Featured Photos
दमकमा निकालिएको सद्भाव र्याली – दमक उद्योग वाणिज्य संघ ।
दमकमा निकालिएको सद्भाव र्याली – सौन्दर्य कला व्यवसायी संघ ।
दमकमा निकालिएको सद्भाव र्याली – आदर्श उमाविका विद्यार्थीहरु ।
दमकमा निकालिएको सद्भाव र्याली – विद्यार्थीहरु ।
दमकमा निकालिएको सद्भाव र्याली – पशुपति किर्तन मण्डली परिवार ।
दमकमा निकालिएको सद्भाव र्याली – रोटरी क्लवका सदस्यहरु ।
Recent News
Home » Posts filed under Featured
सीमांकनपछि प्रादेशिक राजधानीमा हानाथाप
काठमाडौं/सिमाकंनपछि प्रदेशका राजधानीहरूमा समेत जटिल स्थिती आउने देखिएको छ । प्रदेशको राजधानी आफनो क्षेत्रमा हुनुपर्ने अडानले अहिले नै यो विषयले पार्टी भित्र तथा बाहिर नै मतभेद पोखिन थालेको छ । यसले गर्दा राजनीतिक रुपमा यो विषयलाई सुल्झाउन निकै समस्या आउन सक्ने अनुमान सर्वसाधरणको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार नै नयाँ पार्टी कार्यालयमा पहिलो पत्रकार सम्मेलन गर्दै अब प्रादेशिक राजधानीका लागि मारामार हुने संकेत गरे ।
सीमांकनको भाउँतोबाट उम्किन नपाउँदै प्रादेशिक राजधानीको खिचातानीले दलका नेता कार्यकर्ता केन्द्रबाट क्षेत्र हुँदै जिल्लाको स्वार्थमा झर्न सक्ने भन्दै उनले यो भाउँतोमा नलाग्न एमाले पंक्तिलाई कडा निर्देशन दिए ओलीले । प्रादेशिक राजधानी र प्रदेशको नामको टुंगो लाउने जिम्मा सम्बन्धित प्रदेश सभासलाई नै दिने भद्र सहमति दलहरूबीच भइसकेको छ । तर, पनि ती दलका नेता कार्यकर्ता आ–आफ्नो पायक पर्ने ठाउँमा प्रादेशिक केन्द्र पार्न शक्ति सञ्चय गर्न थालिसकेका छन् ।
बिभिन्न भेगमा सीमांकन विरुद्ध उठेको आक्रोश र आन्दोलनका कारण कतिपय जिल्लाहरूको सीमांकन तलमाथि हुने नेताहरूले बताइसकेका छन् । तर, ठूलै परिमार्जन भने नहुने निश्चित छ ।
प्रादेशिक राजधानीका लागि कतिपय ठाउँमा आन्दोलन चलिसकेको छ भने कतिपय ठाउँका प्रभावशाली नेताहरूले भित्रभित्रै मिलाउँदैछन् । सुर्खेतको हिंसात्मक आन्दोलन प्रादेशिक राजधानीको लागि हो भन्ने बुझ्न गाह्रो छैन । संघीय प्रदेशको राजधानी हुनु भनेको त्यस क्षेत्रका विकास, सम्बृद्धि र बन्द ब्यापारमा ठूलो फड्को मार्नु हो । त्यसैले यो मौका गुमाउन कोही पनि चाहँदैनन् ।
प्रदेशको राजधानीका लागि आन्दोलित भएका, मानसिक रुपमा तयार भएका र पूर्वाधार तथा पायकको हिसाबले उपयुक्त स्थानहरू कुन–कुन हुन सक्छन् त ? यो जिज्ञासामा एक अनलाइन अखवारले गरेको सर्वेक्षण यस्तो रहेको छ ।
इटहरी, धनकुटा वा बिराटनगर ?
प्रदेश नम्बर १ को राजधानीका लागि इटहरी र धनकुटा जुर्मुराइ सकेका छन् । हाल पूर्वाञ्चल विकास क्षेत्रको सदरमुकाम रहेका कारण धनकुटाको दाबी जति बलियो छ, सोलु ओखलढुंगादेखि ताप्लेजुङ सम्मका मान्छेको पायकका हिसाबले इटहरी उत्तिकै जायज छ ।
बिराटनगर र झापाले प्रादेशिक राजधानीका लागि कुनै लबिङ गरेको छैनन् । तर झापामा पनि राजधानी वन्न सक्ने प्रशस्त पूर्वाधार रहेका कारण दमक पनि यसका लागी उपयुक्त क्षेत्र भएको मान्न सकिन्छ । सवै जातजातिको सघन बसोवास र सुगमताका हिसावले प्रदेश नम्बर १ को राजधानी दमक नगर पनि एउटा उत्तिकै संभावना बोकेको क्षेत्र हो भनेर विश्लेषण गरिन थालिएको छ । एमाले अध्यक्ष केपी ओली यही क्षेत्रका भएकाले दमकलाई प्रादेशिक राजधानी वनाउन जोड दिने हुन की भन्ने अड्कल गर्न सकिन्छ ।
जनकपुर, वीरगञ्ज वा अन्तै ?
प्रदेश नम्बर २ को राजधानीका लागि जनकपुरको नाम निर्विवाद जस्तो देखिन्छ । तर, देशको व्यापारिक राजधानी वीरगन्ज र वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल तथा सप्तरीदेखि पर्साको बीचमा पर्ने हुनाले निजगढ चन्द्रनिगाहपुर क्षेत्र पनि भित्रभित्रै जुर्मुराउँदैछ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको गृहजिल्ला भएका कारण पनि रौतहट आसपासको क्षेत्रले प्रादेशिक राजधानीका लागि लबिङ बलियो बनाउन सक्छ ।
चितवन, काठमाडौं वा हेटौडा ?
प्रदेश नम्बर ३ को राजधानीका लागि चितवनले प्रचण्डको बल प्रयोग गर्न सक्छ । त्यसो त चितवनले सुशील कोइरालामात्रै होइन एमाले नेता सुरेन्द्र पाण्डेको शक्ति पनि प्रयोग गर्दैछ ।
तर, मुलुकका राजधानी काठमाडौं रामेछापदेखि रसुवासम्म, मकवानपुरदेखि सिन्धुलीसम्मका जनताका लागि पायक पर्ने ठाउँका रुपमा रहेकाले सम्भवतः काठमाडौं सर्वस्वीकार्य हुन सक्छ ।
दावीकै लागि त हेटौंडा र बनेपाले पनि गर्न सक्छन् । तर, देशको राजधानी सम्मिलित प्रदेशको प्रादेशिक केन्द्र काठमाडौंमै हुन सक्ने बढी सम्भावना छ ।
पोखरा निर्विवाद
प्रादेशिक राजधानीमा कुनै विवादै नहुने सम्भवतः ४ नम्बर प्रदेश हुनेछ । चार नम्बर प्रदेशको राजधानी पर्यटकीय शहर पोखरा हुनेमा लगभग त्यस क्षेत्रका सबै जिल्लाका जनता लगभग सहमत देखिन्छन् । दाङ, बुटवल वा नेपालगञ्ज ?
प्रादेशिक राजधानीका लागि सबैभन्दा विवाद, तनाव र तानातान ५ नम्बर प्रदेशमा हुनेछ र भइरहेको छ । ५ नम्बर प्रदेशको राजधानीका लागि दाङ, बुटवल र नेपालगञ्ज प्रवल दाबेदार हुन् ।
नेपाल एकीकरण लगत्तैदेखि पश्चिमको गौंडाका रुपमा रहेको पाल्पा पनि प्रादेशिक राजधानीको दावेदार हो । राणा शासनको पालासम्म पाल्पामा बडा हाकिम बसेर त्यस क्षेत्रमा शासन गर्थे ।
प्रदेश नम्बर ६ को राजधानीका लागि धेरै ठूलो विवाद छैन । किनकि अखण्ड सुदूर पश्चिम कि खण्डित सुदूरपश्चिम भन्ने विवाद निकै पेचिलो बन्दैछ । कैलाली ६ नम्बर प्रदेशमै रहिरहेमा धनगढी प्रादेशिक राजधानीको दाबेदार हो ।
तर, सुर्खेतलाई ६ नम्बरमै राखियो भने उसले पनि प्रादेशिक राजधानीको दाबी गर्ने अहिले त्यहाँ चर्किएको आन्दोलनले नै संकेत गरिसकेको छ । अखण्ड मध्यपश्चिम मागेर आन्दोलित सुर्खेतको दावी पनि अन्ततः ६ नम्बर प्रदेशको राजधानी हुन पाउनुपर्ने नै हो ।
यसबाहेक हाल क्षेत्रीय सदरमुकाम रहेको डोटीको दिपायल पनि ६ नम्बरको प्रादेशिक राजधानीको अर्काे दावेदार हो ।
झगडाको सम्भावना
प्रदेशहरूको सीमांकनले जसरी जिल्ला, अञ्चल, क्षेत्र, जात र भेगका नाममा अहिले आन्दोलन भइरहेका छन्, भोलि प्रादेशिक राजधानीका नाममा यो भन्दा तल्लो तहमा गएर जनता बिभाजित हुने सम्भावना छ । त्यसैले एमाले अध्यक्ष केपी ओलीले ठीकै भने,अहिले देश संघीय प्रदेशहरूमा जाने भएपछि नेपालको राजधानी काठमाडौं हुने भन्दा बाहेक अरु सबै ठाउँको नाउँमा विवाद छ । सबैलाई मान्य हुने समाधान कसैसँग छैन । सबैले आफ्नो भौगोलिक र राजनीतिक पायक मात्र हेरेका छन्

निजी लगानीमा बृद्ध आश्रम
दमक/आफ्नै निजी लगानीमा दमक– ९ की मनमाया सुनुवारले निःशुल्क बृद्धाश्रम सञ्चालनमा ल्याएकी छिन् ।
करिब २६ लाख खर्चमा सुनुवारले दश जना जेष्ठ नागरिक रहने सक्ने बृद्धाश्रम सञ्चालनमा ल्याएकी हुन् । आश्रमको बुधबार दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए ।
सोही अवसरमा कार्यकारी अधिकृत दाहालले सरकारले ज्येष्ठ नागरिकहरूका लागि सामाजिक सुरक्षा भत्ताको व्यावस्था गरिरहेकाले भविष्यमा समेत यसको थप सम्बोधन हुने विश्वास व्यक्त गरे । उनले निजी लगानीबाट सुुनुवारले शुरु गरेको बृद्ध आश्रम उदाहरणीय भएका बताए ।
केन्द्रकी अध्यक्ष सुनुवारको अध्यक्षतामा भएको
कार्यक्रममा केन्द्रकी सहसचिव पारिका आलेमगरले समस्यामा परेका असहाय ज्येष्ठहरुलाई आवासीय सुविधा उपलब्ध गराउने केन्द्रको उदेश्य रहेको बताइन । केन्द्र सञ्चालक समिति सदस्य ऐसा सुनुवारले अहिले ३ जना असहाय ज्येष्ठ नागरिकहरु आश्रममा रहेको र केन्द्रमा रहने जेष्ठ नागरिकहरुका लागि स्वास्थ्य सेवा उपलब्ध गराईने बताईन् ।

धर्म निरपेक्षता खारेजी गर्न माग
दमक / हिन्दू धर्म सम्पूर्ण मानवका लागि एकताका बिन्दु भएकाले अब बन्ने संबिधानमा नेपाललाई हिन्दुराज्य बनाईनु पर्ने दमकमा आयोजित एक धर्म सभाका सहभागीहरूले बताएका छन् । ओमकार परिवार तथा हिन्दू जागरण धर्म समितिले सोमबार दमकमा आयोजना गरेको धर्मसभाका सहभागीहरूले यस्तो बताएका हुन् । कार्यक्रमका सहभागीहरूले गणतन्त्र सहितको नयाँ संबिधानमा उल्लेख गरिएको धर्म निरपेक्ष शब्दलाई खारेज गरेर धर्म सापेक्ष लेख्नु पर्नेमा जोड दिए । उनीहरूले बिश्व बन्धत्व र भातृत्वलाई कायम राख्न हिन्दू धर्म नै एकताको बिन्दु भएकाले अब बन्ने संविधानमा हिन्दू राष्ट्र सहितको धर्म सापेक्ष राष्ट्र निर्माण गर्न आग्रह समेत गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि बालसन्त मोहन शरणले नेपाल ऋषिमुनिहरूको तपोभूमि हिमालयको देश जहाँ मानव सभ्यताको विकास भएको थियो आज त्यही तपोभूमीको अस्तित्वलाई खतम गरिदै छ, यसमा हाम्रो आपत्ति छ ।’कार्यक्रमका अर्का बक्ता पण्डित अच्यूत आचार्यले हिजो गुमेको हिन्दू राष्ट्र नेपाललाई पुनस्र्थापित गर्न हिन्दूधर्मावलम्बीहरू घर–घर बाट उठ्नुपर्ने बताएका थिए । ज्योतिष चक्रपाणी गौतमले नेपालीको मूल सुत्र हिन्दू धर्म भएकोले बेदले सबै जातजातिलाई स्वतन्त्रता दिने बताएका थिए । अर्का पण्डित छन्दुराम भण्डारीले विदेशीको इसारामा अरुलाई रिझाउन दलहरू धर्म निरपेक्षता कायम गर्न तयार भएको आरोप लगाए ।
पण्डित कँुवेर सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा पण्डित प्रेम प्रकाश फलहरीले हिन्दू धर्म अनि हामी यसका अनुयायीहरूलाई चलाए थप आन्दोलन गरिने चेतावनी दिए ।
Connect us in Facebook
Popular News
-
नागरिकका दैनिक सरोकार राख्ने कुराहरुमा राज्य जिम्मेवार बन्नुपर्छ भनिराख्नु पर्ने विषय पनि होइन । तर मुलुकमा भइरहेको पछिल्लो राजनैतिक गतिविध...
-
दमक/ झापाको दमकबाट अर्को एक नयाँ पत्रिकाको प्रकाशन सुुरु भएको छ । आईतवार प्रकाशित हुुने यस पत्रिकाको पहिलो अंक प्रकाशन भईसकेको छ । कार्...
-
काठमाडौँ/ सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा घोषणा गरेको मेची–काली रेलमार्गको कामले अपेक्षित गति लिन सकेको छैन । सरकारले प्राथमिकताक...
-
झापा/ साउनको अन्तिम सोमबार दिनभर देशैभरका शिवालयहरूमा विभिन्न नदी तथा जलाशयबाट ल्याइएको जल चढाउनेहरूको घुँईंचो लागेको छ । सोमबारको दिनलाई ...
-
दमक/ नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाको दमक नगर सम्मेलन आयोजक कमिटी गठन भएको छ । बालकृष्ण गजमेरको संयोजकत्वमा ३३ सदस्यीय नगर सम्मेलन आयोज...
-
टंक पाठक २०७२ श्रावण २३ गते संविधान निर्माणका क्रममा यो विश्वको मानचित्रमा देख्न नसकिने सानो देश ६ कित्तामा संघीय राज्यको लागि विभाजन...
-
धुलाबारी/ आर्थिक अभावका कारण देखाएर दुईबर्षदेखि बन्द भएको झापा धुलाबारीस्थित मेची आम्दा अस्पताल शुक्रबारदेखि पुनःसञ्चालनमा आएको छ । मेचीनग...
-
मोरङ/ विद्युत् कटौतीका कारण मोरङ–सुनसरी आद्योगिक करिडोर क्षेत्रका प्लास्टिक उद्योगलाई समस्या भएको छ । अन्तर्राष्ट्रिय मन्दी र विद्युत् कटौ...
-
उर्लाबारी/ मोरङको उर्लाबारीस्थित उर्लाबारी उद्योग बाणिज्य संघको आगामी भदौ १९ र २० गते हुने चुनावी साधरणसभाका लागि नेपाली कांग्रेसले आफ्नो क...
-
दमक / बिश्वकर्मा सेवा समाज दमकको पहिलो साधारणसभाले शुक्रबार दुई जना पत्रकार लाई सम्मान सहित समाजकोे नयाँ नेतृृत्व समेत चयन गरेको छ । दमकस्...