Featured Photos
दमकमा निकालिएको सद्भाव र्याली – दमक उद्योग वाणिज्य संघ ।
दमकमा निकालिएको सद्भाव र्याली – सौन्दर्य कला व्यवसायी संघ ।
दमकमा निकालिएको सद्भाव र्याली – आदर्श उमाविका विद्यार्थीहरु ।
दमकमा निकालिएको सद्भाव र्याली – विद्यार्थीहरु ।
दमकमा निकालिएको सद्भाव र्याली – पशुपति किर्तन मण्डली परिवार ।
दमकमा निकालिएको सद्भाव र्याली – रोटरी क्लवका सदस्यहरु ।
Recent News
द्वन्द्वका दुःखी निशानाहरू
सशस्त्र द्वन्द्वको क्रममा भएको क्षतिको पुनव्र्यस्थापन त परै जावस्, भग्नावशेषहरू पनि अझै तह लगाइएको छैन । झापाका दक्षिणी ग्रामीण क्षेत्रका गाविस भवनहरू, ती सँगैका उपस्वास्थ्य चौकी र हुलाकका इकाई अनि त्यो भन्दा धेरै त प्रहरी चौकीहरू ऊ बेला माओवादी निशाना बनेका थिए । कयौं रात दिन ती भवनहरू बलिरहन्थे । राज्य सत्ता जित्ने ख्वाबसाथ तिनमा झोसिएको आगो निभाउन कोहि पनि पुगेन । राज्य पूर्णरुपमा सहरमा केन्द्रित थियो अर्थात सुरक्षात्मक अवस्थामा सीमित भएको प्रतित हुन्थ्यो । नागरिक जीवन पूर्णत बन्धक बनाइएको थियो हिंसारत पक्षहरूबाट । मध्य र पश्चिम नेपालका कतिपय जिल्लाका सरकारी जंगी ठेगानाहरू धमाधम सदरमुकाम सारिँदैछ ।
आज सशस्त्र द्वन्द्व सकिएको नौ वर्ष बितिसकेको छ । यसबीचमा धेरैथरिका सम्झौता र सहमति भएका छन् । प्रतिबद्धता व्यक्त गरिएका छन् । सरकारमा माओवादी सहितका सबैजसो ठूला दलहरू पुगिसकेका छन् । तर पनि भित्री गाउँमा हिजो निशाना बनाइएका ती स्थानीय सरकारी ठेगानाहरूको पुनर्निर्माणबारे सोचिएको छैन । कालो काइ जमेका, भित्ता र खाँबा अँगार भएका खण्डहरू भवनहरूमै बसेर स्थानिय राज्यको भूमिका निर्बाह भइरहेको छ ।
झापाका कम्तिमा केहि दर्जन त्यस्ता प्रत्यक्ष जनसरोकारका सरकारी अड्डाहरू अहिले युद्धको चर्काे स्वरुपका दुःखद दशी बनेर रहेका छन् । तिनको छिटो पुर्नर्निमाणका लागि कतैबाट पनि आवाज नउठ्नु दुःखद कुरा हो । हिजो गाउँले जनता क्षयरोगको औषधी चिकित्सकीय निगरानीमा खान जान्थे ती कार्यालयमा । जन्म र मृत्यु दर्ता गरिन्थे तिनमा । सिलाई कटाइ तालिम चलाइन्थे कत्तिमा । छोटी हुलाक थिए ती ठाउँमा । ती आधारभूत स्तरका एकाईलाई निकम्मा बनाउँदा केन्द्रिय राज्यसत्तालाई भन्दा बढी क्षति गाउँलाई नै पुगेको विश्लेषण सत्यको नजिक छ ।
भत्काइएका सरकारी अड्डा फेरि बनाउनका लागि आवश्यक प्रयास नहुनु बिडम्बना बाहेक केही होइन । अरबौंको जायजेथा क्षति भएको छ, त्यतिबेला प्रायः एउटै जिल्लामा । स्थानीय स्तरबाटै तिनको पुनर्निर्माण गर्न नसकिने भएको अवस्थामा आफ्नो नेतृत्व सरकारमा रहेको बखत आवश्यक पहलका लागि सबै दलले काम शुरु गर्नु आवश्यक देखिन्छ । हिजो हिंसामा एउटा मात्र दल जिम्मेवार थियो । तर अब त्यो संरचनाको पुनर्निर्माणका लागि बाँकी सबै राजनीतिक दल र तिनको नेतृत्वले लाग्न जरुरी छ । यो समग्र काम एउटा मात्र राजनीतिक दलले मात्र काँध थाप्न सक्ने काम पक्कै होइन ।
माओवादी हिंसा मुलुकको विगत हो । त्यो नेपाली समाजले भोगेको पीडापूर्ण यथार्थ थियो । मुलुक हिंसाको त्राणबाट उन्मुक्तिको सास फेर्न प्रयासरत छ आज । द्वन्द्वका प्रभाब र पाटाहरूलाई निपटारा गर्दै समाजलाई गतिदिने अभियानले राष्ट्रिय प्राथमिकता पाउन सकेको अझै महसुस हुनसकेको छैन । ध्वस्त र खण्डहर सरकारी संरचनालाई छिटोभन्दा छिटो पुननिर्माण गरेर मुलुकलाई राज्यको ताजा मूल प्रवाहीकरण गर्न शिघ्र काम थालिन जरुरी देखिन्छ ।

Related News :
If you enjoyed this article, subscribe to receive more great content just like it.
Connect us in Facebook
Popular News
-
पारसमणि आचार्य २०३८ साल असार ७ गते त्रिविबाट सम्बन्धन प्राप्त गरी ‘दमक कमर्स क्याम्पस’ नामबाट विधिवत स्थापना भएको हालको दमक बहुमुखी ...
-
डा. विजयकुमार लिङ्देन (एम.बि.बि.एस, एम.डी.) लिम्बुवान भन्दा अधिकांशले एकल जातीय राज्य र त्यसको पहिचान भनेर बुझ्ने गरेको पाइन्छ । वास्...
-
मुलुकले युवाहरुको चाहना र आवश्यकता अनुसारका राजेगारीलाई स्वदेशमा नै सृजना गर्न नसक्दा दैनिकजसो सयौँको संख्यामा नेपालीहरु रोजगारीका लागि विद...
-
इलाम/ इलामको शान्तिडाँडामा भिरबाट लडेर एक जनाको भएको छ । साङ्रुम्वा–७ घर भएका ४८ वर्षीय कमलबहादुर राई शान्तिडाँडा–३ स्थित आफन्तको घर पुगेर फ...
-
(शिविरमा स्वास्थ्य जाँच गरिँदै ।) दमक/ यहाँस्थित मेची सहकारी संस्थाले १९ औ बार्षिक उत्सव तथा २१ औँ साधारणसभाको अवसर पारेर शुक्रवार स्व...
-
दमक/ दमकका युवा पत्रकार विष्णु पौडेल दमक उद्योग वाणिज्य संघद्धारा स्थापित पत्रकारिता पुरस्कारवाट पुरस्कृत भएका छन् । संघको आइतबार सम्पन...
-
बिर्तामोड/ झापाको विर्तामोडबाट ‘विर्ताज्योति’ साप्ताहिकको प्रकाशन शुरु भएको छ । तीर्थ सिग्देल प्रकाशक तथा सम्पादक रहेको साताको मंगलबार ...
-
झापा/ नेपालका भूकम्प पीडितका लागि बंगलादेश सरकारले पठाएको १ लाख क्वीन्टल चामल मध्ये ६० हजार क्वीन्टल चामल लामो समय बित्दा पनि खाद्य संस्थान...
-
उर्लाबारी/ मोरङको उर्लाबारीस्थित उर्लाबारी उद्योग बाणिज्य संघको आगामी भदौ १९ र २० गते हुने चुनावी साधरणसभाका लागि नेपाली कांग्रेसले आफ्नो क...
-
विमल नेपाल जसरी मानव जातिसँगै यो नृत्यको जन्म भएको किंवदन्ती मानिन्छ । त्यसरी नै गीत, ताल र अभिनयको जन्म भएको मानिन्छ । छोटकरीमा भन्न...
Search
Archives
-
▼
2015
(
238
)
-
▼
September
(
57
)
- दमकमा सद्भाव र्याली
- हतियार प्रहारबाट श्रीमतीको हत्या
- युवा संघको शिविर सहित सम्मान
- आन्दोलनकारीले भ्यान जलाए
- १०२ वर्षीय तिम्सिनालाई सम्मान
- द्वन्द्वका दुःखी निशानाहरू
- समावेशी तीज पर्व आजको आवश्यकता
- हिंसा त्याग
- संघीयता अब के गर्छस् ?
- इ–रिक्सा शहरका लागि चुनौती बनिदै
- लिम्बुवानको बन्दले जनजीवन प्रभावित
- मलेशियामा नेपालीको मृत्यु
- मधेसी मोर्चाद्वारा तीन दलको वार्ता अस्वीकार
- ‘यथास्थितिमा संविधान आउँदैन’
- उद्यमीमा पुनः लुइटेल
- वीपी जयन्ती मनाईयो
- पूर्ण सरसफाई सम्बन्धी अन्तर्क्रिया
- उपाधिका लागि २ र ५ भीड्दै
- वीपी र आजको कांग्रेस
- सामान्य नृत्य र लोक नृत्यको परिभाषा
- हरितालिका तीज कसरी मनाउँदै हुनुहुन्छ ?
- वीपीको जन्मजयन्तिमा देशैभरी कार्यक्रम
- आन्दोलनकारीले पत्रकारको बाइक जलाए
- राष्ट्र एनआरएन यूकेका उपाध्यक्ष
- लाखौ लिएर सहकारी सञ्चालक बेपत्ता
- बलात्कारका आरोपी पक्राउ
- दमकमा राके जुलुश प्रदर्शन
- तोपगाछीमा नयाँ बजार सञ्चालन
- पाथीभरा र हरिओम टोलमा तीज
- मासु पसलमा मापदण्ड विपरीतका तराजु
- मृगौला रोगी मगरद्वारा याचना
- संघीय समाजवादीको झापाको घोषणा
- राजगढमा विजुली अवरुद्ध
- वीपी केमा चुके, केमा चुकेनन् ?
- कठिन मोडमा शरणार्थी मुद्दा
- हरित दमक नगर अभियानको थालनी
- स्वदेश फिर्तीको माग गर्दै धर्ना
- कारागारमा कैदीबन्दीको चाप
- नदीजन्य सामग्री उत्खनन् गर्ने कारवाहीमा
- शिक्षण संस्था बन्द मुक्त गर्न प्रतिबद्धता
- सशस्त्रले कुटे वृद्धलाई
- दमकमा सद्भाव र्याली
- शिक्षा दिवसमा दर्जनौ सम्मानित
- अनेमसंघ कन्काईको तीज कार्यक्रम
- संसयबीचको निकास
- नयाँ क्याम्पस प्रमुखको चुनौतीहरू
- मंसिरमा पूर्वाञ्चलस्तरीय पर्यटन महोत्सव हुने
- उर्लाबारी उवासंघको अध्यक्षमा भट्टराई
- स्व. ऐतराज केरुङ स्मृति पुरस्कार चेलीलाई
- ‘विर्ताज्योति’ को प्रकाशन सुरु
- फुटबल खेलाडी अनन्तलाई सम्मान
- ताराबारीमा तिज कार्यक्रम
- ठक्करले स्कुटर चालकको मृत्यु
- रेडक्रस लखनपुरद्वारा बक्तृत्वकला प्रतियोगिता
- फुलखेतीका कर्मयोगीहरु
- उग्रवाद, आविष्कारहरू र विध्वंश
- बढ्दो ध्रुविकरण
-
▼
September
(
57
)
0 comments for this post
Leave a reply