Featured Photos
Recent News

राजगढमा विजुली अवरुद्ध

बिर्तामोड/ दक्षिणी झापाको राजगढका स्थानीवासी दुई सातादेखि अन्धकारमा बस्न बाध्य छन् ।
रागजढ बजार दक्षिण कप्ला चौकमा रहेको ट्रान्सफर्मर बिग्रिएर विद्युत सेवा अवरुद्ध हुँदा राजगढका स्थानीयवासी दुई सातादेखि अन्धकारमा बस्न बाध्य भएका हुन् । नेपाल विद्युत प्राधिकरण अनारमनी शाखालाई बिग्रिएको ट्रान्सफर्मर मर्मत गरी विद्युत सेवा सुचारु गर्न पटक–पटक माग गरेपनि आन्दोलानको कारण देखाउँदै प्राधिकरणले विद्युत सुचारु गर्न चासो नदेखाएको स्थानीयवासी तथा लक्ष्मीथान बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष धनेश्वरप्रसाद राजवंशीले बताए । विद्युत सेवा अवरुद्ध हुँदा सहकारीको काम समेत ठप्प भएकाले आफूहरूलाई मात्र नभई सेवाग्राहीलाई समेत समस्या उत्पन्न भएको अध्यक्ष राजवंशीले बताए ।
ट्रान्सफर्मर बिग्रएका कारण विद्युत सेवा सुचारु नहुँदा अहिले राजगढको पुरानो बजार तथा बजार दक्षिणको सिङ्गो गाउँमा विद्युत सेवा अवरुद्ध भएको छ । विद्युत अवरुद्ध भएसंगै विद्यालय, राईसमित, काठ मिल, सहकारी तथा स्थानीयवासी समस्या परेको परेको सामुदायिक अध्ययनकेन्द्र राजगढका रामप्रसाद दुलालले बताए ।
यता आन्दोलनका क्रममा निरन्तर तराई बन्द भएको र बिग्रिएको ट्रान्सफर्मर मर्मतका लागि विराटनगर पठाउन नसकेका कारण समयमा नै राजगढमा विद्युत सेवा सुचारु गर्न नसकिएको नेपाल विद्युत प्राधिकरण अनारमनीले जनाएको छ ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives