Featured Photos
Recent News

नदीजन्य सामग्री उत्खनन् गर्ने कारवाहीमा

झापा/नियम विपरीत नदीजन्य सामग्री उत्खनन गर्ने सातवटा ट्याक्टरलाई प्रहरीले सोमबार झापाको शनिश्चरेबाट नियन्त्रणमा लिएको छ ।
स्थानीय विकास मन्त्रालयले चुरे क्षेत्र संरक्षणका लागि भन्दै गत असार, साउन र भदौ महिनाभरि नदीनालाबाट नदीजन्य सामग्री उत्खनन् गर्न रोक लगाएको छ तर निर्णयलाई अटेर गर्ने सातवटा ट्याक्टर नियन्त्रणमा लिएर कारबाहीका लागि जिल्ला विकास समिति झापा पठाएको शनिश्चरे प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक सार्कीधन राईले बताए ।
बुधबारे इलाका वन कार्यालय शनिश्चरेका रेञ्जर दीपकसेन भण्डारीसहितको टोलीले विरिङ र टाङ्टिङ निदीबाट ल्याएको ढुङ्गा र बालुवासहित ती ट्याक्टर नियन्त्रणमा लिएको हो ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives