Featured Photos
दमकमा निकालिएको सद्भाव र्याली – दमक उद्योग वाणिज्य संघ ।
दमकमा निकालिएको सद्भाव र्याली – सौन्दर्य कला व्यवसायी संघ ।
दमकमा निकालिएको सद्भाव र्याली – आदर्श उमाविका विद्यार्थीहरु ।
दमकमा निकालिएको सद्भाव र्याली – विद्यार्थीहरु ।
दमकमा निकालिएको सद्भाव र्याली – पशुपति किर्तन मण्डली परिवार ।
दमकमा निकालिएको सद्भाव र्याली – रोटरी क्लवका सदस्यहरु ।
Recent News
फुलखेतीका कर्मयोगीहरु
झापा पोष्ट दैनिक
![]() |
| पूजा अग्रवाल छतमा गमलामा पानी हाल्दै । |
२४ वर्षे अर्जुन राई १२ वर्षको उमेरमा मोरङ, केरौन– ७ स्थित घरबाट भागेर पश्चिम पोखरा पुगे । घरबाट पढ्नका अल्छिले भागेको बालकले दुई वर्ष पोखरा पृथ्वीचोकको भद्रकाली नर्सरीमा फूल गोडेर पेट पाले । फूल पनि बिक्ने चिज रहेछ भन्ने उनले त्यहिँ थाहा पाए । घर फर्किएर मोरङकै उर्लाबारी र पथरीका नर्सरीमा तिनबर्ष काम गरे । कामको मेलो जानिसकेपछि उनले सात वर्ष अघि एक हजार पाँचसयका फुल किनेर ठेलागाडामा राखी पूर्वी मोरङका उर्लाबारी, मंगलबारे, पथरीका हाट र बस्ती डुलाए । पाँच वर्षअघि बिस हजार लगानी जुटाएर उर्लाबारी–२ मा उनी आफैंले खोले अलास्का नर्सरी । दैनिक दुई हजार पाँचसय माथिका फुल र बोटबिरुवा बिक्री भइरहेको बताउँने अर्जुन मासिक पच्चीस हजार जति नाफा भईरहेको बताउँछन् । प्लास्टिकको सानो थैलोबाट ठूलो थैलोमा सारिरहेका लालुपातेका हुर्कदाँ बिरुवा देखाउँदै उनले भने, “ग्राहकले नर्सरीबाट लगे पचास रुपैँयामा दिन्छु ।” तर घरैमा लगिदिने अर्डर आयो भने दुरी हेरि उनी डेढसय सम्म लिन्छन् । लालुपाते, जेन्थस, हेबिस्कस, मुसुण्डा उनको नर्सरीका बढी चलेका आइटम हुन् ।
![]() |
| सुशीला पौडेल आफ्नो नर्सरीमा । |
दमक–१० की ४२ वर्षे सुशीला पौडेलले आठ वर्ष चलाएको कस्मेटिक पसल छोडेर धनलक्ष्मी नसरी शुरु गरेकी हुन् । दमक–८ ताराबारीमा रहेको आफ्नो र आफन्तको तीन बिगाहा खेतको चक्लामा दुई वर्ष अघि शुरु गरेको नर्सरी ब्रेक इभन प्वाइन्टमा पुगेको उनी सुनाउँछिन् । ४० लाखको लगानीमा खोलेको आठजना माली रहेको उनको नर्सरीको मासिक खर्च एकलाख हाराहारी छ । शुरुका २२ महिना खर्च नधानेको नर्सरी दुई महिनायता भने खर्च धान्ने स्थितिमा उक्लिएको छ । भन्छिन्, “अबका केहि महिनादेखि नाफामा जान्छु ।”
उनको नर्सरीमा भारतको कोलकताबाट आठ हजार रुपैयाँ गोटामा ल्याएका गमला सहितका चारवटा मध्ये दुईवटा जामियापाम बिक्री भएका छन् । सम्पन्न सोखीहरूले सजावटको लागि घरको प्रवेशद्वार राख्ने जामियापाम गोटाको सोह्र हजारको भाउमा बेच्ने गरेको उनी बताउँछिन् । सुशीला फूल व्यवसायबाट आनन्द र आम्दानी मिल्दै गएको बताउँछिन् ।
पुष्प व्यवसायीहरू भदौदेखि चौतसम्मका आठ महिनालाई फूल बिक्ने सिजन भन्छन् । सुशीलाको नर्सरीमा आउँदो सिजनको लागि मुसुण्डा, सितारा, गोदावरी फायरबल, पिटोनिया, मर्निङग्लोरीका पाँच÷पाँचसय बिरुवा तयार छन् । उनको नर्सरीमा एकसय २२ जातका फूल छन् । उनको नर्सरीले वार्षिक डेढ लाखको पाँगो माटो र गोबर खरिद गर्छ । आठ वर्ष भूमिगत जीवन बिताएका माओवादीको कोचिला राज्य समितिका पूर्व सदस्य उनका श्रीमान् लक्ष्मी राजनीतिबाट अलग हुँदैछन् । लक्ष्मी फूल खरिदको लागि भारतका कोलकता, सिलिगढी र दार्जिलिङ गइरहन्छन् । शहरिया घरहरूका छत र बार्दलीमा फूल हुर्काएर आनन्द महसुस गर्ने सोखीहरू पनि प्रशस्त छन् ।
दमक–११ की पूजा अग्रवाल तिनै मध्येकी एक हुन्, जसको घरको तेस्रो तल्लाको छतमा गज्जबको फुलबारी छ । साँझ बिहानको समय फुलबारीमा बित्छ उनको । छत र बार्दलीका सयवटा गमलामा पानी हाल्न उनलाई बिहान पौने घण्टा लाग्छ । तीन वर्षअघि घर बनाएपछि उनले स्थानीय र भारतको सिलीगढीबाट समेत गरि ५० हजारका फूल किनेको बताईन् । उनको छत बगैंचामा जडिबुटी र अरु बिरुवा पनि छन् ।” साँझ बिहान छतमा टहलिँदा तनाबबाट मुक्त भइन्छ” फुलका सोखी उनका श्रीमान अजय अग्रवाल भन्छन्, “फक्रिएको फुल हेर्दा मन आनन्दित हुन्छ ।”
व्यस्त शहरिया समाजमा फूलबारी हुने गरि जमिन नभएकाहरूका लागि छतको फुलबारी र बगैंचाले घर सुन्दर बनाउन सघाएको छ ।” कुनै नयाँ ठाउँमा जाँदा एउटा भएपनि बिरुवा ल्याउन भुल्दिनँ” हरित नगर बनाउन खुद्रा स्केलमा भएपनि व्यक्ति ब्यक्तिले काम थाल्नुपर्ने धारणा राख्ने अजय भन्छन्, “म अरुलाई पनि यहि आग्रह गर्दछु ।”

| आफ्नो छतको फूलबारीमा कर्म । |
फूलका औधी सोखी छन् । दमक–११ का कर्म लामा पनि । उनको छतको बगैंचामा साठीवटा फूलका गमला छन् । त्यसबाहेक उनले छतमै आइसक्रिमका दशवटा बक्स पनि फूल हुर्काएका छन् । कुनै नयाँ ठाउँमा पुगेर फर्किंदा उनी एउटा भएपनि फूलको बिरुवा ल्याउँछन् । भन्छन्, “तनाव भयो भने म छत चढेर फूलबारी स्याहार्छु, आनन्द लाग्छ ।” प्रत्येक वर्ष उनी आठ–दश हजार फलमा खर्च गरिरहेको बताउँछन् ।
Related News :
If you enjoyed this article, subscribe to receive more great content just like it.
Connect us in Facebook
Popular News
-
पारसमणि आचार्य २०३८ साल असार ७ गते त्रिविबाट सम्बन्धन प्राप्त गरी ‘दमक कमर्स क्याम्पस’ नामबाट विधिवत स्थापना भएको हालको दमक बहुमुखी ...
-
डा. विजयकुमार लिङ्देन (एम.बि.बि.एस, एम.डी.) लिम्बुवान भन्दा अधिकांशले एकल जातीय राज्य र त्यसको पहिचान भनेर बुझ्ने गरेको पाइन्छ । वास्...
-
मुलुकले युवाहरुको चाहना र आवश्यकता अनुसारका राजेगारीलाई स्वदेशमा नै सृजना गर्न नसक्दा दैनिकजसो सयौँको संख्यामा नेपालीहरु रोजगारीका लागि विद...
-
इलाम/ इलामको शान्तिडाँडामा भिरबाट लडेर एक जनाको भएको छ । साङ्रुम्वा–७ घर भएका ४८ वर्षीय कमलबहादुर राई शान्तिडाँडा–३ स्थित आफन्तको घर पुगेर फ...
-
(शिविरमा स्वास्थ्य जाँच गरिँदै ।) दमक/ यहाँस्थित मेची सहकारी संस्थाले १९ औ बार्षिक उत्सव तथा २१ औँ साधारणसभाको अवसर पारेर शुक्रवार स्व...
-
दमक/ दमकका युवा पत्रकार विष्णु पौडेल दमक उद्योग वाणिज्य संघद्धारा स्थापित पत्रकारिता पुरस्कारवाट पुरस्कृत भएका छन् । संघको आइतबार सम्पन...
-
बिर्तामोड/ झापाको विर्तामोडबाट ‘विर्ताज्योति’ साप्ताहिकको प्रकाशन शुरु भएको छ । तीर्थ सिग्देल प्रकाशक तथा सम्पादक रहेको साताको मंगलबार ...
-
झापा/ नेपालका भूकम्प पीडितका लागि बंगलादेश सरकारले पठाएको १ लाख क्वीन्टल चामल मध्ये ६० हजार क्वीन्टल चामल लामो समय बित्दा पनि खाद्य संस्थान...
-
उर्लाबारी/ मोरङको उर्लाबारीस्थित उर्लाबारी उद्योग बाणिज्य संघको आगामी भदौ १९ र २० गते हुने चुनावी साधरणसभाका लागि नेपाली कांग्रेसले आफ्नो क...
-
विमल नेपाल जसरी मानव जातिसँगै यो नृत्यको जन्म भएको किंवदन्ती मानिन्छ । त्यसरी नै गीत, ताल र अभिनयको जन्म भएको मानिन्छ । छोटकरीमा भन्न...
Search
Archives
-
▼
2015
(
238
)
-
▼
September
(
57
)
- दमकमा सद्भाव र्याली
- हतियार प्रहारबाट श्रीमतीको हत्या
- युवा संघको शिविर सहित सम्मान
- आन्दोलनकारीले भ्यान जलाए
- १०२ वर्षीय तिम्सिनालाई सम्मान
- द्वन्द्वका दुःखी निशानाहरू
- समावेशी तीज पर्व आजको आवश्यकता
- हिंसा त्याग
- संघीयता अब के गर्छस् ?
- इ–रिक्सा शहरका लागि चुनौती बनिदै
- लिम्बुवानको बन्दले जनजीवन प्रभावित
- मलेशियामा नेपालीको मृत्यु
- मधेसी मोर्चाद्वारा तीन दलको वार्ता अस्वीकार
- ‘यथास्थितिमा संविधान आउँदैन’
- उद्यमीमा पुनः लुइटेल
- वीपी जयन्ती मनाईयो
- पूर्ण सरसफाई सम्बन्धी अन्तर्क्रिया
- उपाधिका लागि २ र ५ भीड्दै
- वीपी र आजको कांग्रेस
- सामान्य नृत्य र लोक नृत्यको परिभाषा
- हरितालिका तीज कसरी मनाउँदै हुनुहुन्छ ?
- वीपीको जन्मजयन्तिमा देशैभरी कार्यक्रम
- आन्दोलनकारीले पत्रकारको बाइक जलाए
- राष्ट्र एनआरएन यूकेका उपाध्यक्ष
- लाखौ लिएर सहकारी सञ्चालक बेपत्ता
- बलात्कारका आरोपी पक्राउ
- दमकमा राके जुलुश प्रदर्शन
- तोपगाछीमा नयाँ बजार सञ्चालन
- पाथीभरा र हरिओम टोलमा तीज
- मासु पसलमा मापदण्ड विपरीतका तराजु
- मृगौला रोगी मगरद्वारा याचना
- संघीय समाजवादीको झापाको घोषणा
- राजगढमा विजुली अवरुद्ध
- वीपी केमा चुके, केमा चुकेनन् ?
- कठिन मोडमा शरणार्थी मुद्दा
- हरित दमक नगर अभियानको थालनी
- स्वदेश फिर्तीको माग गर्दै धर्ना
- कारागारमा कैदीबन्दीको चाप
- नदीजन्य सामग्री उत्खनन् गर्ने कारवाहीमा
- शिक्षण संस्था बन्द मुक्त गर्न प्रतिबद्धता
- सशस्त्रले कुटे वृद्धलाई
- दमकमा सद्भाव र्याली
- शिक्षा दिवसमा दर्जनौ सम्मानित
- अनेमसंघ कन्काईको तीज कार्यक्रम
- संसयबीचको निकास
- नयाँ क्याम्पस प्रमुखको चुनौतीहरू
- मंसिरमा पूर्वाञ्चलस्तरीय पर्यटन महोत्सव हुने
- उर्लाबारी उवासंघको अध्यक्षमा भट्टराई
- स्व. ऐतराज केरुङ स्मृति पुरस्कार चेलीलाई
- ‘विर्ताज्योति’ को प्रकाशन सुरु
- फुटबल खेलाडी अनन्तलाई सम्मान
- ताराबारीमा तिज कार्यक्रम
- ठक्करले स्कुटर चालकको मृत्यु
- रेडक्रस लखनपुरद्वारा बक्तृत्वकला प्रतियोगिता
- फुलखेतीका कर्मयोगीहरु
- उग्रवाद, आविष्कारहरू र विध्वंश
- बढ्दो ध्रुविकरण
-
▼
September
(
57
)

0 comments for this post
Leave a reply