Featured Photos
Recent News

ताराबारीमा तिज कार्यक्रम

दमक/ दमक– १६ स्थित ताराबारीमा सोमबार महिलाहरुले तिज विशेष कार्यक्रम गरेका छन् । ताराबारी महिला समूह ताराबारी –८ र १६ नम्बर बडाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
नागरिक वडा मञ्च दमक– १६ की सह–संयोजक चन्द्रकला न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नागरिक वडा सञ्जाल वडानम्बर १६ का संयोजक झसराज ढकाल, टोल विकास सञ्जाल वडा नम्बर १६ का संयोजक देबेन्द्र तिम्सिना, आमा समूह दमक– १६ की अध्यक्ष अम्बिका सिटौला, महिला अगुवा सरु बारकोटी, कुमार सुब्बा लगायतले बोलेका थिए । तिज बिशेष कार्यक्रम अयोजक समितिकी संयोजक गौरा बारकोटीको अध्यक्षतामा भएको सो कार्यक्रममा महिलाहरु तिज बिशेष नृत्य, संगिनी लगायतका कार्यक्रमहरु गरी सामूहिक दरखाने कार्यक्रम समेत गरिएको थियो । बिमला रिजालले स्वागत मन्तब्य राखेको कार्यक्रमको सञ्चालन सरिता कार्की र शारदा कँडरियाले गरेकी थिईन् ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives