Featured Photos
Recent News

स्वदेश फिर्तीको माग गर्दै धर्ना

धर्नामा दमक बेलडाँगीका शरणार्थीहरु ।
 दमक/झापाको दमकस्थित भुटानी शरणार्थी शिवीर बेलडाँगीमा स्वदेश फिर्तीको माग राख्दै मंगलवार सत्याग्रह आन्दोलनमा उत्रिएका छन् ।
शरणार्थीलाई तेस्रो मुलुक पुनर्वास बन्द गरी मातृभुमी फिर्ने वातावरण बनाईदिन अपिल गरिएका प्लेकार्ड बोकेर सयौं शरणार्थीहरु शिविरको मैदानमा धर्ना बसेका छन् । धर्नामा बसेका एकजना प्रौढ डमलाप्रसाद अधिकारीले राष्ट्रसंघीय शरणार्थी सम्बन्धी उच्च आयोगले पुनर्वासमा टाढाका मुलुकमा पुनर्वास गराउनुको साटो भुटान फर्काउन पहल गर्नुपर्ने बताए । उनले भने, “भुटानमा जातीय बिभेद् भएको छ, बिश्व समुदायले बुझिदिनु पर्दछ ।”
भुटान स्वतन्त्र जनमञ्चले आव्हान गरेको एक दिने धर्नामा  अधिकांश बृद्धबृद्धा रहेका छन् । करिव ८ बर्ष यता थालिएको पुनर्वास प्रकृयामा पूर्वी झापा र मोरङका एक लाखका हाराहारीमा शरणागत भुटानीहरु युरोप र अमेरिका पुनर्वास भईसकेका छन् । अहिले दमकको बेलडाँगी शिविरमा करिव १५ हजारका हाराहारीमा भुटानी बस्दै आएका छन् ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives