Featured Photos
Recent News

कठिन मोडमा शरणार्थी मुद्दा

भुटानी शरणार्थी समस्या नेपालको परराष्ट्र नीति असफल भएको मामिला मानिन्छ । मुलुकमा भर्खर प्रजातन्त्र आएको बखतमा २०४८ सालमा भुटानबाट नेपाली भाषी खेदिएर शरणार्थी बने । नेपाल सरकारले तत्काल भुटानसँग यो विषयमा आवश्यक वार्ता गर्न सकेन । भारतले भुटानी शरणार्थी समस्या समाधानमा तदारुकता देखाएन ।
बितेको २५ वर्षमा त्यसो त नेपाल र भुटान १५ पटक वार्ताको टेबलमा बसेका हुन्, भुटानी शरणार्थी समस्याको समाधान गर्ने उद्देश्यसाथ । तर ती वार्तामा भुटान कहिल्यै इमान्दार देखिएन । भुटानले दक्षिण भुटानका आफ्ना नेपालीभाषी नागरिकलाई कुनैपनि हालतमा फिर्ता नल्याउने लामो प्रपञ्च अनुरुप खेदिएका नेपालीभाषीका भरखेतमा पहिले नै उत्तर भुटानका बिभिन्न ठाउँबाट भोटे समुदायका मानिस ल्याएर बस्ति बसालिसकेको छ ।
यता नेपालमा शरण लिएर बसेका भुटानीलाई करिब १८ वर्षपछि मानवीय सहायता स्वरुप उनिहरलाई अष्ट्रेलिया, अमेरिका, युरोप र न्युजिल्याण्ड पुनर्वासमा लगिन थालिए । बितेको आठ वर्षमा एकलाखको संख्यामा भुटानी शरणार्थी पुनर्वासमा ती मुलुक लगिएका छन् । ती मुलुकमा गएर शुरुवाती काम भनेको भुटानीले श्रमिकको रुपमा थालेको सुनिन्छ ।
पुनर्वासका कारण भुटानको राजनीतिक आन्दोलनले केहि सुस्त भएको सहजै देखिन्छ । पश्चिम झापा र पूर्वी मोरङमा भुटानी शरणार्थीका हजारौंका जुलुशहरू देखिन्थे । ती जुलुशमा चर्काे स्वरमा स्वदेश फिर्तीको नारा उराल्नेहरू अहिले छैनन् । तिनीहरू त धेरैजसो पश्चिमी मुलुकमा काम गरेर पेट पालिरहेका छन् । तिनका परिवारहरू छिन्न–भिन्न भएका छन् । पुनर्वासले परिवारका सहोदरहरूलाई विभिन्न मुलुकमा छरेको छ । एउटै घरका दाजुभाइ, दिदीबहिनीहरू कोही नेपाल, कोही भुटान त कोही युरोप र अमेरिका । यसले उनीहरूको पारिवारिक संरचनाको सनातनी जग सँधैको लागि खल्बल्याइदिएको छ । उनीहरुलाई दुःखमा पिर र सुखमा खुसी बाँड्ने आफन्त नजिक नहँुदाको व्यथा अलग्गै छ ।
भुटानी शरणार्थी समस्याको समाधानको लागि अन्तर्राष्ट्रिय मान्यता अनुरुप प्रयोगमा ल्याइएको तेस्रो विकल्प पुनर्वास जुन प्रयोगमा छ । तर त्यसअघिका दुई विकल्प सम्मानजनक स्वदेश फिर्ती र शरणागत मुलुकमै सम्मिलनबारे पनि बहस हुन आवश्यक छ । भुटानी शरणार्थी भुटानबाट खेदिएका हुन् भन्ने तथ्य छर्लङ्ग छ । उनीहरूलाई भुटान फिर्ता गराउन सक्दो पहल हमेशा आवश्यक रहन्छ । यसको लागि सकेसम्म्म चाँडो भारतलाई सहभागी गराउन जरुरी छ ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives