार साँझ आयोजित कार्यक्रममा अभियानले सरकार र आन्दोलनरत पक्षबाट अविलम्ब वार्ता गरी मुलुकलाई समाधान दिनुपर्ने माग गरेको छ ।
लामो समयदेखिको बन्द र हडतालबाट सबै क्षेत्र अस्तव्यस्त भएकाले दुवै पक्षलाई सकारात्मक भएर वार्तामा आउने वातावरणका लागि दबाब दिइएको हो । कार्यक्रममा उद्योग सङ्गठन मोरङका अध्यक्ष शिवशंकर अग्रवालले बन्द र हडतालका कारण करिब ३२ दिनदेखि विराटनगरलगायत पूर्वी तराईको जनजीवन निकै कष्टकर भएको बताए । इन्सेकका क्षेत्रीय संयोजक सोमराज थापाले बालबालिकाको पढाइ प्रभावित भएको लामो समय बितिसकेको तर त्यसमा कुनै पक्ष गम्भीर नदेखिएको बताउँदै आन्दोलनरत पक्षलाई वार्तामा लगेर सबै क्षेत्र सञ्चालन गराउने वातावरणमा सरकार लाग्नुपर्नेमा जोड दिए ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives