Featured Photos
दमकमा निकालिएको सद्भाव र्याली – दमक उद्योग वाणिज्य संघ ।
दमकमा निकालिएको सद्भाव र्याली – सौन्दर्य कला व्यवसायी संघ ।
दमकमा निकालिएको सद्भाव र्याली – आदर्श उमाविका विद्यार्थीहरु ।
दमकमा निकालिएको सद्भाव र्याली – विद्यार्थीहरु ।
दमकमा निकालिएको सद्भाव र्याली – पशुपति किर्तन मण्डली परिवार ।
दमकमा निकालिएको सद्भाव र्याली – रोटरी क्लवका सदस्यहरु ।
Recent News
संघीयता अब के गर्छस् ?
![]() |
| टंक पाठक |
यो मुलुकले अहिले भोगिराखेको छ । नयाँ नेपालको नयाँ संविधान बन्ने प्रक्रिया अघि बढिराखेको बेलामा संघीयता कुरूप र त्यसबाट उत्पन्न कोत पर्व दोहोरिँदै जाँदा यो पेचिलो साथै जटिल मोडले राजनीति निकासको बाटो बन्द हुँदैछ । सबैलाई दुःख भएको होला, त्यसमा संविधान निर्माणको कर्मकाण्डमा लागेका साधु, सन्त, महन्तजीहरूलाई । दुःख हुनु पछाडि जुनसुकै व्यक्ति होस् या सामाजिक संघसंस्थादेखि राजनीतिक संस्थासम्म आफ्नै कारण हुन्छ भनेर । अहिले गुज्रिरहेको दुःख, चिच्याहट, रोदन, सन्नाटा संविधान निर्माणका कर्मकाण्डमा लागेका ब्राह्मण पूजारी र तिनका दलको अस्वस्थकर गतिविधिले ल्याएको परिवेशले होइन भनेर हिचकिचाउने ठाउँ छैन । तिनीहरूलाई संविधान निर्माणको अन्तिम अवस्थामा आइपुग्दा पनि यो देशमा कुन मोडेलको संघीयता हो भनेर जान्न र भन्न नसक्ने राष्ट्रका कथित निर्माताको कारणले यो देशमा आगो बाल्ने कामले गर्दा देश बलिसक्न लागेको छ । यही संघीयताले जिउँदै मान्छे खान थालेको छ । नेपालमा पटक–पटक जनआन्दोलन भए तर नेपाली जनतालाई संघीयता यस देशको भौगोलिक धरातलीय बनावट एकै प्रकारको नभएकोले वास्ता पनि थिएन, जानेका पनि थिएनन् ।
प्रत्येक आन्दोलनहरू प्रजातन्त्र र लोकतन्त्रलाई स्वायित्व साथै देश विकासको लागि थियो । अहिले जुन ताण्डव नृत्यहरू देखिँदैछन्, यसलाई नहिच्किच्याइकन भन्नुपर्दा जुन बेला (२०४६ सालको आन्दोलनपछि) राजाको या पञ्चायतको कोटबाट नेपाली जनताले अधिकार आफ्नो कोटमा लिएका थिए र नेपाली जनताले नेपाली कांग्रेसलाई बहुमतको सरकारमा पु¥याएका बेला तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई अमत्याई लागेर त्यो बहुमतको सरकार हुँदा हुँदै त्यो भन्दा अर्कै मोडेलको सरकार खोजेर हो कि आफ्नै घरभित्रका ज्येष्ठ सदस्यहरूलाई टाउकोमा लाठी बजार्दै टुटुल्को उठाउन बहुमतको सरकार आफै गिराउनु यो देश र जनताका लागि यो परिवेश आउनुको मुख्य सुत्रपात सिद्ध हुँदैछ । त्यसपछि विस्तारै अप्रजातान्त्रिक शक्तिहरू संगठित भई जनयुद्धदेखि धनयुद्ध र त्यसले उत्पादन गरेका विषादीयुक्त वस्तु फैलँदै अधर्मभित्रका धर्मगुरूलाई खोराक सन्तुलितयुक्त ओजनले विवेक र बुद्धिलाई मस्ताना बनायो ।
अहिले त्यही बुद्धि र विवेकले देशमा आगो दन्किराखेको छ । अचम्मको कुरा के पनि छ भने जसले जनयुद्धदेखि धनयुद्धको उर्जाशील उत्पादन गरेका वस्तुहरूको खोराक खायो त्यसले त सच्चिन सक्ने खोराकै थिएन । त्यसले त सबैलाई संघीयता दियो । राज्य बाँडफाँड गरी सबै जातजाति र सिधा निमुखा जनतालाई (मधेशी, दलित, मुस्लिम, अल्पसङ्ख्यक, पिछडावर्ग) प्रान्तको बागडोर समाल्ने आश्वासन दिए तर जसले त्यस्तो खोराक खाएका थिएनन्, जसले देश जनताको अधिकार र विकास निर्माणका धेरै रसिला, मिठा कुरा गथेर् । जसले राजतन्त्रलाई वैधानिक निकटताभित्र ल्याएका थिए र त्यति लामो जरो गाडेको पञ्चायती रुपी रुखलाई ढालेका थिए तिनीहरूले पनि एकै थालीको जुठो खोराक एकै भान्सामा बसि खाएकाले यो चाँहि मुलुक र मुलुकबासीका लागि अनौठो र घृणित कुरा देखिएको हो । त्यसको अकोर् कारण आजको रणभूमि भएको हो भनेर भन्नु नै पनेर् देखिन्छ । संघीयतालाई ख्यालठट्टा मानेका थिए होला । संघीयताले जनता अधिकारमुक्त हुन्छन् भन्ठानेका थिएन होला ।
अहिले आफूहरू नै सवेर्सर्वा ठूला दल र अजङ्गका नेता भएकाले ठुङ्ग्रो मुङ्ग्रो राज रजाइ र कजाई गर्छौं भन्ने ठानेका थिए होला । तर अबको स्थितिमा के–के हुन्छ, यो कुरा कल्पनामा छ भने यो नसोचे हुन्छ । धेरै स्थानमा महाभूकम्पले थङ्थिलो पारेको जनतादेखि गरीब, मजदुर, किसान, शिक्षण संस्था, व्यवसायीलाई लामो बन्द र हड्ताल झन् जिउँदो मुर्दा बनाएको छ । दंगाग्रस्त क्षेत्र देशैमा हुनेवाला छ । सुरक्षामा खटिएका प्रहरी प्रशासनको आफ्नै सुरुक्षा छैन । सेनाले विस्तारै देशमा सर्वत्र स्थान ओगट्दै छन् । मधेश आन्दोलनले हिंसामा परिणत हुँदैछ । आन्दोलनकारीका पक्षबाट बालबालिका र वृद्धहरू लगायत महिलाहरूलाई मानव ढालको रुपमा उपस्थिति गराइँदैछ । प्रहरीहरूलाई हिंस्रक गतिविधिबाट पासविक हत्या गरिँदैछ । सञ्चार जातलाई निसानाको सिकार बनाइँदैछ । नागरिकहरूको जीवनस्तर अति कष्टकर हुँदैछ । मानिसले स्वतन्त्ररुपले बाँच्न र हिँड्डुल गर्न पाउने अधिकार समाप्त भएको छ ।
प्रदर्शनकारीहरूका बमबारुदले बन्दुक लगायत घरेलु हतियारले सुरक्षा क्षेत्रमा आक्रमण गरिँदैछ । प्रहरीद्वारा पनि आन्दोलनकारीलाई आफ्ना अस्त्रशस्त्र प्रयोग गनेर् काम बाँकी राखेको छैन । सभासदको गन्तीको धम्बले संविधान जारी गनेर् राज्य पक्ष तम्तयार छ । देशको कुल जनसङ्ख्याको आधाभन्दा बढी जनसङ्ख्या विभिन्न आन्दोलनका नामले सडकमा छन् । मधेशको नामले, थारुहटको नामले, लिम्बुवानको नामले हिन्दू राष्ट्रको नामदेखि धर्म निरपेक्षसम्मका मुद्दा अगिसारी संविधानमा स्थापित गर्न गराउन रस्साकस्सी गरी राखेका छन् । ती मुद्दा सम्बोधन र स्थापित नगराए संविधान ती तीन दल र तिनीहरूका समर्थकहरूको मात्र हुने भएकाले त्यस्तो संविधान आए झने, आन्दोलनको आँधीबेहरी ल्याउने ढोल पिटिँदैछ । ए संघीयता त कस्तो रहिछस्, तैले गर्दा नेपालीहरूबीच सामाजिक सद्भावदेखि काटमारको सृजना गरिस् देशको अस्मिता समाप्त पारिसकिस् । तैले गर्दा विदेशीहरूलाई आँखा लगाउनेदेखि त्यो कालापानी, लिपुलेक हुँदै सीमावर्ती क्षेत्रमा भारतीय परेड खोल्ने अवसर दिइस् । अझै कति मान्छे मानेर् होस् । ती संविधान निर्माणमा लागेका र देशलाई टुक्रा–टुक्रा पानेर् ती उपल्ला तहका राज्यका हस्तिहरूलाई कुन अवस्थामा पु¥याउने होस् ।
सायद परिस्थितिले जटिल मोड लियो भने देश छाडेर भाग्ने त बनाउँदैनस् ? तँ संघीयता हिंस्रक रहिछस् । हिंस्रकले जसलाई पनि मार्छ । तँ ज्यादै भोको रहिछस् । तैले अरु प्राणीभन्दा यहाँका मान्छे नै खान आइछस् । अहिलेसम्म निक्कै खाइस् । तेरो पेट अघाउने बेलासम्म कतिलाई सिध्याउने होस् तैले महिना भनिनस्, पुरुष, वृद्ध, मधेशे, पहाडी, प्रहरी, जनजाति, दलित कोही भनिनस् । जुनबेला आफ्नो अवसर पर्छ, त्यसैलाई सिकार बनाइस् ।
अब झन् डराउनु पनेर् बेला आउँदैछ । नेताहरू पट्टि पो लाग्छ कि भनेर । यसै सन्दर्भलाई लिँदै गर्दा पंक्तिकारलाई एउटा कुरो याद आयो यसबेला । जुनबेला पृथ्वी नारायण शाहले अकोर् मूल कुरा गरेछन् । त्यो के हो भने यो देश दुई विशाल देशले चेपेको या दुई ढुङ्गाबीचको तरुल हो । तर अहिले बुझ्ने प्रयास गर्दा के लाग्छ भने यो दुई ढुङ्गाको बारुद रहेछ । त्यस्तै अकोर् कुरा पनि याद आउँछ । कवि भूपी शेरचनले एउटा कविता लेखेका थिए, जुन कविता थियो “हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए, बन्दैन मुलुक दुईचार सपुत मरेर नगए” । त्यो पनि त्यस समयमा समसामयिक थियो होला तर अहिलेको सन्दर्भलाई जोड्न खोज्दा यस्तो लाग्छ “हुँदैन बिहान मिर्मिरे तारा झरेर नगए, बन्दैन अब देश कोही कपुत मरेर नगए” ।
यो देशका पछिल्ला गतिविधिलाई मध्यनजर गर्दा तमाम देशबासीको मनमष्तिष्कमा राजनीति क्षेत्रको कुरुप देख्दा मनोवैज्ञानिक रुपले समेत यो संघीयता र नव निर्माणाधीन संविधानलाई कसरी सहज तरिकाले अवतरण होला भन्ने विषयले छटपट छ । संघीयता मसानघाटबाटै आएको हो भने धेरैलाई बाँच्ने र बचाउन कठिन छ तर देवस्थलबाट आएको हो भने बाँच्ने आशा गरौं । हुन त के हुन्छ, हेर्न बाँकी छ । संघीयता तँ के गर्न आइस् ।

Related News :
If you enjoyed this article, subscribe to receive more great content just like it.
Connect us in Facebook
Popular News
-
पारसमणि आचार्य २०३८ साल असार ७ गते त्रिविबाट सम्बन्धन प्राप्त गरी ‘दमक कमर्स क्याम्पस’ नामबाट विधिवत स्थापना भएको हालको दमक बहुमुखी ...
-
डा. विजयकुमार लिङ्देन (एम.बि.बि.एस, एम.डी.) लिम्बुवान भन्दा अधिकांशले एकल जातीय राज्य र त्यसको पहिचान भनेर बुझ्ने गरेको पाइन्छ । वास्...
-
मुलुकले युवाहरुको चाहना र आवश्यकता अनुसारका राजेगारीलाई स्वदेशमा नै सृजना गर्न नसक्दा दैनिकजसो सयौँको संख्यामा नेपालीहरु रोजगारीका लागि विद...
-
इलाम/ इलामको शान्तिडाँडामा भिरबाट लडेर एक जनाको भएको छ । साङ्रुम्वा–७ घर भएका ४८ वर्षीय कमलबहादुर राई शान्तिडाँडा–३ स्थित आफन्तको घर पुगेर फ...
-
(शिविरमा स्वास्थ्य जाँच गरिँदै ।) दमक/ यहाँस्थित मेची सहकारी संस्थाले १९ औ बार्षिक उत्सव तथा २१ औँ साधारणसभाको अवसर पारेर शुक्रवार स्व...
-
दमक/ दमकका युवा पत्रकार विष्णु पौडेल दमक उद्योग वाणिज्य संघद्धारा स्थापित पत्रकारिता पुरस्कारवाट पुरस्कृत भएका छन् । संघको आइतबार सम्पन...
-
बिर्तामोड/ झापाको विर्तामोडबाट ‘विर्ताज्योति’ साप्ताहिकको प्रकाशन शुरु भएको छ । तीर्थ सिग्देल प्रकाशक तथा सम्पादक रहेको साताको मंगलबार ...
-
झापा/ नेपालका भूकम्प पीडितका लागि बंगलादेश सरकारले पठाएको १ लाख क्वीन्टल चामल मध्ये ६० हजार क्वीन्टल चामल लामो समय बित्दा पनि खाद्य संस्थान...
-
उर्लाबारी/ मोरङको उर्लाबारीस्थित उर्लाबारी उद्योग बाणिज्य संघको आगामी भदौ १९ र २० गते हुने चुनावी साधरणसभाका लागि नेपाली कांग्रेसले आफ्नो क...
-
विमल नेपाल जसरी मानव जातिसँगै यो नृत्यको जन्म भएको किंवदन्ती मानिन्छ । त्यसरी नै गीत, ताल र अभिनयको जन्म भएको मानिन्छ । छोटकरीमा भन्न...
Search
Archives
-
▼
2015
(
238
)
-
▼
September
(
57
)
- दमकमा सद्भाव र्याली
- हतियार प्रहारबाट श्रीमतीको हत्या
- युवा संघको शिविर सहित सम्मान
- आन्दोलनकारीले भ्यान जलाए
- १०२ वर्षीय तिम्सिनालाई सम्मान
- द्वन्द्वका दुःखी निशानाहरू
- समावेशी तीज पर्व आजको आवश्यकता
- हिंसा त्याग
- संघीयता अब के गर्छस् ?
- इ–रिक्सा शहरका लागि चुनौती बनिदै
- लिम्बुवानको बन्दले जनजीवन प्रभावित
- मलेशियामा नेपालीको मृत्यु
- मधेसी मोर्चाद्वारा तीन दलको वार्ता अस्वीकार
- ‘यथास्थितिमा संविधान आउँदैन’
- उद्यमीमा पुनः लुइटेल
- वीपी जयन्ती मनाईयो
- पूर्ण सरसफाई सम्बन्धी अन्तर्क्रिया
- उपाधिका लागि २ र ५ भीड्दै
- वीपी र आजको कांग्रेस
- सामान्य नृत्य र लोक नृत्यको परिभाषा
- हरितालिका तीज कसरी मनाउँदै हुनुहुन्छ ?
- वीपीको जन्मजयन्तिमा देशैभरी कार्यक्रम
- आन्दोलनकारीले पत्रकारको बाइक जलाए
- राष्ट्र एनआरएन यूकेका उपाध्यक्ष
- लाखौ लिएर सहकारी सञ्चालक बेपत्ता
- बलात्कारका आरोपी पक्राउ
- दमकमा राके जुलुश प्रदर्शन
- तोपगाछीमा नयाँ बजार सञ्चालन
- पाथीभरा र हरिओम टोलमा तीज
- मासु पसलमा मापदण्ड विपरीतका तराजु
- मृगौला रोगी मगरद्वारा याचना
- संघीय समाजवादीको झापाको घोषणा
- राजगढमा विजुली अवरुद्ध
- वीपी केमा चुके, केमा चुकेनन् ?
- कठिन मोडमा शरणार्थी मुद्दा
- हरित दमक नगर अभियानको थालनी
- स्वदेश फिर्तीको माग गर्दै धर्ना
- कारागारमा कैदीबन्दीको चाप
- नदीजन्य सामग्री उत्खनन् गर्ने कारवाहीमा
- शिक्षण संस्था बन्द मुक्त गर्न प्रतिबद्धता
- सशस्त्रले कुटे वृद्धलाई
- दमकमा सद्भाव र्याली
- शिक्षा दिवसमा दर्जनौ सम्मानित
- अनेमसंघ कन्काईको तीज कार्यक्रम
- संसयबीचको निकास
- नयाँ क्याम्पस प्रमुखको चुनौतीहरू
- मंसिरमा पूर्वाञ्चलस्तरीय पर्यटन महोत्सव हुने
- उर्लाबारी उवासंघको अध्यक्षमा भट्टराई
- स्व. ऐतराज केरुङ स्मृति पुरस्कार चेलीलाई
- ‘विर्ताज्योति’ को प्रकाशन सुरु
- फुटबल खेलाडी अनन्तलाई सम्मान
- ताराबारीमा तिज कार्यक्रम
- ठक्करले स्कुटर चालकको मृत्यु
- रेडक्रस लखनपुरद्वारा बक्तृत्वकला प्रतियोगिता
- फुलखेतीका कर्मयोगीहरु
- उग्रवाद, आविष्कारहरू र विध्वंश
- बढ्दो ध्रुविकरण
-
▼
September
(
57
)

0 comments for this post
Leave a reply