Featured Photos
Recent News

वीपी जयन्ती मनाईयो

दमक/नेपाली कांग्रेस दमक– १३ र वडानम्वर १६ ले विहीवार १०१ औं बिपी जयन्तीको अवसरमा कार्यक्रम गरेको छ । कांग्रेस वडासमिति दमक १३ र वडानम्वर १६ मा भएको कार्यक्रममा बिपी कोइरालाको जीवनी माथि  चर्चा गरिएको थियो । उनीहरुले वीपीले प्रतिवादन गरेको समाजवाद सिद्धान्तको विचारलाई अझै पनि उत्तिकै सार्थक रहेको बताएका थिए  ।
वडानम्वर १३ मा भएको कार्यक्रममा कांग्रेस झापा कोषध्यक्ष देवी दाहाल , प्रशिक्षण विभाग जिल्ला सदस्य पर्शुराम रिजाल लगायतले बिपीको बिचार अहिले पनि लोकप्रिय रहेको जोड दिएका थिए । कार्यक्रम वडासभापति हेम सुवेदीको अध्यक्षतामा भएको थियो ।
यसै गरी दमक– १६ मा भएको कार्यक्रममा कांग्रेस दमक नगर सभापति ढुण्डिराज भण्डारी, महिला नेतृ चन्द्रा खडका र तरुण दल दमक १६का सभापति दिपेश दाहालले बिपी कोइरालाको बिषयमा बोलेका थिए ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives