Featured Photos
Recent News

हिंसा त्याग

मुलुकमा संविधान निर्माणको‌ कार्य अन्तिम चर‌णमा पुग्दासम्ममा हिंसाका अत्यन्तै‌ घातक र‌ जंगली बर्बर‌ता बिर्साउने‌ घटना दे‌खिन थाले‌का छन्‌ । सर‌कार‌ी कार‌बाहीमा दिनदिनै‌ के‌हि संख्यामा मधे‌शी मुलका आन्दो‌लनकार‌ीहरूको‌ ज्यान गइर‌हे‌को‌ छ‌ । आन्दो‌लनकार‌ीहरू पनि छुर‌ी, भाला जस्ता घर‌े‌लु हतियार‌सहित जुलुसमा निस्किएका छन्‌ । सर‌कर‌ सुर‌क्षा निकायलाई हदै‌सम्मको‌ संयम र‌हने‌न् निर्दे‌श गरि‌र‌हन्छ‌ । हिंसाको‌ यस्तो‌ रुप दे‌ख्न थालिएको‌ छ कि, घाइते‌ सुर‌क्षाकर्मी बो‌के‌र‌ अस्पतालका लागि गुडिर‌हे‌को‌ एम्बुले‌न्स आन्दो‌लनकार‌ीले‌ एकान्तमा र‌ो‌क्छन्‌ । पानी र‌ उपचार‌ मागिर‌हे‌को‌ निहत्था घाइते‌ सुर‌क्षाकर्मीलाई आन्दो‌लनकार‌ीले‌ नियन्त्रणमा लिन्छन् र‌ कुटि–कुटि ज्यान लिन्छन्‌ । ७ भदौ‌मा सुदुर‌पश्चिम ने‌पालको‌ कै‌लालीमा सुर‌क्षाकर्मीसाथ सुर‌क्षाकर्मीका एकजना दुई वर्षे‌ छो‌र‌ालाई नियन्त्रणमा लिएर‌ गो‌लीहानी ज्यान लिने‌ व्यक्ति र‌ समूहलाई कुन अर्थमा र‌ाजनीतिक शक्ति भने‌र‌ स्वीकार्नु‌ । यसपालि घाइते‌ प्रहर‌ीलाई एम्बुले‌न्सबाट थुते‌र‌ धानबार‌ीमा कुटे‌र‌ै‌ मार्ने‌लाई पनि कुनै‌पनि मान्यतामा र‌ाजनीतिक शक्ति र‌ तिनको‌ कार्यलाई र‌ाजनीतिक कार्य मान्न सकिन्न‌ । झन यसपालि त स्थानीय स्तर‌मा के‌हि आन्दो‌लनकार‌ीले‌ सीमापार‌ी भार‌तकालाई ने‌पालतर्फ नाकाबन्दी गरि‌दे‌उ भने‌र‌ हार‌गुहार‌ गर‌े‌को‌ पनि सुनियो‌‌ । घर‌ झगडा भयो‌ भन्दै‌मा छिमे‌कीलाई बाहिर‌बाट ताला लगाइदे‌उ भने‌र‌ छिमे‌की गुहार्नुलाई कुन हदसम्मको‌ र‌ाष्ट्रियताको‌ रुपमा बुझ्नु ? यी तमाम घटनाले‌ मुलुकको‌ र‌ाजनीतिक, सामाजिक र‌ र‌ाष्ट्रियताको‌ जगलाई हल्लाइर‌हे‌को‌ छ‌ । कुनै‌पनि शर्तमा पहिलो‌ मान्यता मुलुकको‌ र‌ाष्ट्रियताको‌ मजबुतिकर‌ण हुनुपर्दछ‌ । र‌ाष्ट्रियता खतर‌ामा पर्दा कुनै‌पनि क्षे‌त्र, जात र‌ वर्गको‌ उन्नति हुँदै‌न भन्ने‌ सामान्य ज्ञान आन्दो‌लन हाँक्ने‌हरूमा हुन जरुर‌ी छ‌ ।
कानुन र‌ विधि परि‌पालना गर‌ाउने‌ क्रममा र‌ाज्यले‌ हिंसाको‌ एउटा स्तर‌ अवलम्बन गर्न सक्छ‌ । उसले‌ र‌ाख्ने‌ प्रहर‌ी, से‌ना र‌ ऊसँगै‌ हुने‌ कानुन कार्यान्वयनकर्ता एकाईहरू सर‌कार‌ी हिंसाको‌ वै‌धानिक तथा न्यायसंगत पक्ष हुन्‌ । उसले‌ पनि से‌ना वा प्रहर‌ीको‌ प्रयाग खास विधिसाथ गर्नु पर्दछ‌ । मनलाग्दो‌ पार‌ाले‌ ति निकायको‌ प्रयागले‌ समस्या मात्र निम्त्याउँछ‌ ।
मुलुकमा हिंसाले‌ ठिक नतिजा दिँदै‌नर‌हे‌छ भन्ने‌ तथ्यका सबभन्दा जानकार‌ ने‌ता प्रचण्ड हुन‌ । उनको‌ ने‌तृत्वमा र‌ाज्य विप्लव गर्न शुरु गरि‌एको‌ हिंसाको‌ डढे‌लो‌ले‌ १३ हजार‌ बढीको‌ ज्यान लियो‌‌ । चार‌हजार‌ माथिको‌ संख्यामा मानिसहरू बे‌पत्ता पारि‌ए‌ । क्षती भएको‌ सम्पत्तिको‌ कुनै‌ ले‌खाजो‌खा छै‌न‌ । तर‌ उनियस्ता हठी ने‌ता निस्किए कि मुलुक र‌ मुलुकबासीको‌ नाममा उनले‌ एकशब्द माफी समे‌त उच्चार‌ण गर‌े‌का छै‌नन्‌ । अन्ततः उनि आफ्नै‌ पार्टी पंक्ति बचाउन सके‌नन्‌ । पाँच चिर‌ामा पार्टी फुटे‌को‌ दुःखी दृश्य पूर्व विद्रो‌ही ने‌ताले‌ हे‌रि‌र‌हे‌‌ । नियतिले‌ आजका हिंसाका पक्षपातिहरूलाई पनि आफ्नो‌ गर्तमा हुल्छ नै‌‌ । यति हो‌, त्यतिञ्जे‌लसम्म मुलुक तग्न सक्छ कि सक्दै‌न भन्ने‌ नै‌ आजको‌ मूल प्रश्न हो‌‌ ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives