Featured Photos
Recent News

पूर्ण सरसफाई सम्बन्धी अन्तर्क्रिया

पथरी/पूर्ण सरसफाई सम्बन्धी पथरीमा बिहीबार अन्तत्र्रिmया सम्पन्न भएको छ । नेपाल पत्रकार महांसघ मोरङ सम्पर्क कार्यालय पथरी शनिश्रेको आयोजनामा र पथरी शनिश्चरे नगरपालिका कार्यलयको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।
महासंघको कार्यालयमा बिहिबार मोरङ जिल्लाभरीका पत्रकारहरुलाई गाउँ तथा शहर र सार्वजनिक स्थानहरुमा पूर्ण सरसफाई गर्न सर्वसाधरणमा जनचेतना फैलाउने र सरसफाईलाई निरन्तर रुपमा बिकास गर्दै फोहोर मैलालाई नगदमा रुपान्तरण गर्ने बिषयमा छलफल सम्पन्न भएको थियो ।
यसै कार्यक्रममा प्रेस चौतारी मोरङका अध्यक्ष रामचन्द्र अधिकारीले तत्काल उपयोग भई सकेको बस्तु फोहोर हुने र यसलाई ब्यवस्थापन गर्न अहिले जनचेतनाको खाँचो रहेकोले यस भुमिका पत्रकारले निर्वाह गर्नु पर्ने बताएका थिए ।
सिंगो समाजलाई फोहोर मुत्त बनाउन, फोहोर उत्पादननै कम गर्न समाचार लेख रचना जस्ता बिषय बस्तु प्रचारका लागि प्रकाशन तथा प्रशारण गर्नुपर्ने बताएका थिए ।
यस्तै पत्रकार शेखर ढकालले पहिला ती ४ जनाका समुह आएर फोहोर टिपीदिने मनसाय ब्यक्त गरी फोहोर फाल्ने गरिआएको तर अहिले उनीहरुले फोहोर देख्छन की भन्ने हेतुले फोहोर ब्यवस्थापनमा गंभीर बनेको बताए ।
पथरीशश्चिरे नगरपालिका कार्यालयका फोहोर मैला तथा बातबरण संरक्षण बिभागका प्रमुख सुरेन्द्र राईले आफ्नो प्रतिवेदन पेश गर्दै कानुनी रुपमा समेत दंद्धित ब्यबस्था गरिएको समेत बताए ।  सरसफाई सम्बन्धी कर्तब्य पालना गरे अधिकारलाई स्थापित गर्न सहज हुने भएकोले फोहोर मैला ऐन २०६८ अनुसार कारबाही गरिने बताए ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives