Featured Photos
Recent News

वीपीको जन्मजयन्तिमा देशैभरी कार्यक्रम

झापा पोष्ट दैनिक
दमक÷नेपाली कांग्रेसले वुधबार दमकसहित देशैभरि वीपी कोइरालाको   १०१ औ जन्मजयन्ती विभिन्न कार्यक्रमहरुको आयोजना गरि मनाएको छ । कांग्रेस क्षेत्र नंम्वर ७ झापाले तीन गाविस र दमक नगरपालिकाका १९ वटै वार्डहरुमा एकैसाथ विपी जयन्ती मनाएको छ । पार्टीको जिल्ला कार्य समितिको निर्णय बमोजिम जिल्लाका सवै गाउँ, नगरहरुमा विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको पार्टीका जिल्ला सभापति उद्धव थापाले जानकारी दिए ।
यसैगरि कांग्रेस दमकका सभापति ढुण्डीराज भण्डारीका अनुसार दमकका १७ वटा वडाहरुमा वीपी जयन्ती मनाएका छन् । दमकको वडा नं. १० मा भएको कार्यक्रममा क्षेत्रीय सभापति शेर बहादुर भट्टराईले वीपीको आदर्शले अहिलेको समयमा पनि मुलुकलाई निकास दिने बताए । उनले भने,–‘ विपी कांग्रेसको मात्र नेता नभएर नेपालीहरुको नेता थिए ।’  कार्यक्रममा नेपाल बिद्यार्थी संघ झापाका पूर्व सभापति पर्शु रिजालले विपीको मेलमिलापको नीति अहिलेको समयमा अझ सान्दर्भिक भएको विचार राखेका थिए ।
यस्तै वडानम्बर १ का वडा सभापति पदम वुढाथोकीको अध्यक्षता तथा महाधिवेशन प्रतिनिधि चन्द्रा खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको छ । यसैगरी वडानम्बर २ का पार्टी सभापति रोशन विष्टको अध्यक्षता तथा जिल्ला सदस्य महेन्द्रसिंह निरौलाको प्रमुख आतिथ्यतामा भएको थियो । त्यस क्रममा पार्टीका प्रकाश भण्डारी,प्रकाश चन्द्र पौडेल,पुष्प तिम्सीना लगायतकाले वीपीको आर्दशका बारेमा बोलेका थिए ।
 यस्तै दमक–३ मा पनि वीपी सम्बन्धी अन्तरकृयाको आयोजना गरिएको थियो सो कार्यक्रम वडासभापति भागवत दुलालको अध्यक्षतामा भएको  थियो । यसैगरी वडानम्बर ४ मा जिल्ला सदस्य हरि प्रसाद सुबेदीको प्रमुख आतिथ्यतामा तथा वडा सभापति पूर्ण प्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । यस्तै दमक– ५ मा मंगलबार नै वीपी जयन्ती गरिएको थियो ।
यस्तै दमक– ६ मा वडा सभापति डिल्ली चापागाईको अध्यक्षता तथा जिल्ला सदस्य भूमिराज राईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ । दमक –७ मा वडा सभापति गम्भिरमान ख्डकाको अध्यक्षतामा महाधिबेशन प्रतिनिधि हुकुमसिंह राईको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको जनाईएको छ ।
यसैगरि दमक–८ मा कार्यक्रमा प्रशिक्षण विभाग जिल्ला सदस्य प्रर्शुराम रिजालको प्रमुख आतिथ्यतामा तथा वडासभापति टंक पाण्डेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । त्यसैगरी दमक–९ का सभापति भिम कार्कीको अध्यक्षता तथा नेपाल तरुण
दलका झापा क्षेत्रनम्बर क्षेत्रीय सभापति गोकुल श्रेष्ठको प्रमुख आतिथ्यता तथा महाधिबेशन प्रतिनिधि दिलबहादुर बुढाथोकीको विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको जनाइएको छ ।
दमक वडा नम्बर ११ मा नगर सभापति ढुण्डिराज भण्डारीको प्रमुख आतिथ्यता तथा वडा सभापति मणी बुढाथोकीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । उता वडानम्बर १२ वडामा भने आमन्त्रीत जिल्ला सदस्य तेजु धिमालको प्रमुख आतिथ्यतामा तथा वडा सभापति देवीप्रसाद कोईरालाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ ।
यसैगरी वडा नम्बर १३ र १६ आज कार्यक्रम हुने भएको छ । यसैगरि, दमक– १४, १५ र १७ नम्बर वडामा समेत क्रमशः वडा सभापतिहरु राजेन्द्र तामाङ, राजकुमार गौतम र अर्जुन धिमालको अध्यक्षतामा कार्यक्रम भएको जनाइएको छ । वडानम्बर १७ मा भएको कार्यक्रमको प्रमुख अतिथि महाधिवेशन प्रतिनिधि गोपाल अग्रवाललगायतका रहेका थिए । यसरी नै बडा नम्बर १८ मा वडा सभापति राजेन्द्र भण्डारीको अध्यक्षता तथा नगर सचिव विरेन्द्र पोख्रेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो भने वडानम्बर १९ मा वडा सभापति भानुभक्त न्यौपानेको अध्यक्षता तथा महासमिति सदस्य राजन ढुंगानाको प्रमुख आतिथ्यता र जिल्ला कोषाध्यक्ष देवी प्रसाद दाहालको विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । सोहि अवसरमा वडा नम्बर १९ वडा समितिको कार्यालय पनि उद्घाटन भएको जनाइएको छ ।
यसैगरि, १०१ औ वीपी जयन्तिका अवसर पारेर बुधबार लखनपुरमा बृक्षारोपण गरिएको छ । कांग्रेस लखनपुर गाउँ समितिले आन विहान स्थानीय सरस्वती माध्यमिक विद्यालयको प्राङगणमा बृक्षारोपण गरेको थियो । त्यस क्रममा विद्यालयमा विभिन्न फलका ४० वटा विरुवाहरु रोपिएका पार्टीका कार्यवाहक सभापति बालकृष्ण गौतमले जानकारी दिए । त्यहाँ आँप, लिच्ची, कागती,कटहर जातका विरुवाहरु रोपिएका थिए । पार्टीका जिल्ला सदस्य उमाकान्त आचार्यको प्रमुख आतिथ्यतामा भएको थियो  थियो भने महिला संघकी गाउँ सभापति बुद्धिमाया शिवाकोटीले स्वागत मन्तव्य राखेकी थिईन् ।
यसैगरि गौरादहमा कांग्रेस गाउँ समितिले वीपी जयन्ती मनाएको छ । पार्टी कार्यालयमा भएको सो कार्यक्रममा वक्ताहरुले वीपीको समाजवादी नीतिका बारेमा चर्चा गरेका थिए । गाउँ सभापति हेमन्त कार्कीको अध्यक्षतामा भएको सो कार्यक्रममा पार्टीका महासमिति सदस्य तथा संबिधानसभाकी प्रत्यासी रामकुमारी पौडेलले वीपी कोइराला कांग्रेसका मात्र नेता नभएको उल्लेख गरिन् । वीपी यो मुलुकका नै महामानव थिए, नेतृ पौडेलले वीपीको नीति अझै सवैले अनुशरण गर्न सकेको भए मुलुकले यस्तो अवस्था भौगु नपर्ने बताईन् । त्यस क्रममा पार्टीका जिल्ला सदस्य यादव सेढाई, किसान संघका जिल्ला सदस्य मदन सम्बाहाम्फे, महिला संघकी गाउँ सभापति उर्मिला कार्की लगायतकाले बोलेका थिए ।
यसैगरि, शिवसताक्षीस्थित कांग्रेस नगर समितिले पनि वीपीको जयन्तीका अवसरमा विविध कार्यक्रमहरुका साथ मनाएका छन् ।
नेपाली का्रग्रेस शिवसताक्षी–७ को आयोजनामा शिवसताक्षी झरना तपोवन क्षेत्रको वनवाटिका क्षेत्रमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो । टिक, मसला, सत्तीसाल जात लगायतका १०० भन्दा बढी विरुवाहरु रोपिएका थिए ।
कार्यक्रममा कांग्रेस जिल्ला उपसभापति देउमान थेबेले आफ्नो मन्तव्यमा विरुवा रोपेर मात्र वि.पी.को सपना पूरा नहुने भन्दै रोपेका विरुवा हुर्काउनका लागि बेलाबखत गोडमेल र मलजल गर्नुपर्ने औल्याएका थिए । कार्यक्रममा नेपाली कांग्रेस शिवसताक्षीका नगर समितिका सभापति पर्शुराम ढुङ्गाना, सचिव अशोक बस्नेत, धनबहादुर कटुवाल लगायतले वि.पी.को राष्ट्रप्रतिको योगदानका साथै साहित्यप्रति उनले गरेको अतुलनीय कार्यको खुलेरै प्रशंसा गरेका थिए । वडा नं. ७ का सभापति लेख बहादुर कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन वडा सचिब खगेन्द्र बजगाँईंले गरेका थिए ।
त्यस्तै शिवसताक्षी न.पा. ५ को आयोजनामा डुडामारीस्थित भगवती नि.मा.वि.मा समेत वीपी जयन्ती मनाईएको छ । रतन थिङ्गलाबोको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा    सोही क्षेत्रका अरुणोदय प्रा.वि.का कक्षा १ देखि ५ सम्म र भगवती नि.मा.वि.का कक्षा १ देखि ७ सम्मका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री समेत वितरण गरेका थिए । वडा नं. ५ का सभापति गणेश श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा सतासीधाम मन्दिर विकास समितिका अध्यक्ष प्रसाद सुब्बा, दिपेन्द्र खत्री, दिलबहादुर कुँवर लगायतले वि.पी.को योगदानको बारेमा बोलेका थिए ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives