Featured Photos
दमकमा निकालिएको सद्भाव र्याली – दमक उद्योग वाणिज्य संघ ।
दमकमा निकालिएको सद्भाव र्याली – सौन्दर्य कला व्यवसायी संघ ।
दमकमा निकालिएको सद्भाव र्याली – आदर्श उमाविका विद्यार्थीहरु ।
दमकमा निकालिएको सद्भाव र्याली – विद्यार्थीहरु ।
दमकमा निकालिएको सद्भाव र्याली – पशुपति किर्तन मण्डली परिवार ।
दमकमा निकालिएको सद्भाव र्याली – रोटरी क्लवका सदस्यहरु ।
Recent News
Home » Posts filed under Science
आकाशगङ्गा के हो ?
ब्रम्हाण्ड मा अबलोकन गर्न सकिने अरबौं तारापुञ्जहरू मध्येको एक हो आकाशगङ्गा।
(Coma Berenicesतारापुञ्जमा रहेको NGC 4414नामको चक्राकार आकाशगंगा, यसको व्यास करिब ५५,००० प्रकाशवर्षरहेको अनुमान गरिएको यो तारापुञ्ज करिब ६०,००,००,००० प्रकाशवर्ष टाढा रहेको छ|)
इतिहास=
आकाशगङ्गाको आयु ठम्याउन निक्कै कठिन छ, तापनि यस पुञ्जको सबै भन्दा पुरानो ताराको आयु अन्दाजि करिव १३.६ अर्ब वर्ष छ जुन लगभग यस तारापुञ्जकै आयु समान छ।
तारापुञ्ज गर्भ
धनुराशि तिरको पुञ्जगर्भ। धनु (राशि)का मुख्य ताराहरू रातो देखाईएका छन
तारापुञ्जिय चक्का, जुन गर्भबाट बाहिरतिर उठेको छ, को व्यास करिब ७० हजार देखि एक लाख प्रकाशवर्ष लामो छ। सूर्य देखि पुञ्जगर्भ सम्मेको दुरी करिव २६,००० ± १४०० प्रकाशवर्ष लामो रहेको अनुमान छ।
तारापुञ्जको गर्भमा धनुराशि ए नामको एक निक्कै घना पिण्ड रहेको छ जुन अति धेरै तौल भएको छ। यो एक निक्कै बिशाल ब्ल्याक होल हो भन्ने अनुमान गरिएको छ। सबैजसो तारापुञ्जको गर्भमा एक विशाल ब्ल्याक होल रहेको हुन्छ भन्ने अनुमान गरिएको छ|
गुगल भन्छ : मोदी दनियाँकै मुर्ख प्रधानमन्त्री, अरु को को हुन् मुर्ख प्रधानमन्त्रीहरु ?
गत वर्षको चुनावमा आफ्नो पार्टीलाई ऐतिहासिक जित दिलाउँदै भारतको प्रधानमन्त्री बनेका नरेन्द्र मोदीको क्रेज भारतमा मात्र होइन की विश्वभर नै छ । उनको पहिरन, जिउडाल, दाह्री तथा भाषणका फ्यानहरु धेरै छन् दुनियामा । मोदीलाई विश्वको बुद्धिमान, विद्धान तथा सफल नेता मध्येे एक मानिन्छ । तर सर्च इन्जिन गुगलको कुरा पत्याउने हो भने मोदीप्रतिको यस्तो बुझाई सबै मिथ्या ठहर्छ । गुगलका अनुसार मोदी विश्वका सबैभन्दा मूर्ख प्रधानमन्त्री मध्येका एक हुन् ।
हो, गुगलले मोदीलाई विश्वका मूर्ख प्रधानमन्त्रीको अग्रस्थानमै सूचिकृत गरेको छ । गुगल सर्चमा गएर World Stupid Prime Minister टाइप गरेर तस्वीर सर्च गर्नुभयो भने गुगलको पेज मोदी नै मोदीले भरिएको छ ।
स्मरण रहोस् गुगलले यसअघि मोदीलाई विश्वका टप टेन अपराधीको सूचिमा पनि राखेको थियो । गुगल सर्च इन्जिनमा यसैगरी विश्वका टपटेन अपराधीको नाम सर्च गर्दा मोदीको नाम तथा तस्वीर गुगल पेजमा देखिएपछि भारत सरकारले गुगललाई सचेत गराएको थियो ।
के गुगलले जानीजानी यसो गरेको होला त ? अवश्य पनि नहोला । किनकी सर्च रिजल्टमा देखिने पेजमा कुन तस्वीर कुन ठाउँमा आउँछन् भन्ने कुराको निधो गुगल आफैले गर्ने होइन । यी तस्वीरहरु सम्बन्धित आलेख वा सर्च इन्जिन अप्टिमाइजेसनको आधारमा निर्धारण हुन्छ । तथापि यो प्रविधिको बारेमा धेरै कम मानिसलाई मात्र थाहा छ र यसरी सर्च इन्जिनमा पाइने यस्ता नतिजालाई धेरैले गुगलको आधिकारिक सूचिकरण ठान्दछन् । मोदीको हकमा पनि यस्तै भएको हो । गुगल प्रयोगकर्ताको खोजी व्यवहार परिवर्तन भएसँगै गुगलको तस्वीर सर्च रिजल्टमा पनि परिवर्तन भैरहन्छ ।
मोदीमात्र कहाँ हो र विश्वका अन्य गन्यमान्य मान्छे पनि मुर्ख प्रधानमन्त्रीको सूचिमा छन् । त्यसमा थाइल्याण्डका पूर्व प्रधानमन्त्री अभिजित भेजाजिभा, क्यानडाका प्रधानमन्त्री स्टेफेन हार्पर तथा थाइल्याण्डकी पूर्व प्रधानमन्त्री यिंगलक सिनावात्रा लगायतका पनि परेका छन् ।
एन्ड्रोइडको नाम मिठाइबाटै राखिनुको कारण
गुगलले नयाँ एन्ड्रोइड अपरेटिङ सिस्टम सार्वजनिक गर्दैछ । एन्ड्रोइडको ललिपप ५.० लाई रिप्लेस गर्ने यो नयाँ भर्सनको एन्ड्रोइडको नाम रहेछ 6.0 M यहाँ एम को अर्थ के होला ? भन्ने जिज्ञासा उठ्नु स्वभाविकै हो । खासमा एम अक्षरको अर्थ हो मार्शमेलो (Marshmallow) । मार्शमेलो वास्तवमा एक चिनीयुक्त क्यान्डी चकलेट हो ।गुगलका इन्जिनियरिङ विभागका उपाध्यक्ष डेव बुर्केले टि्वटरमा यो कुराको खुलासा गरेका छन् की नयाँ भर्सनको एन्ड्रोइडको नाम ६.० मार्शमेलो हुनेछ । उनले टि्वटरमा एक फोटो शेयर गर्दै “Marshmallow!!!” लेखेका छन् ।
विश्वमा सबैभन्दा बढि प्रयोगमा आएको मोबाइल अपरेटिङ सिस्टम हो एन्ड्रोइड । यो अपरेटिङ सिस्टमका फिचर्स जति आकर्षक हुन्छन् त्यसको नाम पनि उत्तिनै अनौठो तथा आकर्षक हुन्छ ।
एन्ड्रोइडको नेपाली अर्थ हुन्छ मानिस झैँ देखिने र मानिसले जस्तै काम गर्ने यन्त्र अर्थात् रोबोट । अर्को रोचक कुरा त के भने एन्ड्रोइडका हरेक नयाँ संस्करणको नाम कुनै मिठाइको नामबाट राखिएको हुन्छ ।
आखिर एन्ड्रोइडको नाम किन मिठाइको नाम बाट राखिन्छ त ? यद्यपि गुगलले आधिकारिक रुपमा यस बारेमा अहिलेसम्म कुनै खुलासा गरेको छैन् । तथापि गुगलका एकजना प्रवक्ता र्याण्डल सराफाले यो गुह्य कुराको बारेमा केही रोचक कुरा बताएका छन् । उनका अनुसार समूहलाई एक आपसमा जोडिराख्नका लागि एन्ड्रोइडको नाममा मिठाइको प्रयोग गरिएको हो । उनका अनुसार अहिलेसम्म मिठाइकै नामबाट एन्ड्रोइडको नाम राखिँदै आएको छ र भविष्यमा पनि त्यसै गरिनेछ । यो विषयमा अरुलाई बुझाउन गाह्रो हुने तर यसले गुगलको टीमलाई प्रतिनिधित्व गर्ने दाबी उनको छ ।
गुगलको सन्तान होइन एन्ड्रोइड
एन्ड्रोइड अपरेटिंग सिस्टम खासमा सुरुमा गुगलले उत्पादन गरेको होइन । एन्डी रुबिनले एन्ड्रोइड कम्पनीको स्थापना गरेका थिए । यो कम्पनीलाई सन् २००५ मा गुगलले किन्यो । कम्पनी गुगलमा बिलिन भएपछि रुबिनले गुगलमै काम गर्न थाले । यद्यपि अहिले उनले गुगल छाडिसकेका छन् । एन्ड्रोइड गुगलमा मिसिएपछि नै रुबिनले एन्ड्रोइड अपरेटिंग सिस्टमको विकाश गरेे र करोडौँ मानिसम्म पूराउन सफल भए ।
एन्ड्रोइड लिनक्समा आधारित भएर डिजाइन गरिएको मोबाइल फोन अपरेटिङ सिस्टम हो । एन्ड्रोइड अपरेटिङ सिटम र गुगलको रोबोटिक डिभिजनका पछाडि रुबिनकै दिमागको भूमिका छ ।
एन्ड्रोइड को एबीसीडी
एन्ड्रोइड अपरेटिङ सिस्टमको कामका बारेमा एक अर्को रोचक तथ्य पनि छ । मिठाइहरुको नाम राख्नुका अलावा एन्ड्रोइड अपरेटिंग सिस्टमका हरेक भर्सनकोे नाम अंग्रेजी अल्फाबेटका अनुसार एबीसीडीमा राखिन्छ । एन्ड्रोइडको पहिलो भर्सनको नाम ए बाट सुरु हुने मिठाइको थियो । दोश्रोको बी बाट सुरु भयो, तेश्रोको सी बाट र अहिले क्रमशः एम बाट सुरु हुँदैन । अहिलेसम्मका एन्ड्रोइड अपरेटिंग सिस्टम यस्ता छन्ः
*> * Alpha (1.0)
*> * Beta (1.1)
*> * Cupcake (1.5)
*> * Donut (1.6)
*> * Eclair (2.0-2.1)
*> * “royo (2.2-2.2.3)
*> * Gingerbread (2.3-2.3.7)
*> * Honeycomb (3.0-3.2.6)
*> * Ice Cream Sandwich (4.0-4.0.4)
*> * Jelly Bean (4.1-4.3.1)
*> * KitKat (4.4-4.4.4)
*> * Lollipop (5.0-5.1)
*> * Marshmallow (6.0)
झण्डै गर्भमै तुहिएन
विश्वको सबैभन्दा ठूलो तथा लोकप्रिय अपरेटिङ सिस्टम निर्माण गर्ने कम्पनी एन्ड्रोइड -पछि गुगल) आफ्नो सुरुवाती अवस्थामा आर्थिक संकटका कारण बन्द हुने अवस्थामा पुगेको थियो । २००३ मा स्थापना भएको एन्ड्रोइड इंक आफ्नो खर्च जुटाउन असमर्थ भएको थियो । केही समयपछि सन् २००५ मै यसलाई गुगलले खरीद गरेर आफुमा विलय गरायो । त्यसपछि एन्ड्रोइड मा केही खास परिवर्तन गरियो र यो अन्ततः विश्वको सबैभन्दा लोकपि्रय मोबाइल अपरेटिङ सिस्टम बन्न सफल भयो ।
डिजिटल क्यामेराका लागि बनेको थियो एन्ड्रोइड
एन्ड्रोइड अपरेटिंग सिस्टम सबैभन्दा पहिला डिजिटल क्यामेराका लागि डिजाइन गरिएको थियो । एन्ड्रोइडको विकाश भैसकेपछि यसको निर्माता टोलीलाई लाग्यो की यो स्मार्टफोनका लागि निकै राम्रो अपरेटिंग सिस्टम बन्न सक्छ । त्यसपछि यसलार्य फोन अपरेटिङ सिस्टमको रुपमा डिजाइन गरियो । -एजेन्सीको सहयोगमा
मौरीजस्तो युएसवी फ्यान
यदि तपाई आफ्नो वर्क स्टेसनमा हुनुहुन्छ वा यात्रामा हुनुहुन्छ र तपाईसँग गर्मी भगाउने कुनै उपाय छैन भने अब चिन्ता लिनु पर्दैन् ।
तपाईले आफ्नो मोबाइल फोनको पावर बैंक वा ल्यापटपमा जोडेर मजाले फ्यान चलाएर चिसोचिसो हावा लिन सक्नुहुन्छ ।
पछिल्ला बर्षहरुमा बिश्व बजारमा निकै लोकप्रिय बनेको सानो आकारको युएसवी मिनि फ्यान नेपाली बजारमा आइसकेको छ । मात्र ९ सय ५० रुपैयाँमा तपाईले पोर्टएवल फ्यानको मजा लिन सक्नुहुन्छ ।
नेपालको चर्चित अनलाइन स्टोर ओलिज स्टोरले यस्तो मिनि फ्यान नेपाली बजारमा बिक्रि सुरु गरेको छ । झट्ट हेर्दा माहुरीको आकृतिजस्तो लाग्ने यो मिनी फ्यान ‘ओलिज’ ब्राण्डमा उपलब्ध छ ।
‘खासगरी यात्रामा जाँदा यो फ्यान निकै उपयोगी हुन्छ’ आफै पनि यो फ्यान प्रयोग गरिरहेका ओलिज स्टोरका प्रबन्ध निर्देशक लोकेस ओली भन्छन-‘आवाज नआउने, सानो आकारमा भएकाले अनुहार नजिकै लगेर चिसो हावा लिन गजब हुने रहेछ ।’ तपाईले यसलाई आफ्ना वर्कस्टेसनमा बसिरहेका बेला ल्यापटपमै जोडेर पनि चलाउन सक्नुहुन्छ । रातो, पहेँलो, कालो, निलो र हरियो गरी पाँच रंगमा यो फ्यान उपलब्ध छ ।
तपाईंले भ्याटसहित ९५० रुपैयाँमा यो फ्यान पाउन सक्नुहुन्छ । यसका लागि तपाईले ओलिज स्टोर डटकममा गएर यो सामाग्री अर्डर गर्नुपर्ने हुन्छ । ओलिज स्टोरले नेपालभर निःशुल्क डेलिभरी दिन्छ ।
तपाईले आफ्नो मोबाइल फोनको पावर बैंक वा ल्यापटपमा जोडेर मजाले फ्यान चलाएर चिसोचिसो हावा लिन सक्नुहुन्छ ।
पछिल्ला बर्षहरुमा बिश्व बजारमा निकै लोकप्रिय बनेको सानो आकारको युएसवी मिनि फ्यान नेपाली बजारमा आइसकेको छ । मात्र ९ सय ५० रुपैयाँमा तपाईले पोर्टएवल फ्यानको मजा लिन सक्नुहुन्छ ।
नेपालको चर्चित अनलाइन स्टोर ओलिज स्टोरले यस्तो मिनि फ्यान नेपाली बजारमा बिक्रि सुरु गरेको छ । झट्ट हेर्दा माहुरीको आकृतिजस्तो लाग्ने यो मिनी फ्यान ‘ओलिज’ ब्राण्डमा उपलब्ध छ ।
‘खासगरी यात्रामा जाँदा यो फ्यान निकै उपयोगी हुन्छ’ आफै पनि यो फ्यान प्रयोग गरिरहेका ओलिज स्टोरका प्रबन्ध निर्देशक लोकेस ओली भन्छन-‘आवाज नआउने, सानो आकारमा भएकाले अनुहार नजिकै लगेर चिसो हावा लिन गजब हुने रहेछ ।’ तपाईले यसलाई आफ्ना वर्कस्टेसनमा बसिरहेका बेला ल्यापटपमै जोडेर पनि चलाउन सक्नुहुन्छ । रातो, पहेँलो, कालो, निलो र हरियो गरी पाँच रंगमा यो फ्यान उपलब्ध छ ।
तपाईंले भ्याटसहित ९५० रुपैयाँमा यो फ्यान पाउन सक्नुहुन्छ । यसका लागि तपाईले ओलिज स्टोर डटकममा गएर यो सामाग्री अर्डर गर्नुपर्ने हुन्छ । ओलिज स्टोरले नेपालभर निःशुल्क डेलिभरी दिन्छ ।
गुगलको पुनर्संरचना
क्यालिफोर्निया, श्रावण २७ - चर्चित सर्च इन्जिन गुगल अब ‘अल्फाबेट इंक’ नामक नयाँ होल्डिङ कम्पनीमार्फत सञ्चालन हुने भएको छ । नयाँ कम्पनीमार्फत गुगलले सर्च इन्जिन, एप, युट्युब र एन्ड्रोइडलगायतका आफ्ना सबै सेवा सञ्चालन गर्नेछ ।
अल्फाबेटअन्तर्गत अनुसन्धान एकाइ, स्मार्ट होम युनिट ‘नेस्ट’ र ड्रोन शाखालगायत रहनेछन् । गुगलका संस्थापक ल्यारी पेजले गुगलले अब विभिन्न खालका सेवा दिने र यस्तो अवस्थामा कम्पनीको पुनर्गठनबाट कार्यसञ्चालन अझ सहज हुने बताएका छन् । पेजले आफ्नो ब्लगपोस्टमा लेखेका छन्, ‘नयाँ संरचनाअन्तर्गत हामी गुगलका सबै सेवालाई पूर्ण रूपमा ध्यान दिनेछौं ।’
उनले कम्पनी राम्रो तरिकाले चलिरहेको र अब यसलाई स्वच्छ र जवाफदेही बनाउन सकिने उल्लेख गर्दै अल्फाबेट स्वतन्त्र हुने र यसले आफ्नो ब्रान्ड आफैं विकसित गर्ने बताएका छन् । पुनर्संरचनापछि संस्थापक ल्यारी पेज अब अल्फाबेट कम्पनीका प्रमुख कार्यकारी हुनेछन् भने भारतीय मूलका वरिष्ठ उपाध्यक्ष सुन्दर पिचाई गुगलका प्रमुख कार्यकारी नियुक्त गरिएका छन् । गुगलका सहसंस्थापक सेर्गेई ब्रिन अल्फाबेटका अध्यक्ष र गुगलका अध्यक्ष एरिक स्मिटलाई अल्फाबेटको कार्यकारी अध्यक्ष बनाइनेछ ।
गुगलको प्रमुख कार्यकारी बनाइएका पिचाईले सन् २००४ देखि गुगलमा काम सुरु गरेका थिए । गुगल टुलबारमा काम गरेका उनले सन् २००८ मा गुगल क्रोम निर्माणको नेतृत्व गरेका थिए । यो सफलतापछि उनले गुगलको उपाध्यक्ष र वरिष्ठ उपाध्यक्षको नेतृत्व सम्हालेका थिए भने गुगल एप र एन्ड्रोइडको नेतृत्व लिन सुरु गरेका थिए । उनलाई सन् २०१४ अक्टोबरमा उत्पादन प्रमुख बनाइएको थियो । उक्त वर्ष नै फोब्र्स पत्रिकाले पिचाईले ल्यारी पेजको स्थान लिने भविष्यवाणीसमेत गरेको थियो ।
Connect us in Facebook
Popular News
-
नागरिकका दैनिक सरोकार राख्ने कुराहरुमा राज्य जिम्मेवार बन्नुपर्छ भनिराख्नु पर्ने विषय पनि होइन । तर मुलुकमा भइरहेको पछिल्लो राजनैतिक गतिविध...
-
दमक/ झापाको दमकबाट अर्को एक नयाँ पत्रिकाको प्रकाशन सुुरु भएको छ । आईतवार प्रकाशित हुुने यस पत्रिकाको पहिलो अंक प्रकाशन भईसकेको छ । कार्...
-
काठमाडौँ/ सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा घोषणा गरेको मेची–काली रेलमार्गको कामले अपेक्षित गति लिन सकेको छैन । सरकारले प्राथमिकताक...
-
झापा/ साउनको अन्तिम सोमबार दिनभर देशैभरका शिवालयहरूमा विभिन्न नदी तथा जलाशयबाट ल्याइएको जल चढाउनेहरूको घुँईंचो लागेको छ । सोमबारको दिनलाई ...
-
दमक/ नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाको दमक नगर सम्मेलन आयोजक कमिटी गठन भएको छ । बालकृष्ण गजमेरको संयोजकत्वमा ३३ सदस्यीय नगर सम्मेलन आयोज...
-
टंक पाठक २०७२ श्रावण २३ गते संविधान निर्माणका क्रममा यो विश्वको मानचित्रमा देख्न नसकिने सानो देश ६ कित्तामा संघीय राज्यको लागि विभाजन...
-
धुलाबारी/ आर्थिक अभावका कारण देखाएर दुईबर्षदेखि बन्द भएको झापा धुलाबारीस्थित मेची आम्दा अस्पताल शुक्रबारदेखि पुनःसञ्चालनमा आएको छ । मेचीनग...
-
मोरङ/ विद्युत् कटौतीका कारण मोरङ–सुनसरी आद्योगिक करिडोर क्षेत्रका प्लास्टिक उद्योगलाई समस्या भएको छ । अन्तर्राष्ट्रिय मन्दी र विद्युत् कटौ...
-
उर्लाबारी/ मोरङको उर्लाबारीस्थित उर्लाबारी उद्योग बाणिज्य संघको आगामी भदौ १९ र २० गते हुने चुनावी साधरणसभाका लागि नेपाली कांग्रेसले आफ्नो क...
-
दमक / बिश्वकर्मा सेवा समाज दमकको पहिलो साधारणसभाले शुक्रबार दुई जना पत्रकार लाई सम्मान सहित समाजकोे नयाँ नेतृृत्व समेत चयन गरेको छ । दमकस्...

