Featured Photos
Recent News

उपाधिका लागि २ र ५ भीड्दै

म्यान अफ द म्याचको पुरस्कार लिँदै राई  ।
 सुरुङ्गा/ कनकाई स्पोटर्स एकेडमीद्वारा सुरुङमा आयोजित प्रथम वार्डस्तरीय फुटबल प्रतियोगिताको फाइनलमा वडा नम्बर २ र ५ विच भिडन्त हुने भएको छ । बिहीबार आयोजित दोस्रो सेमिफाइनल खेलमा वडा नं. २ ले ३ लाई ०–३ को विशाल गोल अन्तरले पराजित गर्दै वडा नम्बर २ ले आफ्नो फाइनल यात्रा पक्का गरेको हो ।
विजयी टिमका तर्फबाट खेलको १७ औं मिनेटमा मनोज राईले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाए । खेलको पहिलो हाफमा १ गोलले पछि परेको वडा ३ ले दोस्रो हाफमा दवाव स्वरुप थप २ गोल खान पुग्यो । वडा नम्बर २ का तर्फबाट दोस्रो हाफको १० औं मिनेटमा जर्सी नम्बर २२ का खेलाडि दिलीप राईले गोल गर्दै आफ्नो टिमलाई २–१ को अग्रता दिलाए । यसै गरी खेलको दोस्रो हाफको २२ औं मिनेटमा जर्सी ९ का खेलाडी दिलीप राईले पुनः गोल गर्दै आफ्नो टिमलाई ०–३ को स्पष्ट जित दिलाए । खेलको म्यान अफ द म्यान समेत उनै घोषित भए । अबको फाइनल खेल यही २६ गते वडा नं. ५ र २ बीच हुने प्रचार विभाग प्रमुख लीलाराज झापाली ले बताए ।
सोही दिन आयोजक र सुरुंगा जेसीज बीच मैत्री पूर्ण खेल समेत हुने मूल आयोजक समितिका संयोजक दुर्गाप्रसाद प्रसाईंले बताए । वडा नम्बर २ ले वडा नं. ४ र ३ को चुनौती पन्साउँदै फाइनल यात्रा तय गरेको हो भने वडा नम्बर ५ ले ६ र ७ लाई पराजित गरी फाइनल यात्रा तय गरेको हो ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives