Featured Photos
Recent News

मासु पसलमा मापदण्ड विपरीतका तराजु

दमक/ झापा जिल्ला मासुु ब्यवासायी संघले बुुधबार दमकमा मासु पसलहरुको अनुगमन गरेको छ । इलाका पशु कार्यालय दमक, दमक नगरपालिका र स्थानीय प्रशासन सहितको टोलीले गरेको सो अनुगमनका क्रममा अधिकांश मासुपसलहरुबाट अवैध रुपमा सञ्चालनमा रहेका ढक तराजुहरु नियन्त्रमा लिएको थियो । दमकमा मासुपसलहरु अनियन्त्रित रुपमा खुल्ने क्रम बढे्संगै सर्वसाधारणहरु ठगिने गरेको जनगुनासो बढेपछी संघले अनुगमनलाई तिव्रता दिएको हो ।
दमक बजार क्षेत्र वरिपरि विभिन्न स्थानमा रहेका १ सय भन्दा बढि मासुपसलहरुमा अनुगमन टोली पुगेको थियो । अनुगमनका क्रममा मापदण्ड विपरीत प्रयोगमा आएका केही ढक तथा तराजुहरु टोलीले नियन्त्रणमा लिएको थियो ।  नियन्त्रण लिएका ढक तराजुहरु कानुनी प्रक्रिया पछि सम्बन्धित धनिलाई बुझाईने इलाका पशु कार्यालय दमकका प्रमुख विनोद शाहले जानकारी दिए । अनुगमनका क्रममा कतिपय मासु पसलहरुले जनस्वास्थ्यको ख्याल नै नगरी न्युनतम मापदण्ड पनि पुरा नगरि नै पसल सञ्चालन गरेको पाइएकाले व्यावसायीहरुलाई मापदण्डमा आउनु चेतावनी दिएर छाडिएको शाहले बताए ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives