Featured Photos
दमकमा निकालिएको सद्भाव र्याली – दमक उद्योग वाणिज्य संघ ।
दमकमा निकालिएको सद्भाव र्याली – सौन्दर्य कला व्यवसायी संघ ।
दमकमा निकालिएको सद्भाव र्याली – आदर्श उमाविका विद्यार्थीहरु ।
दमकमा निकालिएको सद्भाव र्याली – विद्यार्थीहरु ।
दमकमा निकालिएको सद्भाव र्याली – पशुपति किर्तन मण्डली परिवार ।
दमकमा निकालिएको सद्भाव र्याली – रोटरी क्लवका सदस्यहरु ।
Recent News
Home » Posts filed under Editorial
द्वन्द्वका दुःखी निशानाहरू
सशस्त्र द्वन्द्वको क्रममा भएको क्षतिको पुनव्र्यस्थापन त परै जावस्, भग्नावशेषहरू पनि अझै तह लगाइएको छैन । झापाका दक्षिणी ग्रामीण क्षेत्रका गाविस भवनहरू, ती सँगैका उपस्वास्थ्य चौकी र हुलाकका इकाई अनि त्यो भन्दा धेरै त प्रहरी चौकीहरू ऊ बेला माओवादी निशाना बनेका थिए । कयौं रात दिन ती भवनहरू बलिरहन्थे । राज्य सत्ता जित्ने ख्वाबसाथ तिनमा झोसिएको आगो निभाउन कोहि पनि पुगेन । राज्य पूर्णरुपमा सहरमा केन्द्रित थियो अर्थात सुरक्षात्मक अवस्थामा सीमित भएको प्रतित हुन्थ्यो । नागरिक जीवन पूर्णत बन्धक बनाइएको थियो हिंसारत पक्षहरूबाट । मध्य र पश्चिम नेपालका कतिपय जिल्लाका सरकारी जंगी ठेगानाहरू धमाधम सदरमुकाम सारिँदैछ ।
आज सशस्त्र द्वन्द्व सकिएको नौ वर्ष बितिसकेको छ । यसबीचमा धेरैथरिका सम्झौता र सहमति भएका छन् । प्रतिबद्धता व्यक्त गरिएका छन् । सरकारमा माओवादी सहितका सबैजसो ठूला दलहरू पुगिसकेका छन् । तर पनि भित्री गाउँमा हिजो निशाना बनाइएका ती स्थानीय सरकारी ठेगानाहरूको पुनर्निर्माणबारे सोचिएको छैन । कालो काइ जमेका, भित्ता र खाँबा अँगार भएका खण्डहरू भवनहरूमै बसेर स्थानिय राज्यको भूमिका निर्बाह भइरहेको छ ।
झापाका कम्तिमा केहि दर्जन त्यस्ता प्रत्यक्ष जनसरोकारका सरकारी अड्डाहरू अहिले युद्धको चर्काे स्वरुपका दुःखद दशी बनेर रहेका छन् । तिनको छिटो पुर्नर्निमाणका लागि कतैबाट पनि आवाज नउठ्नु दुःखद कुरा हो । हिजो गाउँले जनता क्षयरोगको औषधी चिकित्सकीय निगरानीमा खान जान्थे ती कार्यालयमा । जन्म र मृत्यु दर्ता गरिन्थे तिनमा । सिलाई कटाइ तालिम चलाइन्थे कत्तिमा । छोटी हुलाक थिए ती ठाउँमा । ती आधारभूत स्तरका एकाईलाई निकम्मा बनाउँदा केन्द्रिय राज्यसत्तालाई भन्दा बढी क्षति गाउँलाई नै पुगेको विश्लेषण सत्यको नजिक छ ।
भत्काइएका सरकारी अड्डा फेरि बनाउनका लागि आवश्यक प्रयास नहुनु बिडम्बना बाहेक केही होइन । अरबौंको जायजेथा क्षति भएको छ, त्यतिबेला प्रायः एउटै जिल्लामा । स्थानीय स्तरबाटै तिनको पुनर्निर्माण गर्न नसकिने भएको अवस्थामा आफ्नो नेतृत्व सरकारमा रहेको बखत आवश्यक पहलका लागि सबै दलले काम शुरु गर्नु आवश्यक देखिन्छ । हिजो हिंसामा एउटा मात्र दल जिम्मेवार थियो । तर अब त्यो संरचनाको पुनर्निर्माणका लागि बाँकी सबै राजनीतिक दल र तिनको नेतृत्वले लाग्न जरुरी छ । यो समग्र काम एउटा मात्र राजनीतिक दलले मात्र काँध थाप्न सक्ने काम पक्कै होइन ।
माओवादी हिंसा मुलुकको विगत हो । त्यो नेपाली समाजले भोगेको पीडापूर्ण यथार्थ थियो । मुलुक हिंसाको त्राणबाट उन्मुक्तिको सास फेर्न प्रयासरत छ आज । द्वन्द्वका प्रभाब र पाटाहरूलाई निपटारा गर्दै समाजलाई गतिदिने अभियानले राष्ट्रिय प्राथमिकता पाउन सकेको अझै महसुस हुनसकेको छैन । ध्वस्त र खण्डहर सरकारी संरचनालाई छिटोभन्दा छिटो पुननिर्माण गरेर मुलुकलाई राज्यको ताजा मूल प्रवाहीकरण गर्न शिघ्र काम थालिन जरुरी देखिन्छ ।

हिंसा त्याग
मुलुकमा संविधान निर्माणको कार्य अन्तिम चरणमा पुग्दासम्ममा हिंसाका अत्यन्तै घातक र जंगली बर्बरता बिर्साउने घटना देखिन थालेका छन् । सरकारी कारबाहीमा दिनदिनै केहि संख्यामा मधेशी मुलका आन्दोलनकारीहरूको ज्यान गइरहेको छ । आन्दोलनकारीहरू पनि छुरी, भाला जस्ता घरेलु हतियारसहित जुलुसमा निस्किएका छन् । सरकर सुरक्षा निकायलाई हदैसम्मको संयम रहनेन् निर्देश गरिरहन्छ । हिंसाको यस्तो रुप देख्न थालिएको छ कि, घाइते सुरक्षाकर्मी बोकेर अस्पतालका लागि गुडिरहेको एम्बुलेन्स आन्दोलनकारीले एकान्तमा रोक्छन् । पानी र उपचार मागिरहेको निहत्था घाइते सुरक्षाकर्मीलाई आन्दोलनकारीले नियन्त्रणमा लिन्छन् र कुटि–कुटि ज्यान लिन्छन् । ७ भदौमा सुदुरपश्चिम नेपालको कैलालीमा सुरक्षाकर्मीसाथ सुरक्षाकर्मीका एकजना दुई वर्षे छोरालाई नियन्त्रणमा लिएर गोलीहानी ज्यान लिने व्यक्ति र समूहलाई कुन अर्थमा राजनीतिक शक्ति भनेर स्वीकार्नु । यसपालि घाइते प्रहरीलाई एम्बुलेन्सबाट थुतेर धानबारीमा कुटेरै मार्नेलाई पनि कुनैपनि मान्यतामा राजनीतिक शक्ति र तिनको कार्यलाई राजनीतिक कार्य मान्न सकिन्न । झन यसपालि त स्थानीय स्तरमा केहि आन्दोलनकारीले सीमापारी भारतकालाई नेपालतर्फ नाकाबन्दी गरिदेउ भनेर हारगुहार गरेको पनि सुनियो । घर झगडा भयो भन्दैमा छिमेकीलाई बाहिरबाट ताला लगाइदेउ भनेर छिमेकी गुहार्नुलाई कुन हदसम्मको राष्ट्रियताको रुपमा बुझ्नु ? यी तमाम घटनाले मुलुकको राजनीतिक, सामाजिक र राष्ट्रियताको जगलाई हल्लाइरहेको छ । कुनैपनि शर्तमा पहिलो मान्यता मुलुकको राष्ट्रियताको मजबुतिकरण हुनुपर्दछ । राष्ट्रियता खतरामा पर्दा कुनैपनि क्षेत्र, जात र वर्गको उन्नति हुँदैन भन्ने सामान्य ज्ञान आन्दोलन हाँक्नेहरूमा हुन जरुरी छ ।
कानुन र विधि परिपालना गराउने क्रममा राज्यले हिंसाको एउटा स्तर अवलम्बन गर्न सक्छ । उसले राख्ने प्रहरी, सेना र ऊसँगै हुने कानुन कार्यान्वयनकर्ता एकाईहरू सरकारी हिंसाको वैधानिक तथा न्यायसंगत पक्ष हुन् । उसले पनि सेना वा प्रहरीको प्रयाग खास विधिसाथ गर्नु पर्दछ । मनलाग्दो पाराले ति निकायको प्रयागले समस्या मात्र निम्त्याउँछ ।
मुलुकमा हिंसाले ठिक नतिजा दिँदैनरहेछ भन्ने तथ्यका सबभन्दा जानकार नेता प्रचण्ड हुन । उनको नेतृत्वमा राज्य विप्लव गर्न शुरु गरिएको हिंसाको डढेलोले १३ हजार बढीको ज्यान लियो । चारहजार माथिको संख्यामा मानिसहरू बेपत्ता पारिए । क्षती भएको सम्पत्तिको कुनै लेखाजोखा छैन । तर उनियस्ता हठी नेता निस्किए कि मुलुक र मुलुकबासीको नाममा उनले एकशब्द माफी समेत उच्चारण गरेका छैनन् । अन्ततः उनि आफ्नै पार्टी पंक्ति बचाउन सकेनन् । पाँच चिरामा पार्टी फुटेको दुःखी दृश्य पूर्व विद्रोही नेताले हेरिरहे । नियतिले आजका हिंसाका पक्षपातिहरूलाई पनि आफ्नो गर्तमा हुल्छ नै । यति हो, त्यतिञ्जेलसम्म मुलुक तग्न सक्छ कि सक्दैन भन्ने नै आजको मूल प्रश्न हो ।

वीपी र आजको कांग्रेस
प्रजातन्त्रिक समाजवादका प्रणेता वीपी कोइरालाको १०१ औं जयन्ती मनाई रहेको छ आजको काँग्रेस । उनी १९ औं शताब्दीको उत्तरार्धतिर एउटा खातापिता र सचेत परिवारमा जन्मिएका हुन् । उनले राणा शासनको रौरव भोगे । सानै छँदा उनको परिवार भारतमा प्रवास गयो । राणा सरकारले उनका बाबु कृष्णप्रसाद कोइरालाले राणा दरबारमा एउटा झुत्रो कपडाको पार्सल पठाएपछि उनीहरूको परिवारको घोर दुर्दशा शुरु भएको थियो । जहानिया वंश परम्पार सहितको दुई तहको राजतन्त्र थियो उ बेला मुलुकमा । शाहवंशीय राजाहरूको नाममा श्री ३ हरूले चलाएका थिए अर्काे स्वेच्छाचारी शासन । जनतालाई दास र रैति ठान्थ्यो उ बेलाको सत्ताले ।
वीपीले प्रजातन्त्रको सपना देखेको युग त्यहि थियो, जतिबेला जनतालाई दाससरह मानिन्थ्यो । उनले दुनियाँमा कहिँ नभएको संवैधानिक राजतन्त्र नामको व्यवस्था नेपालमा प्रादुर्भाव गर्न सकिन्छ भन्ने सपना देखेका थिए, त्यो पनि कलिलो उमेरमा । विक्रम सम्बत्त १९९७ मा चार नेपाली सपुतहरू गंगालाल, धर्मभक्त, दशरथ चन्द, शुक्रराजलाई फासी दिएको समय आसपास उनि तिस बर्ष पनि नपुग्दै उनले राणा बिरोधी क्रन्तिलाई तेजिलो पार्ने सपना देखे । उनको केन्द्रबिन्दु विराटनगर थियो । गज्जबको कुरा त के भने २००७ सालको त्यत्रो परिवर्तनको नेतृत्व गरेको बखत वीपीको उमेर केवल ३७ बर्षको थियो । आजको दिनमा ३७ वर्षको उमेरका युबा नेताहरू पार्टीको कुनै गुटका नेताको चमर हल्लाउनमै सीमित छन् । उनिहरू धेरैजसो बिधार्थी राजनीतिबाट माथि उठन सकिरहेका छैनन् ।
उम्मेद र इच्छा भएको व्यक्तिले सानै उमेरमा पनि लामो राजनीतिक क्षितिजको पर्दा उघार्न सक्दोरहेछ भन्ने प्रमाण पनि हुन वीपी । तर आजको दिनमा काँग्रेसले वीपीको समाजबादलाई जीवन दर्शन बनाउन काँग्रेसले समेत सकेन । आजको काँग्रेसमा संवैधानिक राजतन्त्रदेखि गणतन्त्रसम्मका मान्यताहरू विधिवत रुपमा छन् । चर्काे किचलो धानिरहेको छ काँग्रेस । राजतन्त्रको बारेमा अझै काँग्रसको नेतृत्वका केहि व्यक्तिहरू दाहिने, देब्रे टिप्पणी गरिरहेका छन् । नीतिगत अस्पष्टता यथावत छ । भोकिो लक्ष्यको बारेमा धेरै बहस हुँदैन त्यो पार्टीमा । कार्यकर्ताहरूमा आर्थिक र सामाजिक अनुशासनको अर्काै मानक सृजना गर्नुपर्ने भएको स्थिति छ ।
धेरै मानिसहरू खासगरि काँग्रेस वृत्तकाहरू वीपीलाई महामानव भन्छन् । दिग्गज युवा काँग्रेस नेता बिश्वप्रकाश शर्माले केहि वर्षअघि दमकमा आयोजित एउटा सभामा भनेका थिए, वीपी मानव मात्र हो, उहाँ त लघु मानवका अगाडि मात्र महामानव देखिनुभएको हो । राजनीतिक कदको रुपमा धेरै प्रश्नको उत्तर समेटेको छ शर्माको यो भनाईले बिपि र आजको काँग्रेसको बारेमा ।

कठिन मोडमा शरणार्थी मुद्दा
भुटानी शरणार्थी समस्या नेपालको परराष्ट्र नीति असफल भएको मामिला मानिन्छ । मुलुकमा भर्खर प्रजातन्त्र आएको बखतमा २०४८ सालमा भुटानबाट नेपाली भाषी खेदिएर शरणार्थी बने । नेपाल सरकारले तत्काल भुटानसँग यो विषयमा आवश्यक वार्ता गर्न सकेन । भारतले भुटानी शरणार्थी समस्या समाधानमा तदारुकता देखाएन ।
बितेको २५ वर्षमा त्यसो त नेपाल र भुटान १५ पटक वार्ताको टेबलमा बसेका हुन्, भुटानी शरणार्थी समस्याको समाधान गर्ने उद्देश्यसाथ । तर ती वार्तामा भुटान कहिल्यै इमान्दार देखिएन । भुटानले दक्षिण भुटानका आफ्ना नेपालीभाषी नागरिकलाई कुनैपनि हालतमा फिर्ता नल्याउने लामो प्रपञ्च अनुरुप खेदिएका नेपालीभाषीका भरखेतमा पहिले नै उत्तर भुटानका बिभिन्न ठाउँबाट भोटे समुदायका मानिस ल्याएर बस्ति बसालिसकेको छ ।
यता नेपालमा शरण लिएर बसेका भुटानीलाई करिब १८ वर्षपछि मानवीय सहायता स्वरुप उनिहरलाई अष्ट्रेलिया, अमेरिका, युरोप र न्युजिल्याण्ड पुनर्वासमा लगिन थालिए । बितेको आठ वर्षमा एकलाखको संख्यामा भुटानी शरणार्थी पुनर्वासमा ती मुलुक लगिएका छन् । ती मुलुकमा गएर शुरुवाती काम भनेको भुटानीले श्रमिकको रुपमा थालेको सुनिन्छ ।
पुनर्वासका कारण भुटानको राजनीतिक आन्दोलनले केहि सुस्त भएको सहजै देखिन्छ । पश्चिम झापा र पूर्वी मोरङमा भुटानी शरणार्थीका हजारौंका जुलुशहरू देखिन्थे । ती जुलुशमा चर्काे स्वरमा स्वदेश फिर्तीको नारा उराल्नेहरू अहिले छैनन् । तिनीहरू त धेरैजसो पश्चिमी मुलुकमा काम गरेर पेट पालिरहेका छन् । तिनका परिवारहरू छिन्न–भिन्न भएका छन् । पुनर्वासले परिवारका सहोदरहरूलाई विभिन्न मुलुकमा छरेको छ । एउटै घरका दाजुभाइ, दिदीबहिनीहरू कोही नेपाल, कोही भुटान त कोही युरोप र अमेरिका । यसले उनीहरूको पारिवारिक संरचनाको सनातनी जग सँधैको लागि खल्बल्याइदिएको छ । उनीहरुलाई दुःखमा पिर र सुखमा खुसी बाँड्ने आफन्त नजिक नहँुदाको व्यथा अलग्गै छ ।
भुटानी शरणार्थी समस्याको समाधानको लागि अन्तर्राष्ट्रिय मान्यता अनुरुप प्रयोगमा ल्याइएको तेस्रो विकल्प पुनर्वास जुन प्रयोगमा छ । तर त्यसअघिका दुई विकल्प सम्मानजनक स्वदेश फिर्ती र शरणागत मुलुकमै सम्मिलनबारे पनि बहस हुन आवश्यक छ । भुटानी शरणार्थी भुटानबाट खेदिएका हुन् भन्ने तथ्य छर्लङ्ग छ । उनीहरूलाई भुटान फिर्ता गराउन सक्दो पहल हमेशा आवश्यक रहन्छ । यसको लागि सकेसम्म्म चाँडो भारतलाई सहभागी गराउन जरुरी छ ।

संसयबीचको निकास
संविधानसभाको दोस्रो संस्करणले मुलुकलाई एकथान नयाँ संविधान दिने कार्य एक ढंगले पुछारमा पुगिसकेको छ । मुख्य चार दलबीचको गठबन्धनको सहयात्रा तीन दलमा सीमित भएको अवस्था छ । विजय गच्छदार शान्त रुपमा ठूला तीनदललाई छोडेर अलग भएका छन् । यद्यपि उनी बाँकी मधेशी दलहरूसँग मिलेर जाने मनस्थिति र अवस्थामा छैनन् । मधेश केन्द्रित दलहरूमा देखिएको आजको समस्य भनेको जनविश्वासको कमी र आपसी समेत चर्काे अविश्वास हो ।
मुलुकको राजनीति अहिलेको अवस्थामा केहिदिन चल्ने हो भने मुलुकले भाद्र महिनाको शुरुको साता नयाँ संविधान पाउने स्थिति बनाउँदै लगिएको छ । त्यसको तयारीका कार्यहरू कुनै न कुनै रुपमा चालु छन् । एमाओवादी अध्यक्ष प्रचण्डले आफ्ना थारु सभाषदहरूलाई बोलाएर पार्टीले भने बमोजिम नगर्ने हो भने पार्टी छोड्न समेत भनिसकेका छन् । वर्गीय राजनीतिबाट मुक्तिको सपना देखाउने पूर्व विद्रोही नेता जसले आफ्नो राजनीति दाउमा लगाएर कुनैबेला जातीय राजनीतिको बिउ रोपेका थिए । जसले जे माग राख्यो, त्यो ठीक ठान्थे उनी कुनैबेला राजतन्त्र र काँग्रेस एमालेलाई नोक्सान पुग्ने मूल्यमा । उनको ध्येय नै शक्तिको केन्द्रभागमा आफ्नो पार्टीको बर्चश्व कायम राख्ने भन्ने थियो ।
तर समयले अर्काे धुन बजायो । उनको पार्टी संविधानसभामा भारी संख्याको अन्तरमा तेस्रो बन्यो । हिजोका साथीहरूले पनि साथ छोड्दै लगे । पार्टी पटक पटक फुट्नु र चोइटिनबाट जोगाउन सकेनन् । प्रकारान्तरले उनी काँग्रेस एमालेको शान्त सहयात्री बन्नुमा आफ्नो भलाई देख्ख्न थाले ।
आजको दिनमा मुलुकलाई शान्ति चाहिएको छ । करिब १५ हजार मानिसले बगाएको रगतको मूल्य के भन्ने प्रश्न खम्बिर बनेर उभिएको छ । मुलुकलाई नयाँ संविधान दिने लामो राजनीतिक अभियानले कुनै मूर्त मार्ग नपाएको अवस्थामा काँग्रेस, एमालेको अगुवाईमा भएको प्रयासले एउटा साकार रुप लिँदै गएको छ ।
संविधानसभाबाट यसपालि जारी हुने संविधानले सबै खाले राजनीतिक द्वन्द्व एकैपटक जादुको छलीले झैं समाधान गर्नसक्ला भन्ने आशा र अपेक्षा राख्नु सर्वथा गलत हुन्छ । नमिलेका मुद्दाहरूलाई जनताबीच व्यापक बहस गराएर बिस्तारै मिलाउँदै लैजानु राजनीतिक दलहरूको बुद्धिमानी मानिन्छ । अहिलेको स्वभाविक आवश्यकता पनि यहि हो । मुलुकमा राजनीतिक समस्याको व्यवस्थापनको लागि कुशल नेतृत्वको आवश्यकता देखिएको छ । कुनैपनि राष्ट्रिय नेतृत्वले आफुलाई एउटा जातको वा क्षेत्रको घेरामा सीमित राख्नु मुलुकको राजनीतिक समाजको नोक्सानी हो ।

बढ्दो ध्रुविकरण
चार माउ पार्टीहरूले संविधानसभाबाट संविधान जारी गर्न गरिरहेको अथक प्रयासलाई समयको बिलम्बले गाँजिरहेको छ । काँग्रेस, एमाले र एमाओवादीका आ–आफ्नै स्वार्थ र लक्ष्यहरू छन् । तिनीहरू एकअर्काका विचारलाई पनि समेट्नुपर्छ भन्ने न्यूनतम रुपमा पनि विश्वास गर्दैनन् । संविधान निर्माणको काममा अरु तीन दलभन्दा बढ्ता भूमिकामा देखिएको विजय गच्छदार नेतृत्वको मधेशी लोकतान्त्रिक फोरमको तीन दलसँगको सम्बन्ध घामछाँयाको जस्तै हुनेगरेको छ । ती बाहेकका जातीय, हिंसाबादी, क्षेत्रीय र कम राजनीतिक झुण्डहरूका आ–आफ्नै जात केन्द्रित मागहरूले मुलुकको राजनीतिलाई झन्–झन् पेचिलो बनाएका छन् । आजको मितिमा मुलुकलाई एउटा कम्तिमा शान्तिका मान्यता स्वीकार्ने र नागरिकको जीउधनको सुरक्षा गर्ने ल्याकतको संविधान चाहिएको छ । राज्यको सीमांकनका मुद्दाहरू पनि बिस्तारै समयसँगै मिलाउँदै लैजान सकिने कुरा हुन् ।
जात र क्षेत्रको मुद्दा दिग्दिगान्तसम्म उठिरहने कुरा हो । त्यो त सभ्यताको कुरा पनि हो । अलग–अलग राष्ट्रियता भएका युरोपका मुलुकहरू एउटै मुद्रा र खुल्ला सीमा स्वतन्त्रताको लोभलाग्दो अभ्यास गर्न समर्थ भएका छन् । कसैले आफ्नो पहिचान मेटिएको ठानेका छैनन्, युरोपका एउटा देशको भिसा लागेपछि लगभग सबै मुलुक घुम्न सकिने ती मुलुकहरूमा । छिमेकी भारतमा पनि १३ वटाबाट शुरु भएको संघीय राज्यको संख्या बढेर अहिले २९ पुगिसकेको छ । अझैपनि भारतमा कत्तिपय ठाउँमा अलग राज्य मागका आन्दोलनहरू चालु छन् । मेची पारीको दार्जिलिङ्गमा गोर्खाल्याण्ड माग गर्दै भइरहेको आन्दोलनलाई पनि हेर्न सकिन्छ ।
यसको मतलब के भने, एकैपटक संघीयताका सीमांकन, नामांकन लगायतका सबैखाले बिषयहरूलाई किनार लगाएर अघि बढ्न सकिन्न । समय र आवश्यकताले धेरै कुराको उत्तर आफै खोज्दै जानेछ । अहिले नै मैले भनेको नामकै राज्य नभए बर्बादै भइगयो भनेर सडकमा पट्टा खेल्नु भनेको प्राप्त उपलब्धीको रक्षा गर्न आफू असक्षम भएको उद्घोष गर्नु पनि हो । थप अधिकार चाहिएको छ भने कम्तिमा अहिलेसम्मका उपलब्धीलाई पुँजीकृत गरेर त्यसबाट सम्भव प्रगति हाँसिल गर्दै अघि बढ्नु बुद्धिमानीपूर्ण हुनेछ । त्यसबाहेकका उपलब्धीका लागि जनतालाई बिस्तारै सचेत पार्दै लगेपछि निर्वाचनको माध्यमबाट आफ्ना योजना कार्यान्वयन गर्न गराउन सकिनेछ ।
तर हिंसाको बलमा, एकले अर्काेलाई निषेध गराएर, बन्द र हड्तालले गरेर गरिखाने जनताको रोजीरोटी खोसिदिएर गर्न खोजिएको आन्दोलन नभएर असभ्य र निर्लज्ज अभ्यास मात्र हो । विवेकसम्मत ढंगले जनमतको सम्मान गर्न आज राजनीतिक समाज तयार हुनुपर्दछ, तबमात्र बढ्दो ध्रुविकरणको दुरी कम हुनेछ ।

खेलमा ध्यान दिऔं
मुलुकमा थोरै लगानी भएको, राजनीतिक हस्तक्षेत्रको चर्काे शिकार भइरहेको र निरन्तर अस्थिरताको हालतमा सीमित गरिएको नेपाली खेलकुदले केवल नागरिकको अव्यवस्थित जोडबलको भरमा मुलुकलाई गुण लगाइरहेको छ । १९ वर्ष मुनीकाको फुटबल प्रतियोगितामा नेपालले चिर प्रतिस्पर्धी भारतलाई ट्राइब्रेकरमा हराएको छ । नेपाली खेल क्षेत्रले मुलुकको शिर उचाल्न सक्छ र त्यसका लागि रुखासुक्खा खाएका हाम्रा खेलाडीहरु काविल छन् भन्ने कुराको गर्व लायक प्रमाण पेश गरेका छन् किशोर फुटबलरहरुले ।
मुलुक राजनीतिक रुपमा चर्काे क्रोनिक तनाब झेलिरहेको छ । दशकौंदेखि मुलुकको राजनीतिक यात्रा सरल रेखामा छैन । बक्र रेखामा मुलुकको राजनीतिक वातावरणलाई हिँडे हिँडाइएको छ । जात जातबीच झै–झगडा छ । क्षेत्र–क्षेत्रबीच तनाव छ । राजनीतिक सुलहको स्थिति कतैपनि छैन । खेलकुदको क्षेत्रमा पार्टीका निम्छरा चौवन्नी छापावाल कार्यकर्तालाई भर्ती गरेर तिनको राजनीतिले मकाउन लागेको छातीमा एक्कादुक्का खिया लाग्न लागेका फुली तक्मा भिराउने खेलोफडको भइरहेको छ । खेलकुद परिषदमा पार्टीका कार्यकर्तालाई भर्ती गर्ने गरिएको छ । फलतः कयौं राष्ट्रिय खेलाडीहरू पेट पाल्नको लागि पश्चिम एशियाका मुलुकमा गइरहेको देख्न पाइन्छ ।
तर तमाम समस्या र कमजोरीका बाबजुद नेपाली खेल क्षेत्रले बेला–बेला गुलियो नतिजा दिने गरेको छ । यसैपालिको प्रतियोगितामा पनि अन्तिम ८७ औं मिनटमा पाएको पेनाल्टीलाई सदुपयोग गरेपछि भारतको स्थिति माथि उक्लियो । तर त्यसको छिनोफानो गर्न पेनाल्टी सुटआउटका आधारमा निर्णय लिनु परेको थियो ।
खेलकुद प्रतियोगिता मात्र होइन । यसले राष्ट्रियताको भावनालाई जगाँउछ । भारतमै सचिन तेन्दुलकरको बलिंगले त्यहाँको राष्ट्रिय भावनामा कहिँ न कहिँ मजबुत बनाएको छ । लता मंगेशकरले गाएको गीतले त्यहाँका कुनै राजनीतिज्ञका भाषणले भन्दा बढी भारतीय राष्ट्रियताको मजबुतीकरण गरेको छ । कुरा खेलको पनि त्यहि हो । खेलकुदको भाषा एउटै हुन्छ । सातदोबाटोको खेल मैदानमा विजयसँगै उचालिएको चन्द्रसूर्य अंकित झण्डाले मुलुकका सबै कुनाकाप्चाका जनताको भावनालाई प्रतिनिधित्व गरेको छ ।
खेलकुदको समस्या भनेको व्यवसायीकरणको अभाव पनि एक हो । उमेर र बल बर्कत हुञ्जेल खेलेका खेलाडीहरुको जीवनवृत्तिको विकासको लागि राज्यले केहि सोचेको छैन । धेरै वर्ष देशको खेल क्षेत्रबाट नाम चम्काएका खेलाडीहरु घर न घाटको भएर जीवनका पछिल्ला दिन गनिरहेका छन् ।
खेलकुद क्षेत्रले थोरै लिएर मुलुकलाई धेरै दिएको छ । खेलाडीहरु विश्व बजारका चल्तिका क्लबहरुमा अनुबन्धित भएका पनि छन् । यसर्थ मुलुकको गौरव बढाउने र सबै क्षेत्र, वर्ण, लिङ्ग, जातजातिका जनतालाई उत्तिकै खुसी बाँढ्ने खेल क्षेत्रलाई प्रतिष्ठासाथ हेर्न र तदनुरुप नीति बनाउन जरुरी छ ।

जनसरोकारका विषयमा गम्भीर बन
नागरिकका दैनिक सरोकार राख्ने कुराहरुमा राज्य जिम्मेवार बन्नुपर्छ भनिराख्नु पर्ने विषय पनि होइन । तर मुलुकमा भइरहेको पछिल्लो राजनैतिक गतिविधि अनि विकास निर्माणका कुराहरुलाई हेर्ने हो भने अहिलेको अवस्था निकै कहालीलाग्दो छ ।
नागरिकहरुको दैनिक सरोकार राख्ने कुराहरुदेखि अन्य क्षेत्रमा भएगरेका निर्माणका कार्यहरुको अवस्था पनि उस्तै छ । नागरिकहरुको सुविधाका लागि भनेर राज्यले करोडौ रुपैयाँ खर्चिएर निर्माण गरेका संरचनाहरुले भनेको र तोकिएको समयमा पूर्णता नपाउँदा नागरिकहरु आज पनि हिजो कै जस्तो हैरानी खेप्न बाध्य बनिरहेका छन् । नागरिकहरुलाई युग सुहाउँदो सेवा सुविधाहरु उपलब्ध गराउनु राज्यको कर्तव्य पनि हो । अनि यस्ता भौतिक संरचना निर्माणमा भए गरेका कुराहरुको जानकारी राख्नु नागरिकको दायित्व हो । तर अहिले राज्य र नागरिक बीचको सम्बन्ध धनिभूत बन्न नसक्दा समस्या अझ जटिल बनेको छ । नागरिकहरुको दैनिक सुविधाका लागि बन्ने यस्ता संरचनाहरुले समयमा पूर्णता नपाउनुको ठूलो दोष राज्यले लिनैपर्छ । मुलुकमा अहिले देखिएका समस्याहरुमध्ये विकास निर्माणका कार्यले पूर्णता नपाउनु पनि एउटा राज्यका लागि मुख्य चुनौतीको विषय हो ।
त्यसैले नागरिकहरुको दैनिक सरोकारसँग जोडिए यस्ता कुराहरुमा अब राज्य गम्भीर बन्न आवश्यक देखिएको छ । यसरी आफ्ना नगरिकहरुको सुविधाका लागि भन्दै राज्यले प्रत्येक वर्ष खर्चिएको ठूलो धनराशी नष्ट हुँदै गएको छ । भनिएको र तोकिएको समयमा शुरुभएका संरचनाहरुले पूर्णता नपाउँदा एकातिर सर्वसाधारणहरु उस्तै समस्या भोगिरहन बाध्य छन् भने राज्यले अरु बढी पुँजी लगानी गर्नुपर्ने जोखिम व्यहोर्नु परिरहेको छ । एउटा निश्चत उद्देश्यका साथ शुरु गरिएका संरचनाहरुलाई सम्बन्धित नियमन निकायहरुको भूमिका प्रभावकारी बन्न नसक्दा पनि यस्ता समस्या दोहोरिने गरेको पाईन्छ । झण्डै दुई दशकदेखिको स्थानीय निकाय रिक्त रहनु र यस्ता जनसरोकारका विषमा प्रत्यक्ष नागरिकहरुको पहुँच नपुग्नुले पनि यस्ता समस्याहरु मुलुकमा अहिले बढ्दो क्रममा छन ।
नीति निर्माणमा बसेका राज्यका माथिल्ला निकायहरुदेखि लक्षित वर्गसम्मलाई नीतिगत वा व्यवहारिक रुपमा नै अगाडि बढाउन नसक्नुलाई पनि राज्यको एउटा ठूलो कमजोरी हो भन्न हिचकिचाई राख्नुपर्ने विषय होइन । राज्यले प्रत्येक वर्ष आफ्नो नीति तथा कार्यक्रममा बजेट सार्वजनिक गरेर एउटा निश्चित लक्ष्य र उद्देश्यका साथ नागरिकहरुको समस्यालाई सम्बोधन गर्ने गरेको भएपनि यो कागजी सम्बोधनमा मात्र सीमित हुँदै आएको छ । अब लाखाँै लाख नागरिकहरुको दैनिक सरोकारसँग प्रत्यक्ष प्रभाव राख्ने विषयहरुमा राज्य गम्भीर बन्नै पर्छ ।
निश्चतरुप तयार भएको लक्ष्य प्राप्तिका राज्यले गम्भीर भएर सोच्ने बेला आएको छ । नागरिकहरुको सार्वजनिक हितका लागि प्रत्येक वर्ष राज्यले खर्चिएको पैसाले अब महत्व राख्न सक्नु पर्छ, जसका लागि राज्य, सम्बन्धित नियमन निकायहरु पनि त्यतिकै सचेत बन्न आवश्यक छन भने नागरिकहरु पनि सचेत बन्न जरुरी देखिएको छ ।

बैदेशिक रोजगार र चुनौती
मुलुकले युवाहरुको चाहना र आवश्यकता अनुसारका राजेगारीलाई स्वदेशमा नै सृजना गर्न नसक्दा दैनिकजसो सयौँको संख्यामा नेपालीहरु रोजगारीका लागि विदेशिने गरेका छन् ।
अहिले नेपालबाट रोजगारीका लागी विदेशिनेहरुको लहर नै लाग्ने गरेको छ । यसमा पनि अदक्ष र उच्च श्रमका लागि नेपाली धेरै नेपाली युवाहरु खाडी मुलुकका विभिन्न देशहरुदेखि मलेसिया उच्च रोजाईमा पर्ने गरेका छन् । यस बाहेक केहि नेपाली युवाहरु अन्य तेस्रो मुलुक युरोप, अमेरिका, अष्ट्रेलिया लगायतका देशहरुमा समेत जाने गरेको पाईन्छ । यतिका ठूलो संख्याका नेपाली युवाहरु रोजगारीकै शिलशिलामा विदेशिन गरेका भएपनि नेपाल सरकार यसलाई व्यवस्थित र मर्यादित बनाउन सकिरहेको पाईदैन ।
दैनिकजसो ठूलो राशीमा वैदेशिक रेमिट्यान्स भित्रिने गरेको सरकारले बारम्बार चर्चा गरेपनि यो व्यवसाय भने अझै पनि भद्रगोलका अवस्थामा नै छ । सरकारले मुलुकका ठूलो संख्याका युवाहरुको चाहनालाई अझैपनि सम्बोधन गर्न नसक्दा दैनिकजसो छापा तथा सामाजिक सञ्जाल र सञ्चार माध्यमहरुबाट विदेशी भूमिमा नेपालीहरु ठगिएकादेखि मुत्युवरण गरेका समाचारहरु आई नै रहेका हुन्छ । विशेष गरेर यस्ता घटनाहरु अदक्ष श्रमिकहरु श्रमका लागि जाने गरेका खाडी मुलुक र मलेसियामा बढी हुने गरेको पाईन्छ ।
स्वदेशमा नै पर्याप्त रोजगारीका अवसरहरु सृजना हुन नसक्दा यसको फाईदा उठाउँदै नेपाली दलालहरुबाट नै नेपाली कामदारहरु स्वदेशदेखि विदेशसम्म दिनदिनैजसो ठगिने गरेका छन् । नेपाल सरकारले वैदेशिक रोजगारीमा जान चाहनेहरुका लागि नागरिकहरुको सीप विकास गर्न नसक्दा अहिले पनि नेपाली कामदारहरुले विदेशका भूमिमा गएर जोखिमपूर्ण उच्च श्रम खर्चिएर काम गर्न बाध्य छन् । जसका कारण अहिले पनि नेपालीहरुले अन्य देशका कामदारहरुको तुलनामा न्यून दाममा काम गर्न बाध्य छन् । त्यसमा पनि ती रोजगारदाता देशहरुमा सरकारले आफनो भरपर्दो उपस्थिति जनाउन नसक्दा सानातिना समस्याहरुले पनि नेपाली कामदारहरुलाई सताइरहेको पाईन्छ । नेपालमा नै खुलेका त्यस्ता रोजगारदाता कम्पनीहरुमा श्रमिक पठाउन ईजाजत प्राप्त मेनपावर कम्पनीहरुले समेत बेला–बेला नेपाली हरुलाई झुक्याउने गरेका घटनाहरु पनि प्रशस्तै बाहिर आउने गरेका छन् ।
सरकारले स्वदेशमा नै खुलेका यस्ता श्रमिकहरु पठाउने कम्पनीहरुदेखि एजेन्सीहरुलाई समेत व्यवस्थित र मर्यादित बनाउन नसकेको जनगुनासो पनि त्यतिकै बाहिर आउने गरेका छन् । दशकौँदेखिको समस्या देखिँदै आएको यो क्षेत्रमा राज्य गम्भीर बन्न नसक्दा अहिले पनि नेपाली श्रमिकहरुले तिनै समस्याहरु भोग्नुपर्ने नियति बनिरहको छ । चाहेर वा नचाहेर पनि बारिका पाटादेखि खोरिया र खलानलाई बन्धक राखेर विदेशमा गएर भएपनि आफ्नो श्रम बेच्न बाध्य नेपालीहरुको बैदेशिक रोजगारीको हविगत अहिले पनि उस्तै छ । आफ्नो घर परिवार भन्दा केहि वर्षका लागि टाडा रहेर पनि भोलिको भविष्य खोजिरहेका नेपाली श्रमिकहरुको यो समस्याप्रति अब राज्य गम्भीर भएर लाग्न आवश्यक देखिएको छ । मुलुकको आर्थिक मेरुदण्डको मुख्य एउटा पाटोका रुपमा हेरिएको यो व्यवसायलाई व्यवसायभन्दा पनि व्यवसायिक बनाउन सके यसले राज्यको आर्थिक उपलब्धीमा पनि अझ बढी महत्व नराख्ला भन्न सकिन्न ।

बर्बादीको यात्रा
संघीयताको मुद्दा झन–झन पेचिलो र भयावह बन्दै गएको छ । मुलुकलाई कति वटा संघीय राज्यमा विभक्त गर्ने भन्ने विषयले तनावग्रस्त बनाइरहेको छ । तराईका कयौं जिल्लामा मानवीय र भौतिक क्षति भइरहेको छ । कहिल्यै हिंस्रक नदेखिएको सुदुर पश्चिम नेपालको थारु समुदाय अलग थरुहट राज्य माग गर्दै विद्रोहमा उत्रिएको छ । तर थारु नेताहरु तिनको शब्दमा शान्तिपूर्ण भएको तर्क गरिरहेका छन् ।
थरुहटको आन्दोलनको ११ औं दिन नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठजनाको ज्यान लिने गरि ७ भदौमा कैलालीको टिकापुर घटनामा प्रदर्शनकारीले एकजना प्रहरीका दुई वर्षे छोराको पनि ज्यान लिएको तथ्य बाहिर आएको छ । भर्खर तोतेबोली फुट्दै गरेको अवोध बालकको विद्रोहीको हातबाट ज्यान जानु अत्यन्तै नृशंस र भयानक अपराध हो । आन्दोलनलाई नेतृत्वले नियन्त्रणमा लिन नसक्दा यो अवस्था आएको स्वतः अनुमान गर्न सकिन्छ । उसैगरि थारुहरुका घर, गोठ र होटटलहरु जलाएर गरिएको क्षति पनि उत्तिकै खतरनाक साजिस हो ।
राजनीतिक लडार्इँ चल्दा पनि केहि न्यूनतम मानवीय मूल्य र मान्यताको ख्याल गरिन्छ । युद्धको घडिमा पनि संकटाभिमुख (ख्गलिभचबदभि) पक्षलाई क्षति नपुग्नेगरि आफ्नो अभ्यास चालु गरिने चलन विश्वमा बसिसकेको छ । विद्रोहमा प्रत्यक्षतः असंलग्न पक्षलाई क्षति पुग्छ भन्ने कुरामा साह्रै सचेतता अपनाइन्छ । गर्भवती, महिला, बालबालिका, वृद्धवृद्धा, रोगी, अशक्त लगायत द्वन्द्वमा संलग्न नभएकाहरुलाई मात्र होइन घाइते भएकाहरुलाई पनि इज्जतसाथ उसको पक्षसमक्ष सुम्पुवा गर्नु पर्दछ । तर निःशस्त्र र नाबालक पनि यहाँ दिनदहाडै समातेर मारिएको घटनालाई पनि राजनीतिक घटना भनि टिप्पणी गर्ने गरेको सुनियो ।
थरुहटको मागलाई सडकदेखि संसदसम्म चकाईरहेको छ थारु नेतृत्वले । राजनीतिक मान्यता स्थापित गर्ने बिधि यहि हो । शान्तिपूर्ण आन्दोलन जहिँपनि गर्न सकिन्छ लोकतन्त्रमा । अहिले सडकमा प्रदर्शनको लागि निस्कन पाउने अधिकार पनि लोकतन्त्रले नै दिएको हो । यतिको अधिकार पाउनको लागि मुलुकका सबै भागका जनता बराबर लडेका हुन् । कुनै एक जातिले लडेर अहिलेको उपलब्धी हाँसिल गरेको होइन । अघिल्ला सबैखाले आन्दोलनको निष्कर्ष यहि हो की मुलुकमा सबैखाले जातजाति मिलेर बस्नु पर्दछ । नेपाल हुनुको सार्थकता यहिमा छ । तर कतिपय नेताहरु राष्ट्रिय होइन प्रान्तीय र क्षेत्रीय हुन खोजिरहेका छन् । तिनलाई मुलुक कसरी विभक्त गर्दा आफ्नो राजनीतिक उद्योग फस्टाउँछ भन्ने बाहेकको चिन्ता छैन ।
साम्प्रदायिक दुर्भावनाको विषालु काँडावृक्ष रोपिएको छ मुलुकमा । त्यसले फल दिन थालेको छ । गाउँ–गाउँमा जातजातका मानिसलाई भिडाएर आउने उपलब्धी भनेको लासको पहाड बाहेक केहि पनि होइन । सानातिना राजनीतिक मामिलामा पनि छिमेकीदेशको दूताबासको राय खोज्ने स्तरमा ओर्लिएको छ अहिलेको नेतृत्व । यो बर्बादीको यात्रा जस्तो मात्र देखिएको छ ।१२

Connect us in Facebook
Popular News
-
नागरिकका दैनिक सरोकार राख्ने कुराहरुमा राज्य जिम्मेवार बन्नुपर्छ भनिराख्नु पर्ने विषय पनि होइन । तर मुलुकमा भइरहेको पछिल्लो राजनैतिक गतिविध...
-
दमक/ झापाको दमकबाट अर्को एक नयाँ पत्रिकाको प्रकाशन सुुरु भएको छ । आईतवार प्रकाशित हुुने यस पत्रिकाको पहिलो अंक प्रकाशन भईसकेको छ । कार्...
-
काठमाडौँ/ सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा घोषणा गरेको मेची–काली रेलमार्गको कामले अपेक्षित गति लिन सकेको छैन । सरकारले प्राथमिकताक...
-
झापा/ साउनको अन्तिम सोमबार दिनभर देशैभरका शिवालयहरूमा विभिन्न नदी तथा जलाशयबाट ल्याइएको जल चढाउनेहरूको घुँईंचो लागेको छ । सोमबारको दिनलाई ...
-
दमक/ नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाको दमक नगर सम्मेलन आयोजक कमिटी गठन भएको छ । बालकृष्ण गजमेरको संयोजकत्वमा ३३ सदस्यीय नगर सम्मेलन आयोज...
-
टंक पाठक २०७२ श्रावण २३ गते संविधान निर्माणका क्रममा यो विश्वको मानचित्रमा देख्न नसकिने सानो देश ६ कित्तामा संघीय राज्यको लागि विभाजन...
-
धुलाबारी/ आर्थिक अभावका कारण देखाएर दुईबर्षदेखि बन्द भएको झापा धुलाबारीस्थित मेची आम्दा अस्पताल शुक्रबारदेखि पुनःसञ्चालनमा आएको छ । मेचीनग...
-
मोरङ/ विद्युत् कटौतीका कारण मोरङ–सुनसरी आद्योगिक करिडोर क्षेत्रका प्लास्टिक उद्योगलाई समस्या भएको छ । अन्तर्राष्ट्रिय मन्दी र विद्युत् कटौ...
-
उर्लाबारी/ मोरङको उर्लाबारीस्थित उर्लाबारी उद्योग बाणिज्य संघको आगामी भदौ १९ र २० गते हुने चुनावी साधरणसभाका लागि नेपाली कांग्रेसले आफ्नो क...
-
दमक / बिश्वकर्मा सेवा समाज दमकको पहिलो साधारणसभाले शुक्रबार दुई जना पत्रकार लाई सम्मान सहित समाजकोे नयाँ नेतृृत्व समेत चयन गरेको छ । दमकस्...