Featured Photos
Recent News

लिम्बुवानको बन्दले जनजीवन प्रभावित

दमक/अरुणपूर्वका भूभागलाई लिम्बुवान घोषणा गर्नु पर्ने माग राख्दै आन्दोलनमा रहेको लिम्बुवान संयुक्त सङ्घर्ष समितिले आव्हान गरेको बन्दका कारण पूर्वको जनजीवन बिहीबार प्रभावित बनेको छ ।
‘पहिचानसहितको सङ्घीयता, सङ्घीयतासहितको संविधान र संविधानमा लिम्बुवान’ माग गर्दै संघीय लिम्बुवान पार्टी नेपालसहित विभिन्न आठ राजनीतिक दल तथा संगठन आवद्ध लिम्बुवान संयुक्त सङ्घर्ष समितिले बिहीबार र शुक्रबार दुई दिन पूर्वका नौ जिल्लामा बन्द आह्वान गरेको छ ।
समितिले ऐतिहासिक पृष्ठभूमि र पहिचानको आधार अरुणपूर्वको भूभागलाई लिम्बुवान घोषणा गरिनु पर्ने माग गरेको छ । बन्दको कारण ताप्लेजुङसहित पाँचथर, ईलाम, झापा, मोरङ, सुनसरी, संखुवासभा, धनकुटा र तेह्रथुमको
जनजिवन बिहानैदेखि प्रभावित बनेको छ । यी जिल्लामा बिहानै देखि लामो तथा छोटो दुरीका सवारीसाधन चल्न सकेका छैनन् भने उद्योगधन्दा, कलकारखाना तथा शैशिक संस्था समेत बन्द रहेका छन् । सङ्घर्ष समितिले लिम्बुवान क्षेत्रमा थातथलो खुलेका समुदायहरुको विशेष स्वयत्त क्षेत्र वा संरक्षित क्षेत्र साथै गैरभौगोलिक क्षेत्रहरुको सुनिश्चितता हुनुपर्ने माग राखेको छ । आन्दोलनरत सङ्घर्ष समितिले बन्दका पुर्व सन्ध्यामा बुधबार साँझ पुर्वका नौ जिल्लामा राँके जुलुस समेत निकालेको थियो ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives