Featured Photos
Recent News

सशस्त्रले कुटे वृद्धलाई

झापा/खुदुनावारी वेश क्याम्प स्थित सशस्त्र प्रहरीका प्रहरी निरीक्षकले स्थानीय तेजबहादुर बुढाथोकीलाई मरणासन्न हुने गरी कुटपिट गरेका छन् । घरमै बसिरहेका बुढाथोकीलाई वेशका प्रहरीले क्याम्पमा लगेर सोमबार बेलुका कुटपिट गरेका हुन् ।
खुदुनाबारी ४, ५ र ६ को हवल्दार पैनीका चौकीदार बुढाथोकीले पैनीको मुहानका ढुङ्गा चोरी भएपछि सशस्त्र प्रहरीलाई रिपोर्ट गर्दा आक्रोशित बनेका सशस्त्र इन्सपेक्टर भोजराज पौडेलले सशस्त्रको वेश क्याम्पमै ल्याउन लगाएर कुटपिट गरेको पीडितका छोरा ईन्द्रबहादुर बुढाथोकीले जानकारी दिए ।
पीडित बुढाथोकीले पटक पटक मुहानको ढुङ्गा चोरी हुँदा रिपोर्ट गर्ने तर स्थानीय सशस्त्र प्रहरीले ध्यान नदिएको बताएपछि इन्सपेक्टर पौडेल आक्रोशित बनेको बताइएको छ । पीडितका छोराले इलाका प्रहरी बिर्तामोडमा न्यायका लागि निवेदन दिएका छन् भने पीडितको मनमोहन अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives