Featured Photos
दमकमा निकालिएको सद्भाव र्याली – दमक उद्योग वाणिज्य संघ ।
दमकमा निकालिएको सद्भाव र्याली – सौन्दर्य कला व्यवसायी संघ ।
दमकमा निकालिएको सद्भाव र्याली – आदर्श उमाविका विद्यार्थीहरु ।
दमकमा निकालिएको सद्भाव र्याली – विद्यार्थीहरु ।
दमकमा निकालिएको सद्भाव र्याली – पशुपति किर्तन मण्डली परिवार ।
दमकमा निकालिएको सद्भाव र्याली – रोटरी क्लवका सदस्यहरु ।
Recent News
Home » Posts filed under Entertainment
सञ्जयको ‘तिमी बिना’ बजारमा
झापा/ गायक सञ्जय तुम्रोकको नयाँ म्युजिक भिडियो “तिमी बिना” हालै सार्वजनिक भएको छ । ‘सेवारो’ एल्बममा संग्रहित “तिमी बिना” मा लोकेन्द्र लेखकको शब्द, रुपक चौधरीको म्युजिक र चन्दु गोर्खालीको एरेञ्ज रहेको गीतलाई परफर्मिंग आर्ट क्रियशनले भिडियो निर्माण गरेको हो ।
भिडियोमा अहिलेका चर्चित मोडेल रञ्जन रिजाल र सुरबिना कार्कीको मोडेलिङ्ग रहेको छ । पछिल्लो समय युवा पुस्तालाई मध्यनजर गरेर भिडियो निर्माणमा ब्यस्त रहेका कमल मगरले निर्देशन गरेको भिडियोमा सम्पादन पनि कमलकै रहेको छ । जसमा उनले आफ्नो क्रियशनलाई देखाउन खोजेका छन् । भिडियोलाई ज्ञानेन्द्र शर्माले खिचेका हुन् । पूर्वेली गीतमा चर्चा बटुलेका गायक तुम्रोकले यो भिडियोलाइ पनि दर्शकले मन पराउने विश्वास गरेका छन् ।
सञ्जय रेडियो नेपालले हरेक वर्ष आयोजना गर्ने राष्ट्रव्यापी गीत प्रतियोगिता अन्तर्गत २०६३ सालको आधुनिक गीत प्रतियोगितामा प्रथम भएका थिए । उनले हालसम्म सात सयभन्दा बढी गीतमा स्वर दिइसकेका छन् । उनी अहिले महेन्द्र पुलिस क्लबमा आबद्ध छन् ।

"गीतले मानिसको जीवन बोलिनुपर्छ"
![]() |
| खेमनारायण सुब्बा |
भारतको दार्जिलिङस्थित विजनबारीमा स्थायी बस्दै आएका खेमनारायण सुब्बा प्रवासी नेपाली गीत संगीत क्षेत्रमा चिनीएको नाम हो । करिब दुई दशकदेखि नेपाली गीत संगीतमा होमिएका उनले आधा दर्जन बढी एल्बमहरु निकालिसकेका छन् । राम्रो स्वर तथा आफ्नै शब्द रहने उनका गीत ती क्षेत्रका सांगीतिक बजारमा लोकप्रिय मानिँदै आएका छन् । गीतकार तथा गायकका रुपमा आफू स्थापित बन्ने लक्ष्यमा संघर्षशील ४४ वर्षीय सुब्बासँग नेपाल आएका बखत गरिएको कुराकानी यहाँ प्रस्तुत छ ।
गीत संगीत क्षेत्रमा किन आउनुभयो ?
मेरो बाल्यकालदेखिको रहर थियो कि पछि ठूलो बनेर राम्रो एउटा श्रष्टा बन्ने । घरको वातावरणले पनि थप मलाई आकर्षित गरेको ठानेको छु । मेरो दाजु साहित्यकार मनप्रसाद सुब्बाको उठबसले पनि यो क्षेत्रमा आउने प्रेरणा मिलेको हो ।

सांगीतक क्षेत्र लागेर के पाए, के गुमाए जस्तो लाग्छ नि ?
वास्तवमा यो मेरो सांगीतक यात्रादेखि म पूर्ण रुपमा सन्तुष्टि छु । रहरले लागेको क्षेत्र अब व्यवसायिकता बनाउने ध्येयमा छु । दार्जिलिङ आसपासमा जति चिनिए, यही क्षेत्रबाट चिनिन पाएको छु । अब यहाँ मात्र नभएर नेपालको सांगीतिक क्षेत्रमा पनि आफूलाई दर्ज गराउने सोचमा छु । यसबाहेक गुमाएको खासै त्यस्तो घटना पनि छैन ।
भारतको दार्जिलिङ आसपासको नेपाली सांगीतिक क्षेत्र कस्तो छ ?
रामै छ, धेरै प्रतिभाहरु आउने क्रम उत्तिकै छ । यसलाई हेर्दा पनि भारतको दार्जिलिङ आसपासका क्षेत्रमा नेपाली सांगीतक क्षेत्र बिस्तारै फड्को मार्दै गएको ठानेको छु । तर दुःख पनि लाग्छ कि हामी यसरी संघर्षशील भएकाहरु सीमित क्षेत्रमा बाँधिनु परेको छ । देश, विदेशसम्म आफ्नो प्रतिभा उजागर हुनबाट बञ्चित छाँै ।

बजार अभाव भयो भन्न खोज्नु भएको हो त ?
नेपाली गीत संगीत नेपालको जस्तो न त बजार छ, न त राज्यबाट नै सहयोग हुन सकेको छ ? हामी नेपाल बाहिरका धेरै नेपालीहरुको सांगीतिक क्षेत्र प्रायः उस्तै छन् ।

प्रतिभा भए त बजार र भूगोलले छेकिन्न नि ?
त्यो पनि हो । तर बजार र प्रतिभाले मात्र एउटा क्षमतावान मानिसको प्रतिभा उजागर हुन सक्दैनन् नि । प्रतिभासँगै उसलाई त्यो मार्गमा डो¥याउने जस्ता कयौ समस्या पनि त छँदैछन् ।

तपाईलाई नेपाली गीत संगीत कस्तो हुनुपर्छ जस्तो लाग्छ ?
मन छुने, अब त गीतसंगीत देखेको भोगेको यर्थाथतालाई नै उजागर गरेको हुनुपर्छ जस्तो लाग्छ । हिजो मायाप्रेमका धेरै कुरा आए, अब त्यो सँगसँगै जीवनका भोगाई पनि बोलिनुपर्छ । मलाई लाग्छ, अबको हाम्रा गीतले समग्र जीवनलाई पस्किनु पर्छ ।

तपाईको शुरुको एल्बम कुन हो ?
मेरो पहिलो एल्बम ईस्वी सन् २००० को ‘संघार ’हो ।

हालसम्म कतिवटा एल्बम निकालिसक्नु भयो ?
मैले इस्वी सन् २००० देखि हालसम्म आधा दर्जन एल्बम निकाले भने दुई वटा म्युजिक भिडियो निकालेको छु । संघार एल्बम पछि २००२ मा नेपालको स्टुडियोबाट ‘आफ्नै भाका’ ,२०१३ मा ‘सञ्चय नै’ र २०१५ मा हालैमात्र ‘अचानक यो के भयो’ र ‘माछा–माछा भ्यागुता’ म्युजिक भिडियो बजारमा ल्याएको छु । यी मध्ये अचानक यो के भयो भन्ने म्युजिक भिडियो केहिमहिना अघि मात्र गएको हृदयविदारक भूकम्पको गाथालाई समेटेको छु ।

‘अचानक यो के भयो’ किन बनाउनुभएको ?
यो म्युजिक भिडियो वास्तवमा मैले भूकम्पले तहसनहस बनाएको जनजीवनलाई थोरै भएपनि मलम लगाउने चेष्टा गरेको छु । त्यो मैले भूकम्पपीडितहरुका लागि नै समर्पण गरेर म्युजिक भिडियो तयार गरेको हुँ । भूकम्पले आम मानिसको जनजीवनलाई पु¥याएको असरलाई जस्ताको त्यस्तै उतार्ने जमको गरेको छु ।

‘दोबाटे’ समूहको ‘प्लेन ड्राइभर’
पथरी/ मोरङको पथरी–शनिश्चरेस्थित कंचनजंघा नाट्य समूहले आफ्नो हाँस्य टेलिश्रृंखला ‘दोबाटे’ का कलाकारहरूद्वारा बालअधिकार सम्बन्धी नाटक ‘प्लेन ड्राइभर’ प्रदर्शन गराउने भएको छ ।
लुथरन विश्व फेडेरेशनको सहयोगमा भूटानी शरणार्थी र स्थानीयबीचको संस्था सामाजिक सञ्जाल मोरङले आज सोमबार बिहान ११ बजे पथरी चोकमा प्रदर्शन गर्ने नाटकमा दोबाटेका कलाकारको प्रस्तुति रहने भएको हो ।
रक्सी खाने बहानामा दलालको भरमा परेर आफ्ना बालबालिका कठोर श्रमका लागि बेचिने गरेको कुरालाई नाटकमा उतारिएको समूहका सल्लाहकार एवम् कलाकार भूपेन्द्र तिम्सिनाले जनाए । नाटकमा, तिम्सिनाका साथै अभय पोखरेल, कमला घिमिरे नेपाल, भीष्म न्यौपाने, हरेन्द्र खत्री र पंकज सापकोटाको अभिनय रहने छ ।

विवेकको निर्देशनमा डेब्यू
मोरङको उर्लाबारीका फोटो पत्रकार विवेक हिङमाङले पहिलो पटक म्यूजिक भिडियो निर्देशन गरेका छन् । एक दर्जन म्यूजिक भिडियो खिचिसकेका हिङमाङले पहिलो पटक गायक मनोजराज शिवाकोटीको प्रवासी मन एल्बममा समावेश ‘आफ्नै सम्झेँ, दिलमा राखेँ...’ बोलको गीतबाट निर्देशनमा डेब्यू गरेका हुन् । भिडियो पूर्वका विभिन्न रमणीय स्थलमा छायाँकन गरिएको छ ।
भिडियो निक विष्टले खिचेका हुन् । गीतमा शब्द मणिराज बस्नेत र संगीत बालाद राईको रहेको छ । गीतको भिडियोमा स्मीता राई, सुवास संकल्प, रोशन घिमिरे र कुसुम ओझाले अभिनय गरेका छन् । मेपअप सोम मंग्रातीले गरेका छन् । भिडियो भदौ अन्तिम साताभित्र सार्वजनिक गर्ने निर्देशक हिङमाङले बताएका छन् ।

’रोमान्सले नै जाँगर पलाउँछ“
![]() |
| रक्षा श्रेष्ठ |
अघिसम्मकी ‘मोडल रक्षा श्रेष्ठ’ अहिले ‘भद्रगोलकी रक्षा’ को नामले परिचित छन् । विगत डेढ वर्षदेखि हाँस्य टेलिशृंखला भद्रगोलमा आबद्ध भएपछि उनको परिचय फेरिएको हो । परिचय मात्र फेरिएको छैन, उनको चर्चा पनि चुलिएको छ । हुन त भद्रगोलमा आउनुअघि उनले दुई दजनभन्दा बढी विज्ञापनमा मोडलिङ गरिसकेका थिइन् भने केही म्युजिक भिडियो मा र र्याम मोडलिङमा पनि उनको जादु चलेको थियो । अहिले उनी ठूलो पर्दाका चलचित्रमा पनि अभियन गर्न थालेकी छन् ।
......................................................................
भद्रगोलमा कसरी इन्ट्री मारियो ?
भद्रगोल टिमले नियमित रुपमा काम गर्ने महिला कलाकारको खोजी गरिरहेको रहेछ । त्यसबीच सिटी सेन्टरमा भएको एउटा कार्यक्रममा प्रस्ताव आयो, कन्सेप्ट राम्रो लाग्यो र इन्ट्री मारियो ।
सन्तुष्ट हुनुहुन्छ ?
सुरुमा त अप्ठेरो लाग्यो । सोच्दै नसोचिएको काम थालियो कि भन्ने लाग्यो । तर मेरो निर्णय सही छ भन्ने मनमा विश्वास थियो । आज त्यही भद्रगोलको भूमिकाले मलाई चिनायो ।
मोडलिङबाट भन्दा भद्रगोलबाट बढी चिनाएको मान्नुहुन्छ ?
मान्छु । भद्रगोललाई युवा जमातदेखि गाउँ शहरका सबैले रुचाउनुभएको छ । त्यसैले मलाई ‘रक्षा’ भनेर पनि भद्रगोलले नै बढी चिनायो ।
भद्रगोल लोकप्रिय हुनुको कारण ?
धेरै थेगो बोलिने भएकोले र ग्रामीण भेगमा हुने सत्य घटनामा आधारित भएकाले होला ।
मोडलिङमा रमाउने एउटी आधुनिक केटी टिपिकल गाउँले भूमिकामा देखिन गाह्रो भएन ?
कलाकारले सबै खालको भूमिका गनुपर्छ । त्यसैले त्यस्तो गाह्रो भएन । सुरु–सुरुमा साथीभाइहरू हाँस्थे, गिज्याउँथे । मैलै कहिल्यै पनि कुर्ता सलवरसम्म नलगाएको धोती र टिपिकल पहिरनहरूले गर्दा सबै साथीभाइहरूको हाँसोको पात्र बनेको थिएँ । तर अहिले सबैले मोडलभन्दा पनि भद्रगोलको रक्षा भनेर चिन्दछन् बाटोमा जिस्काउँदा पनि जिग्रीको जस्तै नक्कल पारी–पारी ‘रक्षा’ भन्दा रमाइलो लाग्छ । अहिले भद्रगोलकै कारणले थुप्रै चलचित्रहरूमा पनि अफर आइरहेको छ ।
यस्ता कार्यक्रममा थोरै महिला पात्र मात्र टिक्छन् । तर तपाइँ निरन्तर हुनुहुन्छ । राम्रो पैसा पाएर हो कि ?
होइन । राम्रो टिम भएकोले र काम गर्ने वातावरण राम्रो भएकाले हो । पैसा त कहिले पाइन्छ, कहिले पाइँदैन । तर सन्तुष्टि लिने बाटो छ ।
तपाइँको कामप्रति परिवारजनले के भन्नुहुन्छ ?
सबै खुशी हुनुहुन्छ । मेरो बुबाको धेरै सपोर्ट छ ।
अहिले त भद्रगोल बन्द भइरहेको छ नि किन ?
यसका विभित्र कारणहरू छन् । मलाई खासै केही थाहा छैन । तर यो हप्ताबाट सुचारु हुन्छ भन्ने सुनेको छु ।
कुन–कुन चलचित्रमा काम गर्दै हुनुहुन्छ ?
पाँचभन्दा बढी चलचित्रहरूमा अफर आएको छ । अहिले एउटा रोमान्टिक चलचित्रमा काम गर्ने योजना बनाएको छु । नाम चाहिं अहिले खुलाउन मिल्दैन ।
किन ?
पहिले काम नै पूरा गरौं अनि
तपाइँ चैं कत्तिको रोमान्टिक हुनुहुन्छ ?
छु । रोमान्स र रमाइलो गर्दा नै काम गर्न जोस जाँगर पलाउँछ ।
जीवनमा जिग्री जस्तै माया गर्ने जीवन साथी पाइयोस् भन्ने लाग्छ कि ?
लाग्दैन । बदमास फटाहा जति भने पनि नलाग्ने फटाहासँग कसले जीवन बिताउन सक्छ ।
त्यस्तै केटा तपाइँको जीवनमा आयो भने ?
सायद नआउला । आयो भने बानी परिसक्यो । सक्किगो’ नि ।
तपाइँ कस्तो केटा चाहनुहुन्छ ?
बिजनेशम्यान, जो मेरो कामलाई बुझ्ने र सम्मान गर्ने होस्, सहयोगी होस् । पैसा र माया गर्ने जीवनसाथी भयो भने जीवन सहज हुन्छ ।

सञ्चारकर्मी प्रजिताको तीज एल्बम
झापा दमककी प्रजिता दङ्गाल आकर्षित लुक्सकी छिन् । हेर्दा सुन्दर उनको बोली उस्तै मिठो छ । पाथिभरा एफएम दमककी आरजे उनी संगीतमा पनि उत्तिकै चासो राख्छिन् । ‘संगीतमा सानैदेखिको रुचिका कारण त्यतापट्टि आकर्षित भएँ’, उनले खुलाउदै भनिन्, ‘तीजलाई समेटेर एउटा गीत समेत ल्याएकी छु ।’ “हिमालकी छोरी मादलु तालमा कम्मरै मर्काउछु...” बोलको गीत अहिले चर्चाको शिखरमा पुगेको छ । जसका कारणले उनले म्युजिक भिडियो समेत तयार गरेकी छिन् । ‘पहिलो गीत ल्याएर आएको छु’, उनले भनिन्, ‘अब चाँडै एल्बमको तयारीमा छु ।’
टंक बुढाथोकीको संगीत र गायिका आफैको स्वरमा रहेको यो गीत पछि उनी दशै तिहारबीचमा अर्को गीतमा समेत अभिनय गर्ने तयारीमा छिन् । विभिन्न गीतमा खेल्नका लागि प्रस्ताव आएको बताउँदै एफएम र व्यवसायका कारण समय दिन नसकेको बताउँछिन् । ‘अब समय मिलाएर अभिनयमा पनि लाग्ने छु’ प्रजिताले मनको कुरा खोल्दै भनिन् ।

भिडियो हेर्नक लागि :
तिज रमझम बनाइँदै
नेपाली नारीहरूको महान चाड, हरितालिका तिज नजिकिएपछि यतिखेर सामाजिक सञ्जालहरूमा यो पर्वको रौनकले छपक्कै छोपिसकेको छ । तिजलाई नै मुख्य लक्ष्य गरेर तयार गरेका तिज सम्बन्धीका म्युजिक भिडियोहरू अहिले बजारमा आउने निकै हतारोमा छन् भने कतिपयले समाजिक सञ्जाल लगायत सञ्चार माध्यमहरूमा समेत तताउन थालिसकेका छन् ।
यसै क्रममा पछिल्लो समयमात्र सांगीतिक क्षेत्रमा प्रवेश गरेकी साहिमा श्रेष्ठ र सन्दिप न्यौपानेको पछिल्लो पटक सामाजिक सञ्जाल युट्युब मा आएको ‘तिज राम्रो रमझमले’ बोलको गितले भने छोटो समयमा नै निकै चर्चा पाएको छ ।

झट्ट हेर्दा लाग्छ गाउँघरमा भन्दा पनि, संगीत बजारमा तिजको रमझमले निकै नै छोइसकेको छ ।
यसै क्रममा, गायिका सहिमा श्रेष्ठलाई पनि तिज पर्वको रौनकले उम्कन नदिएपछि गायक तथा मोडल सन्दिप न्यौपानेलाई लिएर यसवर्षको तिज रामै्रसँग मनाउने धोको रहेको छ सहिमाको । एक वर्ष अगाडिबाट मात्र तिज गीतका सांगीतिक क्षेत्रमा प्रवेश गरेको सहिमाको यो यात्राले यति धेरै दर्शको मन जित्नु उनको अनुपम सफलता पनि हो भन्न सकिन्छ । ‘तिज राम्रो रमझमले’ भन्दै यसवर्षका लागि पहिलो पटक यु–ट्युबमा देखिएका साहिमा र संदिपको यो प्रयासले अहिले निकै तारिफ पाएको छ । तिजमा निकै भड्किला र अर्धनग्न भएका तिजे सांगीतिक कोशेलीहरूका लागि पनि यो गीतले राम्रो सवक सिकाई दिएको छ । यसपालिको तिजमा नेपाली नारीहरूलाई रमाईलो दिन सहिमाले नृत्यविधाको तिज गीत तयार गरेकी हुन्, जसको भिडियो समेत यु–ट्युबमा रिलिज गरिएको छ । आफ्नो नयाँ तिज गीतको म्युजिक भिडियो सार्वजनिक गरेलगत्तै सहिमाले भनेकी छन –‘मलाई विश्वास छ, पक्का पनि हाम्रा नेपाली दिदी–बहिनीहरूलाई यस वर्षको तिजमा रमझम बोलको गितले विगतका पीडाहरूलाई बिर्साएर उत्साहित बनाउने छ ।’

सहिमाको यो प्रस्तुतिमा साथ दिएका गायक तथा मोडल न्यौपाने भने पछिल्लो समयमा आएर नेपालीहरूको मौलिक पर्व तिजमा छाउँदै गएको विकृतिलाई चिर्दै आफ्नो मौखिक परम्पराका रक्षाका लागि गतिलो प्रहार पनि हो । यो गीतको भिडियोलाई शिवदर्शन डिजिटलले यु–ट्युबमा सार्वजनिक गरेको हो । मनु सञ्जिवनीको शब्द तथा महेश खड्काको संगीत रहेको यो गितको राजधानीस्थित सिनामंगलमा रहेको विश्रान्ती पार्टी प्यालेसमा छायांकन गरिएको थियो । यो गीतमा स्मृति तिमल्सिनाले कोरियोग्राफी तथा निर्देशन गरेकी हुन् । सहिमा र सन्दिप आफैले कम्मर मर्काएर यस वर्षको तिजलाई निकै स्वागत गरेका छन् । तिज चाडलाई पछिल्लो समयमा आएर सङ्गीत चाडको रुपमा विकसित हुँदै जान थालेपछि अहिले यो पर्वले सङ्गीत क्षेत्रको व्यवसायलाई पनि निकै टेवा पु¥याउन थालेको छ ।
उदित सौगात गीति एल्बम्को विमोचन
![]() |
| दमकमा गीति एल्वम सार्वजनिक गर्दै लोकगायक जोशी र सामाजिक अगुवा भट्टराई। |
मदन थापा मगर र उमेश खड्काको रचना तथा संगीत रहेको सो एल्वममा राष्ट्रिय,आधुनिक तथा लोकगीत गरि ७ वटा गीतहरु समावेश छन् । एल्वममा उत्तमजङ लिम्बु, मुकुन्द दाहाल,गिरीराज भट्टराई,देवीवहादुर वस्नेत,कृष्ण थापा,गीतादेवी,प्रज्वल कार्कीको स्वर रहेको छ । एल्वम सर्वज्ञान म्यूजिक प्रालिले बजारमा ल्याएको हो ।
Connect us in Facebook
Popular News
-
नागरिकका दैनिक सरोकार राख्ने कुराहरुमा राज्य जिम्मेवार बन्नुपर्छ भनिराख्नु पर्ने विषय पनि होइन । तर मुलुकमा भइरहेको पछिल्लो राजनैतिक गतिविध...
-
दमक/ झापाको दमकबाट अर्को एक नयाँ पत्रिकाको प्रकाशन सुुरु भएको छ । आईतवार प्रकाशित हुुने यस पत्रिकाको पहिलो अंक प्रकाशन भईसकेको छ । कार्...
-
काठमाडौँ/ सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा घोषणा गरेको मेची–काली रेलमार्गको कामले अपेक्षित गति लिन सकेको छैन । सरकारले प्राथमिकताक...
-
झापा/ साउनको अन्तिम सोमबार दिनभर देशैभरका शिवालयहरूमा विभिन्न नदी तथा जलाशयबाट ल्याइएको जल चढाउनेहरूको घुँईंचो लागेको छ । सोमबारको दिनलाई ...
-
दमक/ नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाको दमक नगर सम्मेलन आयोजक कमिटी गठन भएको छ । बालकृष्ण गजमेरको संयोजकत्वमा ३३ सदस्यीय नगर सम्मेलन आयोज...
-
टंक पाठक २०७२ श्रावण २३ गते संविधान निर्माणका क्रममा यो विश्वको मानचित्रमा देख्न नसकिने सानो देश ६ कित्तामा संघीय राज्यको लागि विभाजन...
-
धुलाबारी/ आर्थिक अभावका कारण देखाएर दुईबर्षदेखि बन्द भएको झापा धुलाबारीस्थित मेची आम्दा अस्पताल शुक्रबारदेखि पुनःसञ्चालनमा आएको छ । मेचीनग...
-
मोरङ/ विद्युत् कटौतीका कारण मोरङ–सुनसरी आद्योगिक करिडोर क्षेत्रका प्लास्टिक उद्योगलाई समस्या भएको छ । अन्तर्राष्ट्रिय मन्दी र विद्युत् कटौ...
-
उर्लाबारी/ मोरङको उर्लाबारीस्थित उर्लाबारी उद्योग बाणिज्य संघको आगामी भदौ १९ र २० गते हुने चुनावी साधरणसभाका लागि नेपाली कांग्रेसले आफ्नो क...
-
दमक / बिश्वकर्मा सेवा समाज दमकको पहिलो साधारणसभाले शुक्रबार दुई जना पत्रकार लाई सम्मान सहित समाजकोे नयाँ नेतृृत्व समेत चयन गरेको छ । दमकस्...