Featured Photos
Recent News

उर्लाबारी उवासंघको अध्यक्षमा भट्टराई

उर्लाबारी/ मोरङको उर्लाबारी उद्योग बाणिज्य संघको अध्यक्ष पदमा निर्वतमान वरिष्ठ उपाध्यक्ष एवं स्वतन्त्र उम्मेद्वार चन्द्रबहादुर भट्टराई (भरत) निर्वाचित भएका छन् ।
अध्यक्षः चन्द्रबहादुर भट्टराई
आइतबार बिहान २ बजे सकिएको मतगणना अनुसार उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस प्यानलका प्रितम खड्गीलाई ९५ मतले पराजित गरेका हुन् ।
निर्वाचित भट्टराईले ४६८ मत प्राप्त गरेका थिए भने खड्गीले ३७३ मत प्राप्त गरेका थिए । यस्तै अर्का प्रतिस्पर्धी निर्वतमान अध्यक्ष धर्मराज शाक्यले १७५ मत पाएका थिए ।
संघको वरिष्ठ उपाध्यक्षमा कांग्रेस प्यानलका तारामान सेरेङ, उद्योग उपाध्यक्षमा स्वतन्त्रण उम्मेद्वार यामलाल रसाईली, बाणिज्य उपाध्यक्षमा पुनः कांग्रेस प्यानलकै सचिन शाक्य, महासचिवमा पनि कांग्रेस प्यानलकै प्रदिप गौतम (मिलन), उद्योग सचिवमा पनि कांग्रेस प्यानलकै दिलकुमार श्रेष्ठ (दिलु), बाणिज्य सचिवमा एमाले प्यानलकी मिरा भट्टराई र कोषाध्यक्षमा स्वतन्त्रण उम्मेद्वार इन्द्रबहादुर भट्टराई निर्वाचित भएका छन् । संघको पाँच जना सदस्य पदमा कांग्रेस प्यानलका ३ र एमाले प्यानलका २ जना निर्वाचित भएका छन् । निर्वाचित हुनेमा कांग्रेस प्यानलबाट संगिता अधिकारी, बिष्णु गुरागाई र बद्रि खरेल तथा एमाले प्यानलबाट राम थापा र सुनिल बोहोरा रहेका छन् ।
लेखा समिति संयोजकमा कांग्रेस प्यानलका पवन अग्रवाल निर्वाचित भएका छन् । लेखा समितिको दुई जना सदस्यहरु एमाले प्यानलका लक्ष्मीप्रसाद दाहाल र दिनेश नेपाल निर्विरोध निर्वाचित भएका छन् ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives