Featured Photos
Recent News

रेडक्रस लखनपुरद्वारा बक्तृत्वकला प्रतियोगिता

लखनपुर/झापाको लखनपुरमा नेपाल रेडक्रस सोसाईटी उपशाखाले सोमबार विद्यालयस्तरीय बक्तृत्वकला तथा चित्रकला प्रतियोगिताका आयोजना गरेको छ । प्रतियोगितामा लखनपुर र तोपगाछीका एक दर्जन बढी माध्यमिक विद्यायहरुको सहभागिता रहेको थियो ।
५३ औ रेडक्रसको दिवसका अवसर पारेर आयोजना गरिएको सो प्रतियोगिताको चित्रकला तर्फ तोपगाछीको महेन्द्ररत्न उमाविकी बविता तामाङ प्रथम, मंगलमय उमाविका भुवन सुब्बा द्वितीय र स्टार बोर्डिङ स्कूल लखनपुरका सुजन राई तृतीय भएका थिए । सहभागी १३ जना प्रतियोगीहरुले रेडक्रसका संस्थापक स्व.हेनरी ड्यूनाको चित्र बनाएका थिए ।
यसैगरि,वक्तृत्वकला तर्फ लखनपुरको हिमाली स्कूलका यतिश ओझा प्रथम, द्वितीयमा स्मारिका बोर्डिङ स्कूलकी मनिता चौहान र मंगलमय उमाविकी ममता न्यौपाने तृतीय भएकी थिईन् । दुवै प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो । उपशाखा सभापति चन्द्र शाहको अध्यक्षतामा भएको सो कार्यक्रममा रेडक्रस झापाका उपसभापति मित्रदेव काफले, रेडक्रस झापाका जिल्ला सदस्य प्रकाश बुढाथोकी, रेडक्रस लखनपुरका सल्लाहकार पूर्णानन्द शर्मा, तोपगाछी स्रोत व्यक्ति केशव भट्टराई, मंगलमय उमाविकी अध्यक्ष प्रमिला न्यौपाने, प्राचार्य ओमप्रकाश खनाल, वेणु शिवाकोटी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम मंगलमय उमाविमा भएको थियो ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives