Featured Photos
दमकमा निकालिएको सद्भाव र्याली – दमक उद्योग वाणिज्य संघ ।
दमकमा निकालिएको सद्भाव र्याली – सौन्दर्य कला व्यवसायी संघ ।
दमकमा निकालिएको सद्भाव र्याली – आदर्श उमाविका विद्यार्थीहरु ।
दमकमा निकालिएको सद्भाव र्याली – विद्यार्थीहरु ।
दमकमा निकालिएको सद्भाव र्याली – पशुपति किर्तन मण्डली परिवार ।
दमकमा निकालिएको सद्भाव र्याली – रोटरी क्लवका सदस्यहरु ।
Recent News
Home » Posts filed under News
हतियार प्रहारबाट श्रीमतीको हत्या
केर्खा/झापाको तोपगाछी गाविसका एक व्यक्तिले शनिबार राति धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।
तोपगाछी गाविस–८ का क्याम्पा बस्ने ४५ बर्षीय पर्शुराम रिजालले ४० वर्षीया श्रीमती मिना रिजालको धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् ।
घरायसी विषयमा श्रीमान–श्रीमतिबीच विवाद हुँदा रिजालले शनिबार राती ११
बजेतिर श्रीमतीको टाउँको र घाँटीमा धारिलो हतियार प्रहार गरेका थिए । श्रीमानको हतियार प्रहारबाट गम्भिर घाईते मिनाको उपचारका लागि न्यूरो अस्पताल विराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । पक्षघात रोगी भएका पर्शुले हत्या गरे पछि स्थानीय प्रहरी चौकीमा आत्मसमपर्ण गरेका थिए । श्रीमतीको हत्या गर्ने अभियुक्त पर्शुरामलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।

युवा संघको शिविर सहित सम्मान
दमक/ युवा संघ नेपाल दमक वडा कमिटी वडा नम्बर ३ ले शनिवार यहाँ ज्येष्ठ सम्मानसहित निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
वडा कमिटीका अध्यक्ष ओम सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा ८० वर्ष भन्दा माथिका आठ जना जेष्ठ नागरिकहरूको सम्मान तथा निशुःल्क स्वास्थ्य शिविर गरेको हो । नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा क्षेत्र नम्बर ७ का क्षेत्रीय इन्चार्ज होम बहादुर थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । यसैगरी कार्यक्रममा क्षेत्रीय अध्यक्ष नेत्र प्रसाद दाहाल, नगर अध्यक्ष अम्बिका प्रसाद खनाल, युवा संघका मेची अञ्चल सदस्य प्रकाश नेपाल, संघका क्षेत्रीय सह–संयोजक राजकुमार थापा लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन वडा सचिव लोकनाथ सापकोटाले गरेका थिए ।

आन्दोलनकारीले भ्यान जलाए
मोरङ/ आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले मोरङमा आइतबार बिहान एउटा भ्यानमा आगजनी गरी क्षति पु¥याएका छन् । विराटचोक सडकखण्डको सिग्राहा–७ मा बिहान को १ च ५९२९ नम्बरको म्याजिक भ्यानमा २०–२५ जनाको समूहले आगो लगाएको जिल्ला प्रहरीका प्रवक्ता डिएसपी प्रमोद खरेलले जनाए ।
उक्त समूहले भ्यानका चालकलाई समेत कुटपिट गरेको खरेलले बताए । यसैबीच सीमांकन प्रति असन्तुष्टी जनाउँदै संयुक्त मधेसी मोर्चा सहितका दल र समूहले आह्वान गरेको बन्दको २९ औं
दिन आइतबार पनि विराटनगरका बजार बन्द भएका छन् । विराटनगरको शनि मन्दिरदेखि उत्तर विद्युतीय रिक्सा र टेम्पो सञ्चालनमा रहेपनि कोसी राजमार्ग अन्तर्गत रोडशेष चोक र सो भन्दा दक्षिण मोटरसाइकल र रिक्सा मात्र चलिरहेको छ ।
३ सय ४३ गाडी स्कर्टिङ यसैबीच भारतबाट कच्चा पदार्थसहित विभिन्न सामान लिएर सिमावर्ती क्षेत्रमा बन्दका कारण रोकिएका २ सय २ सवारीसाधनलाई गएराति मोरङ प्रहरीले स्कर्टिङ गरी जिल्ला कटाएको छ ।
रानी भन्सार क्षेत्रमा रोकिएका २ सय २ मालबाहक ट्रक र कन्टेनरलाई स्कर्टिङ गरि मोरङको सीमाना कटाई सुनसरी पु¥याइएको डिएसपी खरेलले जनाए । यस्तै सुनसरीबाट आएर मोरङको विभिन्न स्थानमा रोकिएका १ सय ४१ वटा सवारीसाधनलाई सुरक्षा दिएर भारतीय सीमामा छोडिएको खरेलले बताए ।

बन्द खुलाउन आग्रह
मोरङ/ लगातार एक महिनादेखि भएको बन्द सर्वसाधारणलाई समस्या परेको जनाई सचेत नागरिक अभियानले बन्द खुलाउने वातावरण सिर्जना गर्न सरकार तथा आन्दोलनरत दललाई आग्रह गरेको छ ।
विराटनगरको ट्राफिक चोकमा शनिबार साँझ आयोजित कार्यक्रममा अभियानले सरकार र आन्दोलनरत पक्षबाट अविलम्ब वार्ता गरी मुलुकलाई समाधान दिनुपर्ने माग गरेको छ ।
लामो समयदेखिको बन्द र हडतालबाट सबै क्षेत्र अस्तव्यस्त भएकाले दुवै पक्षलाई सकारात्मक भएर वार्तामा आउने वातावरणका लागि दबाब दिइएको हो । कार्यक्रममा उद्योग सङ्गठन मोरङका अध्यक्ष शिवशंकर अग्रवालले बन्द र हडतालका कारण करिब ३२ दिनदेखि विराटनगरलगायत पूर्वी तराईको जनजीवन निकै कष्टकर भएको बताए । इन्सेकका क्षेत्रीय संयोजक सोमराज थापाले बालबालिकाको पढाइ प्रभावित भएको लामो समय बितिसकेको तर त्यसमा कुनै पक्ष गम्भीर नदेखिएको बताउँदै आन्दोलनरत पक्षलाई वार्तामा लगेर सबै क्षेत्र सञ्चालन गराउने वातावरणमा सरकार लाग्नुपर्नेमा जोड दिए ।

१०२ वर्षीय तिम्सिनालाई सम्मान
सुरुङ्गा/लायन्स क्लब अफ कनकाईले कुशेऔंशी तथा बाबुको मुख हेर्ने दिनको अवसर पारेर यहाँका एकजना जेष्ठ नागरिकलाई सम्मान गरेको छ ।
आइतबार क्लबका पदाधिकारीहरूले १०२ वर्षीय ज्येष्ठ नागरिक केशवप्रसाद तिम्सिनाको कनकाई नगरपालिका ३ सुरुङ्गास्थित घरमै पुगेर सम्मान गरेका हुन् । तिम्सिना वि. सं १९७१ साल भाद्र ९ गते खोटाङ जिल्लाको लामीडाँडा वडा नंं. ६ जन्मिएर २०२८ सालदेखि सुरुङ्गामा बसोबास गर्दै आएका छन् ।
जीवनको उकाली ओरालीमा नेपाली सेनामा भर्ना भइ दोस्रो विश्वयुद्धमा लडेको र उनी २०१२ सालमा सेवाबाट अवकाश लिएका लिए । कार्यक्रममा तिम्सिनालाई सम्मान पत्र, दोसल्ला, छाता, लौरो, फलफूल र नगदसहित सम्मान गरिएको हो । तिम्सिनाका ४ छोराहरू, १ छोरी, ३१ नाति–नातिना, ४५ पनाति–पनातिना र ७ जनाति–जनातिना रहेको बताइएको छ ।
लायन्स क्लब अफ कन्काईका चार्टर प्रेसिडेन्ट लीला चिमिरियाको अध्यक्षता रहेको कार्यक्रममा ज्येष्ठ नागरिक मञ्च झापा जिल्ला संयोजक भवानीप्रसाद दाहाल, कनकाई नगर सचिव रघुनाथ भट्टराईले मन्तव्य राखेका थिए ।
लायन्सका पीआरओ तीर्थराज खरेलले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा निर्देशक डीपी गौतमको स्वागत र पंण्डित हरिप्रसाद तिम्सिना र पण्डित गणेश पराजुलीले स्वस्ती वाचन गरेका थिए ।

लिम्बुवानको बन्दले जनजीवन प्रभावित
दमक/अरुणपूर्वका भूभागलाई लिम्बुवान घोषणा गर्नु पर्ने माग राख्दै आन्दोलनमा रहेको लिम्बुवान संयुक्त सङ्घर्ष समितिले आव्हान गरेको बन्दका कारण पूर्वको जनजीवन बिहीबार प्रभावित बनेको छ ।
‘पहिचानसहितको सङ्घीयता, सङ्घीयतासहितको संविधान र संविधानमा लिम्बुवान’ माग गर्दै संघीय लिम्बुवान पार्टी नेपालसहित विभिन्न आठ राजनीतिक दल तथा संगठन आवद्ध लिम्बुवान संयुक्त सङ्घर्ष समितिले बिहीबार र शुक्रबार दुई दिन पूर्वका नौ जिल्लामा बन्द आह्वान गरेको छ ।
समितिले ऐतिहासिक पृष्ठभूमि र पहिचानको आधार अरुणपूर्वको भूभागलाई लिम्बुवान घोषणा गरिनु पर्ने माग गरेको छ । बन्दको कारण ताप्लेजुङसहित पाँचथर, ईलाम, झापा, मोरङ, सुनसरी, संखुवासभा, धनकुटा र तेह्रथुमको
जनजिवन बिहानैदेखि प्रभावित बनेको छ । यी जिल्लामा बिहानै देखि लामो तथा छोटो दुरीका सवारीसाधन चल्न सकेका छैनन् भने उद्योगधन्दा, कलकारखाना तथा शैशिक संस्था समेत बन्द रहेका छन् । सङ्घर्ष समितिले लिम्बुवान क्षेत्रमा थातथलो खुलेका समुदायहरुको विशेष स्वयत्त क्षेत्र वा संरक्षित क्षेत्र साथै गैरभौगोलिक क्षेत्रहरुको सुनिश्चितता हुनुपर्ने माग राखेको छ । आन्दोलनरत सङ्घर्ष समितिले बन्दका पुर्व सन्ध्यामा बुधबार साँझ पुर्वका नौ जिल्लामा राँके जुलुस समेत निकालेको थियो ।

मलेशियामा नेपालीको मृत्यु
दमक/ मलेसियामा भएको सडक दुर्घटनामा बिहीबार एक नेपालीको ज्यान गएको छ ।
मलेसियाको जोहोर राज्यस्थित मुहार बखरी बातु लापानमा भएको सडक दुर्घटनामा तेह्रथुमका घनेन्द्र लिम्बूको ज्यान गएको हो । कम्पनी जाने क्रममा सडक पार गर्न लाग्दा लिम्बूलाई कारले ठक्कर दिएको उनका साथी मुकेश शाहले जानकारी दिए । मुहारको टिटी गोलोवे कम्पनीमा कार्यरत लिम्बू रोजगारीका सिलसिलामा ९ महिनाअघि मलेसिया आएका थिए । लिम्बूको शव पोस्टमार्टमका लागि मुहार अस्पतालमा राखिएको छ ।

मधेसी मोर्चाद्वारा तीन दलको वार्ता अस्वीकार
भैरहवा/ संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रमुख तीन राजनीतिक दलले वार्तामा आउन गरेको अपिललाई अस्वीकार गरेका छन् । भैरहवामा बिहीबार बसेको मोर्चाको बैठकले वार्ताको वातावरण तयार नभएको निश्कर्ष निकालेको छ ।
बिहान साढे ९ बजे बसेको मोर्चाको बैठक दिउँसो १ बजे टुंगिएको थियो । बैठकमा उपेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो सहभागी थिए । वार्ताका लागि यसभन्दा अघि मोर्चासँग भएको ८ बुँदे र २२ बुँदे सम्झौता कार्यान्वयनकाबारेमा सरकारको स्पष्ट धारणा आउनुपर्ने, संविधान निर्माण प्रकृयालाई तत्काल स्थगन गरिनुपर्ने, आन्दोलन भएका स्थानमा खटाइएका नेपाली सेनालाई ब्यारेकमा फिर्ता गरिनुपर्ने, आन्दोलनमा गरिएको प्रशासनिक दमन बन्द गरिनुपर्ने, आन्दोलनमा मृत्यु भएकालाई सहिद घोषणा र घाइतेको उपचार सरकारले गरेमा मात्रै बार्ताको बातावरण तयार हुने मोर्चाले जनाएको छ ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मोर्चा वार्ता बिरोधी नभएको र पहिला पनि वार्ताको माध्यमबाटै धेरै बिषय र समस्याको टुंगो लगाइएको उल्लेख गर्दै वार्ताका लागि उपयुक्त वातावरण नबनेसम्म वार्ताका लागि गरिएको आव्हानको कुनै औचित्य नभएको बताए ।
तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले पनि बन्दुकको छायाँमा वार्ता हुन नसक्ने टिप्पणी गरे । तमलोपाका प्रबक्ता तथा महामन्त्री सवेन्द्रनाथ शुक्लले वीरगञ्ज, सप्तरीको भारदह र जलेश्वरको घटनाले वार्ताको बातावरण बिग्रिएको बताए ।
मोर्चामा सहभागी अर्का नेता तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले सरकारले नै वार्ताको वातावरण बिगारेको आरोप लगाउँदै मोर्चाको पुरानै अडान कायम रहेको जनाए ।

केही दिन प्रक्रिया रोक: एमाओवादी
काठमाडौं /संविधानसभाको एमाओवादीले असन्तुष्ट दलहरुसँग सहमतिका लागि संविधानसभाको प्रक्रिया केही दिन रोक्न माग गरेको छ । बिहीबार पेरिसडाँडास्थित पार्टी मुख्यालयमा बसेको पदाधिकारी बैठकले मधेसमा थप हिंसा रोक्न सरकार र शीर्ष नेताहरुले सहमति खोज्ने अन्तिम प्रयासस्वरुप प्रक्रिया केही दिनका लागि संविधानका धारामाथि मतदान प्रक्रिया रोकिनुपर्ने निर्णय गरेको हो । ‘कांग्रेस र एमालेसँग हामीले यसै निर्णयलाई प्रस्तावका रुपमा लैजाने भएका छौं’ चार घण्टा लामो बैठक सकिएपछि सञ्चारकर्मीहरुसंग कुरा गर्दै वरिष्ठ नेता बाबुराम भट्टराईले भने, आज बिहान प्रधानमन्त्री निवासमा हुने बैठकमा यसबारे छलफल हुनेछ ।
‘यथास्थितिमा संविधान आउँदैन’
बिर्तामोड/फोरम लोकतान्त्रिकका अध्यक्ष बिजयकुमार गच्छेदारले मधेसी, आदिबासी जनजाति तथा थारु समुदायको मागलाई सम्बोधन नगरी संबिधान जारी गरिए देश गृहयुद्धमा फस्ने चेतावनी दिएका छन् । झापाको बिर्तामोडमा कोचिला संघर्ष समितिले बिहीबार आयोजना गरेको बिरोध सभालाई सम्बोधन गर्दै उनले तीन दलले जर्वजस्त संविधान ल्याए,त्यसले गृहयुद्ध ल्याउने चेतावनी दिए ।
गच्छेदारले तीन दलको अडानकै कारण मधेशको समस्याको समाधान नभएकाले आफु बाँध्य भएर सविधानसभा छाड्नु परेको बताए । आफूले हदैसम्म लचिलो भएर तीनदललाई एकै ठाँउमा उभ्याएर सहमतिको प्रयास गरेको उल्लेख गर्दे नेता गच्छदारले भने,–‘हामीले संविधानसभाबाट
नै संविधान खोजेका छौ, अझै पनि संविधानसभाले नै संबिधान ल्याउनुपर्छ तर यसका लागी दलीय सहमतीको वातावरण वनाउन ढिला भईसक्यो ।’
उनले पूर्वको राजवंशी, धिमाल थारु, मधेसी लगायतको जायज मागलाई सम्वोधन गर्ने पर्नेमा आफु अझैपनि सहमतिको आसामा रहेको बताए । पूर्वमा लिम्वुवान सघर्ष समितीले आयोजना गरेको आमहड्तालको दिन पारेर गरिएको त्यस विरोध सभामा लिम्वुवान नेता भुब्रिक्रम नेम्बाङले समेत मधेशको मागलाई राज्यले सम्वोधन गर्नु पर्नेमा जोड दिए । विरोध सभामा कोचिला सघर्ष समितीसँग ऐक्यबद्धता जनाउन एक दर्जन बढी संघ संस्थाका प्रतिनिधीहरुले समेत आ–आफनो विचार राखेका थिए ।

उद्यमीमा पुनः लुइटेल
गौरादह/ झापाको गौरादह –१ स्थित उद्यमी कृषि सहकारी संस्थाको नवौं साधारण सभाले पुनः भुपराज लुईटेललाई अध्यक्षमा निर्वाचित गरेको छ ।
उनी अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । उपाध्यक्षमा भने कमल खनाल र लिला खतिवडालाई पछि पार्दै बिमला घिमिरे निर्वाचित भईन् । यस्तै सदस्यहरुमा दिपेन्द्र दाहाल, नेत्रबहादुर दाहाल, भोलानाथ घिमिरे,वालकृष्ण भट्टराई, टेकमाया सापकोटा, पुष्पलता आचार्य र निर्मला खतिवडा निर्वाचित भएका छन् । यस्तै लेखा समिति निर्विरोध निर्वाचित भएको छ । लेखा संयोजकमा राधाकृष्ण सापकोटा र सदस्यहरुमा ओमप्रसाद खतिवडा र रामकुमारी बस्नेत रहेका छन् । खगेन्द्र भण्डारीको संयोजकत्वमा निर्वाचन समितिले नयाँ नेतृत्व चयन गराएको हो । कार्यक्रमको उद्घाटन सत्र जिल्ला सहकारी संघकी सदस्य मिना ढकालको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा ईन्द्रेणी बहुउद्धेशीय सहकारी संस्थाका अध्यक्ष भिम लामिछाने, लगनशिल कृषि सहकारी संस्थाका अध्यक्ष डम्बर निरौला, सामाजिक अगुवा दिपेन्द्र दाहाल लगायतले बोलेका थिए ।

वीपी जयन्ती मनाईयो
दमक/नेपाली कांग्रेस दमक– १३ र वडानम्वर १६ ले विहीवार १०१ औं बिपी जयन्तीको अवसरमा कार्यक्रम गरेको छ । कांग्रेस वडासमिति दमक १३ र वडानम्वर १६ मा भएको कार्यक्रममा बिपी कोइरालाको जीवनी माथि चर्चा गरिएको थियो । उनीहरुले वीपीले प्रतिवादन गरेको समाजवाद सिद्धान्तको विचारलाई अझै पनि उत्तिकै सार्थक रहेको बताएका थिए ।
वडानम्वर १३ मा भएको कार्यक्रममा कांग्रेस झापा कोषध्यक्ष देवी दाहाल , प्रशिक्षण विभाग जिल्ला सदस्य पर्शुराम रिजाल लगायतले बिपीको बिचार अहिले पनि लोकप्रिय रहेको जोड दिएका थिए । कार्यक्रम वडासभापति हेम सुवेदीको अध्यक्षतामा भएको थियो ।
यसै गरी दमक– १६ मा भएको कार्यक्रममा कांग्रेस दमक नगर सभापति ढुण्डिराज भण्डारी, महिला नेतृ चन्द्रा खडका र तरुण दल दमक १६का सभापति दिपेश दाहालले बिपी कोइरालाको बिषयमा बोलेका थिए ।

पूर्ण सरसफाई सम्बन्धी अन्तर्क्रिया
पथरी/पूर्ण सरसफाई सम्बन्धी पथरीमा बिहीबार अन्तत्र्रिmया सम्पन्न भएको छ । नेपाल पत्रकार महांसघ मोरङ सम्पर्क कार्यालय पथरी शनिश्रेको आयोजनामा र पथरी शनिश्चरे नगरपालिका कार्यलयको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।
महासंघको कार्यालयमा बिहिबार मोरङ जिल्लाभरीका पत्रकारहरुलाई गाउँ तथा शहर र सार्वजनिक स्थानहरुमा पूर्ण सरसफाई गर्न सर्वसाधरणमा जनचेतना फैलाउने र सरसफाईलाई निरन्तर रुपमा बिकास गर्दै फोहोर मैलालाई नगदमा रुपान्तरण गर्ने बिषयमा छलफल सम्पन्न भएको थियो ।
यसै कार्यक्रममा प्रेस चौतारी मोरङका अध्यक्ष रामचन्द्र अधिकारीले तत्काल उपयोग भई सकेको बस्तु फोहोर हुने र यसलाई ब्यवस्थापन गर्न अहिले जनचेतनाको खाँचो रहेकोले यस भुमिका पत्रकारले निर्वाह गर्नु पर्ने बताएका थिए ।
सिंगो समाजलाई फोहोर मुत्त बनाउन, फोहोर उत्पादननै कम गर्न समाचार लेख रचना जस्ता बिषय बस्तु प्रचारका लागि प्रकाशन तथा प्रशारण गर्नुपर्ने बताएका थिए ।
यस्तै पत्रकार शेखर ढकालले पहिला ती ४ जनाका समुह आएर फोहोर टिपीदिने मनसाय ब्यक्त गरी फोहोर फाल्ने गरिआएको तर अहिले उनीहरुले फोहोर देख्छन की भन्ने हेतुले फोहोर ब्यवस्थापनमा गंभीर बनेको बताए ।
पथरीशश्चिरे नगरपालिका कार्यालयका फोहोर मैला तथा बातबरण संरक्षण बिभागका प्रमुख सुरेन्द्र राईले आफ्नो प्रतिवेदन पेश गर्दै कानुनी रुपमा समेत दंद्धित ब्यबस्था गरिएको समेत बताए । सरसफाई सम्बन्धी कर्तब्य पालना गरे अधिकारलाई स्थापित गर्न सहज हुने भएकोले फोहोर मैला ऐन २०६८ अनुसार कारबाही गरिने बताए ।

उपाधिका लागि २ र ५ भीड्दै
![]() |
| म्यान अफ द म्याचको पुरस्कार लिँदै राई । |
सुरुङ्गा/ कनकाई स्पोटर्स एकेडमीद्वारा सुरुङमा आयोजित प्रथम वार्डस्तरीय फुटबल प्रतियोगिताको फाइनलमा वडा नम्बर २ र ५ विच भिडन्त हुने भएको छ । बिहीबार आयोजित दोस्रो सेमिफाइनल खेलमा वडा नं. २ ले ३ लाई ०–३ को विशाल गोल अन्तरले पराजित गर्दै वडा नम्बर २ ले आफ्नो फाइनल यात्रा पक्का गरेको हो ।
विजयी टिमका तर्फबाट खेलको १७ औं मिनेटमा मनोज राईले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाए । खेलको पहिलो हाफमा १ गोलले पछि परेको वडा ३ ले दोस्रो हाफमा दवाव स्वरुप थप २ गोल खान पुग्यो । वडा नम्बर २ का तर्फबाट दोस्रो हाफको १० औं मिनेटमा जर्सी नम्बर २२ का खेलाडि दिलीप राईले गोल गर्दै आफ्नो टिमलाई २–१ को अग्रता दिलाए । यसै गरी खेलको दोस्रो हाफको २२ औं मिनेटमा जर्सी ९ का खेलाडी दिलीप राईले पुनः गोल गर्दै आफ्नो टिमलाई ०–३ को स्पष्ट जित दिलाए । खेलको म्यान अफ द म्यान समेत उनै घोषित भए । अबको फाइनल खेल यही २६ गते वडा नं. ५ र २ बीच हुने प्रचार विभाग प्रमुख लीलाराज झापाली ले बताए ।
सोही दिन आयोजक र सुरुंगा जेसीज बीच मैत्री पूर्ण खेल समेत हुने मूल आयोजक समितिका संयोजक दुर्गाप्रसाद प्रसाईंले बताए । वडा नम्बर २ ले वडा नं. ४ र ३ को चुनौती पन्साउँदै फाइनल यात्रा तय गरेको हो भने वडा नम्बर ५ ले ६ र ७ लाई पराजित गरी फाइनल यात्रा तय गरेको हो ।
आन्दोलनकारीले पत्रकारको बाइक जलाए
विराटनगर/ विराटनगरको रानीमा भएको प्रदर्शनको समाचार संकलन गर्न गएका सञ्चारकम नविन कर्ण सवार मोटरसाइकल आन्दोलनकारीले जलाएका छन् ।
कर्ण सवार को ८ प २२३९ नम्बरको मोटरसाइकललाई आन्दोलनकारीले टायर जलिरहेको ठाउँमा लगेर जलाइदिएका छन् । स्थानीय मकालु टेलिभिजनमा कार्यरत कर्णलाई उनीहरुले उल्टो समाचार प्रसारण गरेको भन्दै मोटरसाइकलमा आगजनी गरेका हुन् ।
त्यस्तै गोरखापत्रका सम्वाददाता जीतेन्द्र ठाकुर घाइते भएका छन् । आन्दोलनकारीले प्रहार गरेको इटाले लागेर उनी घाइते भएका हुन् ।
दुवै सञ्चारकर्मीलाई अहिले प्रहरीले सुरक्षा दिइरहेको छ । उनीहरुलाई प्रहरीको सहयोगमा पत्रकार महासंघ मोरङको कार्यालय ल्याउने तयारी भइरहेको छ ।
बुधबार विराटनगरमा आन्दोलनकारीले पाँच पत्रकारलाई आक्रमण गरेका छन् भने एउटा मोटरसाइकल जलाइदिएका छन् ।
त्यसलगत्तै पत्रकार महासंघ मोरङ शाखाको आकस्मिक बैठक बसेको थियो । बैठकले दोषिलाई कारवाही गर्न र शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन माग गर्दै बुधबारै जिल्ला प्रशासन कार्यालय मोरङमा ज्ञापनपत्र बुझाउने निर्णयसमेत गरेको छ ।
कर्ण सवार को ८ प २२३९ नम्बरको मोटरसाइकललाई आन्दोलनकारीले टायर जलिरहेको ठाउँमा लगेर जलाइदिएका छन् । स्थानीय मकालु टेलिभिजनमा कार्यरत कर्णलाई उनीहरुले उल्टो समाचार प्रसारण गरेको भन्दै मोटरसाइकलमा आगजनी गरेका हुन् ।
त्यस्तै गोरखापत्रका सम्वाददाता जीतेन्द्र ठाकुर घाइते भएका छन् । आन्दोलनकारीले प्रहार गरेको इटाले लागेर उनी घाइते भएका हुन् ।
दुवै सञ्चारकर्मीलाई अहिले प्रहरीले सुरक्षा दिइरहेको छ । उनीहरुलाई प्रहरीको सहयोगमा पत्रकार महासंघ मोरङको कार्यालय ल्याउने तयारी भइरहेको छ ।
पत्रकारले स्थलगत रिपोर्टिङ नगर्ने
मोरङ/ आन्दोलनकारीले पत्रकारहरुलाई आक्रमण गरेपछि विराटनगरका पत्रकारहरुले स्थलगत रिपोर्टिङ नगर्ने निर्णय गरेका छन् । शान्ति सुरक्षाको प्रत्याभूति नभएसम्म कार्यस्थलमै बसेर काम गर्ने र स्थलगत रिपोर्टिङ नगर्ने पत्रकारहरुले निर्णय गरेका हुन् ।बुधबार विराटनगरमा आन्दोलनकारीले पाँच पत्रकारलाई आक्रमण गरेका छन् भने एउटा मोटरसाइकल जलाइदिएका छन् ।
त्यसलगत्तै पत्रकार महासंघ मोरङ शाखाको आकस्मिक बैठक बसेको थियो । बैठकले दोषिलाई कारवाही गर्न र शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन माग गर्दै बुधबारै जिल्ला प्रशासन कार्यालय मोरङमा ज्ञापनपत्र बुझाउने निर्णयसमेत गरेको छ ।
राष्ट्र एनआरएन यूकेका उपाध्यक्ष
दमक/एनआरएन बेलायतको उपाध्यक्ष राष्ट्र राई निर्वाचित भएका छन् ।
बेलायतको स्थापनाकालदेखि नै सदस्य बनेर एनआरएन अभियानमा सक्रिय सहभागी बन्दै पाँचौं अधिवेशनबाट एनआरएन बेलायतको बरिष्ठ सल्लाहकारको रुपमा कार्य गरिसकेका छन् ।
व्रिटीस लाहुरे समेत रहेका मास्टर राष्ट्र बेलायत एनआरएनको छैटौं अधिबेशनबाट उपाध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
विदेशमा रहेर देशको चिन्ता साथै खेलखुद र मार्सल आर्ट तेक्वान्दोप्रति उनको लगाव छ । खोटाङका प्रजातन्त्र सेनानी स्व. मुघाधन राईको माइला छोरा उनी दमक–१० मा स्थायी वसोवास गरिआएका छन् । सैनिक सेवामा रहँदा तेक्वान्दो मुख्य प्रशिक्षकको रुपमा तालिम केन्द्रमा कार्यरत समेत छन् ।

लाखौ लिएर सहकारी सञ्चालक बेपत्ता
धरमपुर/झापाको धरमपुुर—५ मंगलबारे बजारमा रहेको धरमपुर साना किसान कृषि सहकारी संस्थाका सहप्रबन्धक पदम सुवेदीले १९ लाख रुपैयाँ भन्दा बढी रुपैयाँ कुम्लाएर बेपत्ता भएका छन् । गएको साउन २८ गतेबाट कार्यालयमा हाजिर नभएका सहप्रवन्धक सुवेदीले संस्थाका बिभिन्न सेयरसदस्यहरुको नामबाट नक्कली बिल र हस्ताक्षर बनाएर १९ लाख रुपैया कुम्लाएर बेपत्ता भएका हुन् ।
बेपत्ता रहेका सुवेदीले संस्थामा आवद्ध शेयर सदस्य धरमपुर—९ घर भएका लक्ष्मी सुवेदी र हरीमाया खनालको नामबाट नक्कली कागाजात र हस्ताक्षर गरी दुई—दुई लाख रुपैया गरी ४ लाख रुपैयाँ झिकेको प्रमाण भएको जानकारी दिए । उनीहरुको नामबाट सहप्रवन्धक सुवेदीले २०७२ वैसाख १२ गते पशुपालन, मासुजन्य र कृषी शीर्षकमा ऋण बापत सो रुपैयाँ झिकेको देखिन्छ ।
सहकारी संस्थाका अध्यक्ष यमनाथ चिमोरियाका अनुसार सह–प्रवन्धक पदम सुवेदी साउन २८ गतेबाट कार्यालयमा आएका छैनन् ।
धरमपुर—९ ढकाल चौक घर भएका सुवेदी परिवारमा समेत सम्पर्कमा छैनन् । चिमोरियाले भने—‘संस्थाका आर्थिक पक्ष हिनामिना गरेको भन्दापनि कार्यालयमा मात्र नआएका हुन् ।’ उनले २८ गतेवाट कार्यालयमा हाजिर नभएका सहप्रवन्धक सुवेदीलाई भाद्र ३ गते निलम्बन गरिएको जानकारी दिए । उनी कहाँ छन् भन्ने बारेमा खोजी कार्य सहित प्रहरी मार्फत् आवश्यक अनुसन्धान गरिरहेको संस्थाका उपाध्यक्ष खडानन्द घिमिरेले बताए ।
यता संस्थाका सेयर सदस्य समेत रहेका मदन विष्टले सहकारी संस्थाका शेयर सदस्यहरुले जम्मा गरेको संम्पति सहप्रवन्धक सुवेदीले हिनामिना गरेको आरोप लगाउँछन् ।

बलात्कारका आरोपी पक्राउ
दमक/बलात्कारका घटनाका फरार एक जना आरोपी दमकबाट पक्राउ परेका छन् । दुईबर्ष अघि घरमा एक्लै भएको अवस्थामा दमक– १५ की एकजना अशक्त युवतीलाई यौनदुव्र्यहार गरी भागेका दमक–१७ का ४६ बर्षीय गोबद्र्धन अधिकारीलाई इलाका प्रहरी कार्यालय दमकले पक्राउ गरी कारवाही शुरु गरेको हो । अधिकारीलाई प्रहरीले बुधबार जवर्जस्ती करणीको अभियोगमा झापा जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । मंगलबार राति दमक– १७ सानोबाह्रघरेस्थित घरबाट पक्राउ गर्न खोज्दा भाग्ने प्रयास गरेका अधिकारी मध्यरातमा घर पश्चिमको धानबारीमा समातिएका हुन् ।
दमकमा राके जुलुश प्रदर्शन
दमक/ लिम्बुवान संयुक्त संघर्ष समितिले आजदेखि अरुण पूर्वका नौ जिल्लामा शसक्त आन्दोलन बनाउने भएका छन् । दुई दिने शसक्त आन्दोलन चर्काउन समितिले पूर्वका सवै जिल्लाका शहरहरुमा बुधबार साँझ राके जुलुश निकालेका छन् ।
दमकमा भएको राके जुलुशमा सहभागीहरुले अरुण पूर्वका नौ जिल्ला लिम्बुवान प्रदेश नभएसम्म आनदोलन नरोकिने चेतावनी दिएका थिए । दमकको पश्चिम बसस्टेण्डबाट निस्केको राके जुलुश स्थानीय गणतन्त्र चौकमा आएर कोणसभामा परिणत भएको थियो । कोणसभामा संघर्ष समितिका स्थानीय संयोजक गजेन्द्र मिभक लगायतकाले आन्दोलन शान्तिपूर्ण बनाउने बताए । जुलुशमा आठ वटा लिम्बुवानजन्य संगठनहरुको सहभागीता रहेको थियो ।

तोपगाछीमा नयाँ बजार सञ्चालन
केर्खा/ग्रामीण क्षेत्रको कृषि उत्पादनको बजारीकरण गर्ने उद्देश्यले झापाको तोपगाछीमा थप नयाँ बजार सञ्चालनमा ल्याईएको छ । तोपगाछी–५ मा बुधबार एक कार्यक्रमका बीच नयाँ बजारको ईलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक ईश्वर कार्कीले उद्घाटन गरे ।
स्थानीयबासीको सक्रियतामा बजार सञ्चालनमा आएपछि यस क्षेत्र का उपभोक्तालाई सहजता पुग्ने बजार सञ्चालक समितिका लेखनाथ खतिवडाकाले जानकारी दिए ।
तोपगाछीकै पूरानो केर्खा बजारबाट तीनसय मिटर पश्चिममा करिब १५ कठ्ठा क्षेत्रफलमा प्रत्येक बुधबार साप्ताहिक रुपमा बजार लाग्ने जनाईएको छ । यससंगै तोपगाछीमा केर्खा, क्याम्पा, सराङपाडासहितका चार वटा स्थानमा साप्ताहिक रुपका हटिया सञ्चालनमा रहेका छन् ।

पाथीभरा र हरिओम टोलमा तीज
दमक/ तीजका अवसर पारेर दमकका दुई वटा स्थानमा बुधबार तीज विशेष कार्यक्रम गरिएका छन् । दमक– १ स्थित पाथीभरा टोल विकास संस्था र दमक–१० स्थित हरिओम टोल विकास संस्थाले छुट्टाछुट्टै कार्यक्रम गरी सामूहिक तिज विशेष कार्यक्रम गरिएका हुन् ।
यसैक्रममा पाथीभरा टोल विकास संस्थाका अध्यक्ष गणेशप्रसाद चौलागाईको अध्यक्षतामा कार्यक्रम भएको थियो । संस्थाले आफनो टोल विकास संस्थामा रहेका महिलाहरुलाई सामूहिक भावनाको विकास तथा आपसी सद्भावलाई अझ दरिलो बनाउन तिज बिशेष कार्यक्रम गरेको सहभागीहरुले बताएका थिए । वडा नागरिक मञ्च दमक– १ का संयोजक पदम बुढाथोकीको प्रमुख आतिथ्यतामा रहेको सो कार्यक्रममा टोल विकास संस्थाका सल्लाहकार संयोजक भवानी न्यौपानेको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि बुढाथोकीले सामूहिक रुपमा आयोजना हुने नेपाली महिलाहरुको मौलिक चाड हरितालिका तिजको महत्वलाई बढाउँदै सद्भाव कायम गर्न खाँचो रहेको औल्याएका थिए । समूहका सदस्य उषा रावत, टिका घिमिरे, शान्ता चौहानले स्वागत गीत गाएर शुरु भएको कार्यक्रममा समूहका सदस्यहरु रेखा ढुङाना, डम्बर कुमारी ढकाल, गंगा पाण्डे, कमला राई, रक्षा भण्डारी, पंण्डित उमानाथ काफले, सल्लाहकार संयोजक न्यौपाने लगायतले शुभकामना मन्तव्य राखेका थिए । मोहनप्रसाद भण्डारी र तुलसी रावतले सञ्चालन गरेको सो कायक्रममा महिलाहरुले तिज बिशेष नृत्य तथा सामुहिक दर खाने कार्यक्रम पनि सम्पन्न भएको थियो ।
यसैगरि हरिॐ टोल बिकास संस्था दमक १० ले तिज बिशेष कार्यक्रमको आयोजना गरेको छ ।
हिन्दु नारीहरुको महान पर्ब हरितालिका तिजको अवसरमा संस्थाले बुधबार सांस्कृतिक कार्यक्रम तथा दर खाने कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि एमाले निकट अखिल नेपाल महिला संघ झापा जिल्ला कमिटी सदस्य लिला ढुङ्गेल दाहालले हिन्दु नारीहरुको महान पर्वलाई सबैले आपसी सद्भाव र मेलमिलापको अवसर प्रदान गर्नु पर्ने बताए । संस्थाका अध्यक्ष रुद्र खड्काको अध्यक्षतामा भएको कार्यक्रममा लक्ष्मीनारायण मन्दिर ब्यवस्थापन समिति दमक–१० का अध्यक्ष रोहित आचार्यले आफनो मन्तब्य राखेका थिए । कार्यक्रममा बिभिन्न तिज बिशेष गीत, संगीतमा महिलाहरु झुमेर नाचेका थिए ।

मासु पसलमा मापदण्ड विपरीतका तराजु
दमक/ झापा जिल्ला मासुु ब्यवासायी संघले बुुधबार दमकमा मासु पसलहरुको अनुगमन गरेको छ । इलाका पशु कार्यालय दमक, दमक नगरपालिका र स्थानीय प्रशासन सहितको टोलीले गरेको सो अनुगमनका क्रममा अधिकांश मासुपसलहरुबाट अवैध रुपमा सञ्चालनमा रहेका ढक तराजुहरु नियन्त्रमा लिएको थियो । दमकमा मासुपसलहरु अनियन्त्रित रुपमा खुल्ने क्रम बढे्संगै सर्वसाधारणहरु ठगिने गरेको जनगुनासो बढेपछी संघले अनुगमनलाई तिव्रता दिएको हो ।
दमक बजार क्षेत्र वरिपरि विभिन्न स्थानमा रहेका १ सय भन्दा बढि मासुपसलहरुमा अनुगमन टोली पुगेको थियो । अनुगमनका क्रममा मापदण्ड विपरीत प्रयोगमा आएका केही ढक तथा तराजुहरु टोलीले नियन्त्रणमा लिएको थियो । नियन्त्रण लिएका ढक तराजुहरु कानुनी प्रक्रिया पछि सम्बन्धित धनिलाई बुझाईने इलाका पशु कार्यालय दमकका प्रमुख विनोद शाहले जानकारी दिए । अनुगमनका क्रममा कतिपय मासु पसलहरुले जनस्वास्थ्यको ख्याल नै नगरी न्युनतम मापदण्ड पनि पुरा नगरि नै पसल सञ्चालन गरेको पाइएकाले व्यावसायीहरुलाई मापदण्डमा आउनु चेतावनी दिएर छाडिएको शाहले बताए ।

Connect us in Facebook
Popular News
-
नविन गौतम संसार नै मेरो स्कूल सबै मेरा गुरू सबैबाट शिक्षा लिन्छु म त खुरु–खुरु घामबाट शिक्षा लिन्छु सबैको भलो गर्ने ज्ञानको ज्योति फैलाएर ...
-
डा. विजयकुमार लिङ्देन (एम.बि.बि.एस, एम.डी.) लिम्बुवान भन्दा अधिकांशले एकल जातीय राज्य र त्यसको पहिचान भनेर बुझ्ने गरेको पाइन्छ । वास्...
-
धुलाबारी/ आर्थिक अभावका कारण देखाएर दुईबर्षदेखि बन्द भएको झापा धुलाबारीस्थित मेची आम्दा अस्पताल शुक्रबारदेखि पुनःसञ्चालनमा आएको छ । मेचीनग...
-
दमक/ यहाँस्थित दमक उद्योग वाणिज्य संघको दैवी प्रकोप राहत कोषमा करिव ७ लाख रुपैया संकलन भएको छ । दुई वर्षको अवधिमा कोषको खातामा हालसम्म ६ ल...
-
बिर्तामोड/ नागरिक तथा पर्यटन उड्डयन मन्त्री कृपासुर शेर्पाले झापामा आन्तरिक तथा बाह्य पर्यटनको सम्भावना धेरै रहेकाले यसको विकासका सरकारले व...
-
खेमनारायण सुब्बा भारतको दार्जिलिङस्थित विजनबारीमा स्थायी बस्दै आएका खेमनारायण सुब्बा प्रवासी नेपाली गीत संगीत क्षेत्रमा चिनीएको नाम हो ...
-
सुरुङ्गा/ झापाको कन्काई नगरपालिकास्थित भृकुटी उच्च माविले बुहारीलाई निःशुल्क पढाउने निर्णय गरेको छ । वि.सं २०६७ देखि उच्च मावि चलाउँदै आएको...
-
इलाम/ इलामको शान्तिडाँडामा भिरबाट लडेर एक जनाको भएको छ । साङ्रुम्वा–७ घर भएका ४८ वर्षीय कमलबहादुर राई शान्तिडाँडा–३ स्थित आफन्तको घर पुगेर फ...
-
पारसमणि आचार्य २०३८ साल असार ७ गते त्रिविबाट सम्बन्धन प्राप्त गरी ‘दमक कमर्स क्याम्पस’ नामबाट विधिवत स्थापना भएको हालको दमक बहुमुखी ...
-
ताप्लेजुङ/ ताप्लेजुङमा पछिल्लो समय मौरीपालन व्यवसायमा किसानको आकर्षण बढ्दै गएको छ । मौरीपालन व्यवसाय थोरै लगानीबाट भएपनि सञ्चालन गर्न सकिन...