Featured Photos
Recent News

फुटबल खेलाडी अनन्तलाई सम्मान

झिलझिले/ यु १९ साफ च्याम्पियनमा भारतलाई ट्राईव्रेकरमा हराएपछि चर्चामा आएका नेपाली टिमका उपकप्तान अनन्त तामाङलाई झापाको झिलझिलेमा भब्य सम्मान गरिएको छ ।
साफ च्याम्पियनपछि सिनियर नेपाली राष्ट्रिय टोलीबाट भारत विरुद्ध भारतको पुणेमा सम्पन्न खेलमा सहभागिता जनाएर फर्किदा परिवारसंग भेटघाट गर्न झापा आईपुगेका तामाङलाई उनको गृह नगर झिलझिलेमा भब्य सम्मान गरिएको हो । स्थानीय झिलझिले स्पोर्टिङ्ग क्लबको आयोजनामा भएको सो कार्यक्रममा तामाङ सहित यु १९ का हेमन्त थापा मगर र रुपेश तामाङलाई शिवसतासी नगरपालिका परिक्रममा गराईएको थियो । परिक्रममाको क्रममा दुधे, धरमपुर, डुडामारी र झिलझिलेका स्थानीयहरुले फुलमाला र अविर लगाएर भब्य सम्मान गरेका थिए । सम्मानको क्रममा नेकपा एमालेका नेता एलपी साँवाले खेलकुदको माध्यमबाट मुलुकलाई विश्वसामु चिनाउने खेलाडीहरुको सम्मान हुनुपर्ने बताए ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives