Featured Photos
दमकमा निकालिएको सद्भाव र्याली – दमक उद्योग वाणिज्य संघ ।
दमकमा निकालिएको सद्भाव र्याली – सौन्दर्य कला व्यवसायी संघ ।
दमकमा निकालिएको सद्भाव र्याली – आदर्श उमाविका विद्यार्थीहरु ।
दमकमा निकालिएको सद्भाव र्याली – विद्यार्थीहरु ।
दमकमा निकालिएको सद्भाव र्याली – पशुपति किर्तन मण्डली परिवार ।
दमकमा निकालिएको सद्भाव र्याली – रोटरी क्लवका सदस्यहरु ।
Recent News
Home » Posts filed under World
युद्धका लागि तयार रहन सेनालाई उत्तर कोरियाका नेता उनको निर्देशन
उत्तर कोरियाका नेता किम जोङ उनले
दक्षिण कोरियाको सीमा क्षेत्रमा खटिएका सैनिकलाई युद्ध जस्तो कुनै पनि
अवस्थाका लागि तयार भएर बस्न निर्देशन दिएका छन् ।
दक्षिण कोरियासँग भएको पछिल्लो
गोलाबारीपछि नेता उनले युद्धका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको
सरकारी समाचार संस्था केसिएनएले जनाएको छ ।
बिहीबार अबेर भएको आपदकालिन बैठकमा नेता
उनले युद्ध जस्तो अवस्थाका लागि तयारी भएर बस्न सैनिकलाई निर्देशन दिनुभएको
हो । दक्षिण कोरियालो आफू विरुद्ध गरिरहेको गतिविधि तत्काल नरोके सैन्य
कारबाही गर्ने नेता उनले बताएको समाचारमा उल्लेख छ ।
– एजेन्सीको सहयोगमा
गुगलको पुनर्संरचना
क्यालिफोर्निया, श्रावण २७ - चर्चित सर्च इन्जिन गुगल अब ‘अल्फाबेट इंक’ नामक नयाँ होल्डिङ कम्पनीमार्फत सञ्चालन हुने भएको छ । नयाँ कम्पनीमार्फत गुगलले सर्च इन्जिन, एप, युट्युब र एन्ड्रोइडलगायतका आफ्ना सबै सेवा सञ्चालन गर्नेछ ।
अल्फाबेटअन्तर्गत अनुसन्धान एकाइ, स्मार्ट होम युनिट ‘नेस्ट’ र ड्रोन शाखालगायत रहनेछन् । गुगलका संस्थापक ल्यारी पेजले गुगलले अब विभिन्न खालका सेवा दिने र यस्तो अवस्थामा कम्पनीको पुनर्गठनबाट कार्यसञ्चालन अझ सहज हुने बताएका छन् । पेजले आफ्नो ब्लगपोस्टमा लेखेका छन्, ‘नयाँ संरचनाअन्तर्गत हामी गुगलका सबै सेवालाई पूर्ण रूपमा ध्यान दिनेछौं ।’
उनले कम्पनी राम्रो तरिकाले चलिरहेको र अब यसलाई स्वच्छ र जवाफदेही बनाउन सकिने उल्लेख गर्दै अल्फाबेट स्वतन्त्र हुने र यसले आफ्नो ब्रान्ड आफैं विकसित गर्ने बताएका छन् । पुनर्संरचनापछि संस्थापक ल्यारी पेज अब अल्फाबेट कम्पनीका प्रमुख कार्यकारी हुनेछन् भने भारतीय मूलका वरिष्ठ उपाध्यक्ष सुन्दर पिचाई गुगलका प्रमुख कार्यकारी नियुक्त गरिएका छन् । गुगलका सहसंस्थापक सेर्गेई ब्रिन अल्फाबेटका अध्यक्ष र गुगलका अध्यक्ष एरिक स्मिटलाई अल्फाबेटको कार्यकारी अध्यक्ष बनाइनेछ ।
गुगलको प्रमुख कार्यकारी बनाइएका पिचाईले सन् २००४ देखि गुगलमा काम सुरु गरेका थिए । गुगल टुलबारमा काम गरेका उनले सन् २००८ मा गुगल क्रोम निर्माणको नेतृत्व गरेका थिए । यो सफलतापछि उनले गुगलको उपाध्यक्ष र वरिष्ठ उपाध्यक्षको नेतृत्व सम्हालेका थिए भने गुगल एप र एन्ड्रोइडको नेतृत्व लिन सुरु गरेका थिए । उनलाई सन् २०१४ अक्टोबरमा उत्पादन प्रमुख बनाइएको थियो । उक्त वर्ष नै फोब्र्स पत्रिकाले पिचाईले ल्यारी पेजको स्थान लिने भविष्यवाणीसमेत गरेको थियो ।
जापानमा परमाणु ऊर्जा उत्पादन सुचारु
टोकियो, श्रावण २७ -
विरोधका बाबजुद जापानले पुन: परमाणु ऊर्जा उत्पादन सुरु गरेको छ । ४
वर्षअघि भूकम्प र सुनामीका कारण फुकुसिमा दाइ–इची परमाणु केन्द्रबाट
रेडियोधर्मी पदार्थ चुहिएपछि ऊर्जा उत्पादन बन्द गरिएको थियो ।
क्युसु इलेक्ट्रिक पावर कम्पनीले आफ्नो सेन्दाई संयन्त्रको रियाक्टर नम्बर
१ बाट कन्ट्रोल रड हटाएको छ । यहींबाट परमाणु विखण्डन प्रक्रिया सुरु
हुनेछ । जापानभरमा विद्युत् कम्पनीले २५ रियाक्टरहरूलाई सुचारु गर्न चासो
देखाएका छन् । तर, उनीहरूले नयाँ कडा सुरक्षा नियम पालना गर्नुपर्नेछ ।
क्युसु कम्पनीले नयाँ सुरक्षा उपकरणका लागि १२ करोड डलर खर्च गरेको छ ।
कम्पनीका अनुसार सेन्दाईको १ नम्बर रियाक्टरबाट सोमबार स्थानीय समयअनुसार
साढे १० बजेबाट काम सुरु गरिएको छ । यस रियाक्टरबाट आगामी शुक्रबारदेखि
विद्युत् उत्पादन सुरु हुने र आगामी महिनादेखि यसले पूर्ण क्षमताका साथ काम
गर्ने अपेक्षा गरिएको छ ।
जापानी प्रधानमन्त्री सिन्जो आवेले सरकार परमाणु रियाक्टरलाई सुचारु गर्न
चाहेको उल्लेख गर्दै संसारकै सबैभन्दा कडा सुरक्षा मापदण्डलाई पूरा गर्ने
बताएका छन् । तर, जापानीहरूले भने परमाणु ऊर्जा पुन: सुरु गर्न लागिएकोमा
विरोध जनाउँदै आएका छन् ।
सन् २०११ को मार्च ११ मा फुकुसिमामा आएको भूकम्प र सुनामीका कारण दाइ–इची
प्लान्टमा नोक्सान भएको थियो । भोलिपल्टै यहाँबाट रेडियोधर्मी पदार्थ चुहिन
थालेको थियो । यसलाई सन् १९८६ को चेर्नोबिल संकटपछिकै सबैभन्दा ठूलो
परमाणु संकट मानिएको थियो ।
चीनको औद्योगिक क्षेत्रमा विस्फोट
बेइजिङ, श्रावण २९ -
चीनको उत्तरी बन्दरगाह सहर तियान्जिनमा बुधबार मध्यराति भएको विस्फोटमा ५० जनाको मृत्यु भएको छ ।
बिनहाई न्यु डेभलपमेन्ट जोनमा खतरनाक रासायनिक पदार्थ राखिएको एक गोदाममा
विस्फोट भएको हो । यो एक औद्योगिक दुर्घटना भएको अधिकारीहरूको भनाइ छ ।
सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार मृतकमा १२ अग्नि नियन्त्रक पनि
छन्, ३६ जना बेपत्ता छन् । घटनामा ७ सय १ जना घाइते भएका छन् । तीमध्ये
धेरैलाई दुर्घटनाका कारण उछिट्टिएका सिसा र भग्नावशेषबाट चोट लागेको छ । ६६
जनाको अवस्था चिन्ताजनक छ । घटनालगत्तै आगोको ठूलो गोलो केही फिट माथिसम्म
देखिएको थियो । घटनास्थलबाट लामो समयसम्म कालो धुवाँ निस्किइरहेको थियो ।
निर्माण सकेर निर्यातका लागि तयार सयौं कार त्यसमा परेर नष्ट भएका छन् ।
स्थानीय अस्पताल घाइतेहरूले भरिएका छन् । राजधानी बेइजिङबाट
दक्षिण–पश्चिममा पर्ने तियान्जिन चीनको एक मुख्य बन्दरगाह र औद्योगिक नगर
हो । राष्ट्रपति सी जिनपिङले दुर्घटनाको कारणबारे अनुसन्धान हुने बताएका
छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उक्त घटनाबाट आफू मर्माहत भएको
बताएका छन् । चिनियाँ समकक्षी जिनपिङलाई सन्देश पठाउँदै उनले मृतकका
परिवारप्रति समवेदना र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
स्थानीय समयअनुसार बुधबार राति साढे ११ बजे पहिलो विस्फोट भएको थियो ।
लगत्तै त्यसभन्दा शक्तिशाली विस्फोट भयो । र, शृंखलाबद्ध साना विस्फोट भए ।
जसका कारण २ किलोमिटर आसपासका भवनका झ्यालहरू बाहिर उछिट्टिएका छन् । ती
भवनमा रहेको कार्यालयहरू ध्वस्त भएका छन् । अमेरिकी भौगर्भिक सर्वेका
अनुसार धेरै किलोमिटर टाढासम्म विस्फोटको तरंग फैलिएको थियो । शृंखलाबद्ध
विस्फोट भूकम्पको धक्काकै रूपमा रेकर्ड भएका छन् ।
पहिलो विस्फोट ३ टन र दोस्रो २१ टन टीएनटी बराबरको रहेको चाइना अर्थक्वेक
नेटवर्क सेन्टरले जनाएको छ । ‘विस्फोटलगत्तै ज्यान बचाउन भाग्नुको विकल्प
थिएन, भाग्दै गर्दा पनि रगतपच्छे भएँ,’ प्रत्यक्षदर्शी ३८ वर्षीय वु
डेजुनले भने । ट्रक चालक चाओ चेन्चेङको भनाइमा परमाणु बम विस्फोट भएजस्तै
दृष्य देखिएको थियो । ‘यस्तो होला भनेर भनेर मैले कहिल्यै सोचेको थिइनँ,’
उनले भने, ‘दृष्य जति भयानक थियो, त्यति नै सुन्दर पनि ।’ आप्रवासी
कामदारलाई राखिएको शयन कक्षनजिक विस्फोट भएको थियो । ध्वस्त हुँदै गरेको
भवनबाट उनीहरू हतारमा निस्किन सफल भए । आवासीय कामदार डान एगियोका अनुसार
सुरक्षित स्थलमा पुग्दानपुग्दा दोस्रो विस्फोट भएको थियो । एक सय ४० दमकलका
करिब १ हजार अग्नि नियन्त्रक रातभर घटनास्थलमा खटिएका थिए ।
अस्पतालहरूमा घाइतेका लागि रक्तदान गर्ने स्थानीय बासिन्दाको भीड लागेको छ
। खतरनाक र विषाक्त रासायनिक पदार्थको कारोबार गर्ने कम्पनी रुइहाईको
गोदाममा विस्फोट भएको हो । उक्त कम्पनीका एक जनालाई सोधपुछका लागि
नियन्त्रणमा लिइएको सरकारी टेलिभिजन सीसीटीभीले जनाएको छ । मुख्य सडक,
आवासीय र कार्यालय रहेको क्षेत्रमा विस्फोटक पदार्थ राखिएकामा चीनभर विरोध
भएको छ । समुद्रतटको नगर तियान्जिनमा करिब १ करोड ५० लाख जनसंख्या बसोबास
गर्छ ।
ट्रक बम विस्फोटमा परि कम्तीमा ५० को मृत्यु
बग्दाद, श्रावण २८ -
सिया मुसलमान समूदायको बलियो प्रभाव रहेको उत्तरी बग्दाद बजार इलाकामा
बिहीबार भएको ट्रक बम विस्फोटमा परी कम्तीमा ५० जनाको मृत्यु भएको सुरक्षा र
चिकित्सक स्रोतले जानकारी दिएको छ ।
सदर सहर क्षेत्रमा रहेको तरकारीको थोक बजारमा बिहीबार बिहान सबेरै भएको यो
आक्रमण इराकको राजधानीमा भएको यस महिनाकै भीषण आक्रमणको रुपमा रहेको
बताइएको छ । यस आक्रमणमा परी अन्य ७४ जना घाइते भएका बताइएको छ ।
थोक तरकारी बजारमा अत्यन्त व्यस्त हुने स्थानीय समयाअनुसार बिहान ६ बजे सो विस्फोटन भएको बताइएको छ ।
यस आक्रमणको हालसम्म कुनै पनि समूहले पनि जिम्मा लिएको छैन । तर सिया
मुसलमान समूदायलाई लक्ष्यगरी बारम्बार आक्रमण पनि गर्दै आएका इस्लामिक
स्टेट जिहादी समूहले नै यो आक्रमण पनि गराएको अनुमान गरिएको छ ।
इराकको राजधानीदेखि उत्तरपूर्वमा पर्ने दियाला प्रान्तमा भएको विस्फोटको
दुई दिन पछाडि पुनः विस्फोट भएको बताइएको छ । दियालामा भएको बम विस्फोटमा
परी ३० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।
Connect us in Facebook
Popular News
-
नागरिकका दैनिक सरोकार राख्ने कुराहरुमा राज्य जिम्मेवार बन्नुपर्छ भनिराख्नु पर्ने विषय पनि होइन । तर मुलुकमा भइरहेको पछिल्लो राजनैतिक गतिविध...
-
दमक/ झापाको दमकबाट अर्को एक नयाँ पत्रिकाको प्रकाशन सुुरु भएको छ । आईतवार प्रकाशित हुुने यस पत्रिकाको पहिलो अंक प्रकाशन भईसकेको छ । कार्...
-
काठमाडौँ/ सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा घोषणा गरेको मेची–काली रेलमार्गको कामले अपेक्षित गति लिन सकेको छैन । सरकारले प्राथमिकताक...
-
झापा/ साउनको अन्तिम सोमबार दिनभर देशैभरका शिवालयहरूमा विभिन्न नदी तथा जलाशयबाट ल्याइएको जल चढाउनेहरूको घुँईंचो लागेको छ । सोमबारको दिनलाई ...
-
दमक/ नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाको दमक नगर सम्मेलन आयोजक कमिटी गठन भएको छ । बालकृष्ण गजमेरको संयोजकत्वमा ३३ सदस्यीय नगर सम्मेलन आयोज...
-
टंक पाठक २०७२ श्रावण २३ गते संविधान निर्माणका क्रममा यो विश्वको मानचित्रमा देख्न नसकिने सानो देश ६ कित्तामा संघीय राज्यको लागि विभाजन...
-
धुलाबारी/ आर्थिक अभावका कारण देखाएर दुईबर्षदेखि बन्द भएको झापा धुलाबारीस्थित मेची आम्दा अस्पताल शुक्रबारदेखि पुनःसञ्चालनमा आएको छ । मेचीनग...
-
मोरङ/ विद्युत् कटौतीका कारण मोरङ–सुनसरी आद्योगिक करिडोर क्षेत्रका प्लास्टिक उद्योगलाई समस्या भएको छ । अन्तर्राष्ट्रिय मन्दी र विद्युत् कटौ...
-
उर्लाबारी/ मोरङको उर्लाबारीस्थित उर्लाबारी उद्योग बाणिज्य संघको आगामी भदौ १९ र २० गते हुने चुनावी साधरणसभाका लागि नेपाली कांग्रेसले आफ्नो क...
-
दमक / बिश्वकर्मा सेवा समाज दमकको पहिलो साधारणसभाले शुक्रबार दुई जना पत्रकार लाई सम्मान सहित समाजकोे नयाँ नेतृृत्व समेत चयन गरेको छ । दमकस्...

