Featured Photos
Recent News

स्व. ऐतराज केरुङ स्मृति पुरस्कार चेलीलाई

दमक/ पाँचथर गजल मञ्चले वर्षेनी प्रदान गर्दै आएको स्व. ऐतराज केरुङ स्मृती पुरस्कार यसवर्ष साहित्यकार सुमित्रा वाङ्देल चेलीलाई प्रदान गर्ने भएको छ ।
सुमित्रा वाङ्देल चेली
गजल विद्यामा उत्कृष्ट कृति प्रकाशन गर्ने र निरन्तर रुपमा गजल क्षेत्रमा साधनारत चेलीलाई पुरस्कारका लागि छनौट गरिएको मञ्चका सदस्य तथा छनौट समितिका संयोजक राज दिलाञ्जलीले बताए ।
इलामको शान्तिडाँडामा जन्मी झापाको दमकमा कर्मथलो बनाएकी चेलीको चर्चित खण्डकाव्य चेलीभित्रको पहाड, गंगाजल गजल संग्रह र इलामे चेलीका गजलहरु संयुक्त रुपमा प्रकाशन भइसकेको छ ।
यसअघि मञ्चले जिल्लाको एकतिनका गजलकार मदन मुर्छना र इलाम चुलाचुलीका गजलकार सुन्दर कुरुपलाई सो पुरस्कार प्रदान गरिसकेको छ । मञ्चका अध्यक्ष मधु आजित केरुङले आफूहरुको स्वर्गीत पिता स्व। ऐतराज केरुङको स्मृतीमा २०६९ सालबाट सुरु गरिएको पुरस्कार प्रत्येक वर्ष गजल विद्यामा कलम चलाउने उत्कृष्ट साहित्यकारलाई वितरण गर्दै आएको बताए । पुरस्कारको राशी ५ हजार ५ सय ५५ रुपैयाँ रहेको छ ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives