Featured Photos
Recent News

उद्यमीमा पुनः लुइटेल

गौरादह/ झापाको गौरादह –१ स्थित उद्यमी कृषि सहकारी संस्थाको नवौं साधारण सभाले पुनः भुपराज लुईटेललाई अध्यक्षमा निर्वाचित गरेको छ ।
उनी अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । उपाध्यक्षमा भने कमल खनाल र लिला खतिवडालाई पछि पार्दै बिमला घिमिरे निर्वाचित भईन् । यस्तै सदस्यहरुमा दिपेन्द्र दाहाल, नेत्रबहादुर दाहाल, भोलानाथ घिमिरे,वालकृष्ण भट्टराई, टेकमाया सापकोटा, पुष्पलता आचार्य र निर्मला खतिवडा निर्वाचित भएका छन् । यस्तै लेखा समिति निर्विरोध निर्वाचित भएको छ । लेखा संयोजकमा राधाकृष्ण सापकोटा र सदस्यहरुमा ओमप्रसाद खतिवडा र रामकुमारी बस्नेत रहेका छन् । खगेन्द्र भण्डारीको संयोजकत्वमा निर्वाचन समितिले नयाँ नेतृत्व चयन गराएको हो । कार्यक्रमको उद्घाटन सत्र जिल्ला सहकारी संघकी सदस्य मिना ढकालको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा ईन्द्रेणी बहुउद्धेशीय सहकारी संस्थाका अध्यक्ष भिम लामिछाने, लगनशिल कृषि सहकारी संस्थाका अध्यक्ष डम्बर निरौला, सामाजिक अगुवा दिपेन्द्र दाहाल लगायतले बोलेका थिए ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives