Featured Photos
दमकमा निकालिएको सद्भाव र्याली – दमक उद्योग वाणिज्य संघ ।
दमकमा निकालिएको सद्भाव र्याली – सौन्दर्य कला व्यवसायी संघ ।
दमकमा निकालिएको सद्भाव र्याली – आदर्श उमाविका विद्यार्थीहरु ।
दमकमा निकालिएको सद्भाव र्याली – विद्यार्थीहरु ।
दमकमा निकालिएको सद्भाव र्याली – पशुपति किर्तन मण्डली परिवार ।
दमकमा निकालिएको सद्भाव र्याली – रोटरी क्लवका सदस्यहरु ।
Recent News
Home » Posts filed under Literature
हे कृष्ण काले (गीत)
- त्रिलोचन उप्रेती
हे कृष्ण काले नि हाओ बाँसुरी बाले
जप्तै छौँ ह्य हजुर तिम्रो नाम
मन्दिरमा आयौँ नि हाओ किर्तन गायौँ
छोडेर ह्य हजुर सबै काम ।
सरमा सर नि हाओ म किर्तन लेख्छु
अन्यथा ह्य हजुर लेख्तिनँ
कृष्णजीलाई नि हाओ झल्झली देख्छु
अरुलाई ह्य हजुर देख्तिनँ ।
हे कृष्ण काले.......
हरमा हर नि हाओ हरमुनी बाजा
बजाइदेऊ ह्य हजुर बसेर
किर्तनको ताल्मा नि हाओ मै नाचिदिउँला
कम्मर ह्य हजुर कँसेर
हे कृष्ण काले......
आओ न साथी नि हाओ एकछिन बसौँ
किर्तन ह्य हजुर गरेर
रित्तै नि आउँछौ नि हाओ रित्तै नि जान्छौं
के लान्छौं ह्य हजुर मरेर
हे कृष्ण काले नि हाओ.....
(‘सागुरी बारी नि हाओ त्यो धारा पानी’ भन्ने लयमा आधारित)
उप्रेती फेन्सी स्टोर, दमक–११

कैलालीको हत्या (कविता)
![]() |
| बेनु चुडाल |
बहत्तर साल भाद्र ७ सोमबारको दिनमा
कैलालीको टिकापुरमा झडप एकै छिनमा ।
थारुहट मधेशदल प्राप्त माग्दै थिए
स्थानीय प्रशासनले निषेध आज्ञा दिए ।
आठ हजार कार्यकर्ता प्रहरीलाई घेरा
निषेध आज्ञा तोड्दै पसे प्रहरीको घेरा ।
छुरा, भाला, बञ्जरो र लाठीको त्यो वर्षा,
प्रहरी चाँहि ढल्न थाले अरु माने हर्ष ।
धेरै जना प्रहरीले कुटाई, कटाइ खाए,
पेट्रोल त्यही छर्किएर ज्युँदै आगो लाए ।
एसएसपी ती न्यौपाने र अरु ६ लाई मारे
बीच राति प्रहरीलाई इन्द्रजालमा पारे ।
प्रहरी हुन् देशकै रक्षक शत्रु, जस्तै ठाने
बञ्चरो र भाला प्रहार खोजी–खोजी हाने ।
मकैबारी भित्र लुक्या दुई जना पुलिस
खोज्दै त्यहाँ पुगि हाले चढाई हाले सुलिस ।
२ वर्षको बालकलाई गोली हानी मारे
बुबा आमा परिवारलाई कत्ति पिर पारे ।
६२ र ६३ मा आन्दोलन भयो
आन्दोलनको उद्देश्य चाँहि आज कता गयो ।
सद्भाव देशमा कायम थियो, मेलमिलाप थियो
नेताहरुको कुबुद्धीले अर्कै रुप लियो ।
जातजातिलाई राज्य बाँढ्ने कसले आदेश दियो ?
धार्मिक युद्ध गराउन कसले ठेक्का लियो ?
समस्या यहाँ जसले ल्यायो समाधान गर
विदेशका नेताहरुको नपर्नु है भर ।
कैलालीका हत्यारालाई कार्बाही गर्नुपर्छ
संविधान छिटो बनाउन अशान्त यो टर्छ ।
दमक–१३, झापा
बन्द (कविता)
![]() |
| सुयोग नेपाल “कोबिद” |
बन्द त मानौ अब,
चाड झैँ भैसकेको छ,
यसले पुरै देशलाई नै
प्रभावित बनाएको छ
बन्द अब बन्द गरौँ भन्ने,
अनि फेरि नेपाल बन्द गर्ने,
विभिन्न झडपले गर्दा अझै
कति जना निर्दाेष मान्छे मर्ने
छिटो संविधान ल्याऊ अब,
गर खारेजी बन्दको
बन्द यदि बन्द गरेमा
अन्त्य हुन्छ देशमा द्वन्द्वको
कक्षा–८, एलाइड अंग्रेजी मावि, दमक–१३ झापा

यो बन्दलाई गरौं जहिले प्रतिबन्ध (कविता)
![]() |
| सरस्वतीप्रसाद रिजाल |
हाम्रो देशमा बार–बार हुने गर्छ बन्द,
एकदिनमा करोडौं घाटा हुने अनुचित बन्द,
पेशावाल सबैलाई मार पर्ने नराम्रो बन्द,
बाटैमा अलपत्र पारिदिने खतरनाक बन्द,
पार्टीगत स्वार्थमा गरिने स्वार्थी बन्द
नेताज्यूहरुको स्वार्थपूर्तिको लागि गरिने राष्ट्रघाती बन्द
राष्ट्रिय हितमा अवश्य छैन अनिश्चित बन्द
यो बन्दलाई मेरो जहिले प्रतिबन्ध ।
त्यो उज्यालो (बालकथा)
यशु श्रेष्ठ‘नानु साँझ पर्न लागिसक्यो । अब घर जानुपर्छ’ घाँसको भारी बान्दै आमाले नानुलाई भन्नुभयो । ‘आमा, अलि धेरै अम्बा लगेँ भने साथीहरूलाई धेरै दिन पाइन्छ नि त’ नानुले अम्बाको बोटमा झटारो हान्दै भनिन् ।
‘पुग्छ के यति भए । अब हिँड । बाटैमा रात पर्छ’ आमाले पनि दुईचारवटा अम्बा टिपिदिनुभयो । नानुले सबै अम्बा बोकिन् । काठको सानो घोँचा घिसार्दै उनी अघि लागिन् ।
घाँसको भारी बोकेर आमाचाहिँ नानुको पछिपछि गफ गर्दै हिँड्नु भयो । गुडुङ्....गुडुङ्......! आकाश करायो । डरले आमाको मन डरायो सायद । आमा नि कराउनु भयो ‘पानी पर्ला जस्तो छ । पाखातिर पानी परेको होला नानु । लौ छिटो हिँड त । चाँदे खोला उर्लेर आयो भने त तर्नै सकिँदैन । अनि त बर्बाद !’ आमा हतारिनु भयो ।
‘लौ अलि छिटो हिँड त नानुु अब आमाअघि लाग्नु भयो । छिटो–छिटो हिँड्दै उनीहरू एउटा डिलमा पुगे । डिलबाटै उभिएर आमाले खोलालाई हेर्नु भयो । लौ बर्बाद, खोला त वारको पार भएर उर्लिसकेछ । लौ न अब के गर्ने ? आमा र नानु दुवैजनाको आँखा जुध्यो । सुइयः सुस्केरा हाल्दै आमाले भारी बिसाउनुभयो । नानुले पनि घोँचा बिसाइन् ।
‘खहरे खोला न हो । एकछिनमा त सुकिहाल्ला नि’ आमाले खोलातिर हेर्दै भन्नुभयो । नानुले आमाको अनुहारलाई हेरिन् । उनको अनुहारमा एक थोपा पानी प¥यो ।
‘अब पानी पर्नेछ । घर जान पनि खोलाले रोक्यो । के पो गर्ने त ?’ चिन्ताले होला आमाको अनुहार नि कालो भयो ।
‘के गर्ने त आमा अब’ नानुले सोधिन् ।
‘जाऊँ नानु ओत लाग्न ।’ नानुलाई तान्दै आमा ठूलो रूखमुनि जानु भयो । ‘आमा घाँस त भिज्छ नि ।’ नानुले घाँसतिर हेरिन् । ‘घाँस भिजेर केही हुन्न’ आमाले आकाशतिर हेरेर भन्नुभयो ‘तिम्रो अम्बा नि त्यहीँ राख ।’ नानुले अम्बालाई घाँसको भारीमाथि राखिन् ।
आमाले पनि घाँसको भारीमा राखेको हसियाँ झिक्नु भयो । आफैंसँग के–के कुरा गर्दै नानुलाई तान्दै जंगलभित्रै जानु भयो । ‘फेरि जंगलभित्रै जाने ?’ नानु छक्क परिन् । आमाले हतार–हतार अम्बाको बोटमा चढेर अम्बा टिप्नु भयो । ‘साथीहरूलाई धेरै अम्बा देओस् भनेर छोरीले भनेपछि धेरै अम्बा टिपिदिन लाग्नु भयो आमाले ।’ उनी मनमनै आमासँग खुसी थिइन् । पोल्टाभरि अम्बा टिपेर आमा रूखबाट ओर्लनु भयो ।
केही अम्बा नानुलाई बोकाएर फेरि हतार–हतार घोचा काट्न लाग्नुभयो । लामा–लामा दुइटा घोचा आमाले घिसार्नु भयो । छोटाछोटा दुइटा घोचा नानुलाई घिसार्न लगाउनुभयो । आमाको हतार झनै बढ्दै थियो । अघिको एकदुई थोपा पानी, अब धेरै साथी लिएर झर्दै थियो जमिनतिर ।
घाँसनेर आएर आमाले लामो सास फेर्नु भयो । दुइटा घोचाको एक–एक छेऊ डिलमा राखेर अर्काे छेऊ चाहिँ तलतिर पठाउनु भयो । घोचा करालो परेर बस्यो । त्यही माथि सानासाना घोचा तेसार्नुभयो आमाले ।
‘नानु यहीँ बस है?’ आमाले अलि परतिर गएर, झ्याप–झ्गर्दै छिटो–छिटो स–साना घोचा र स्याउला काट्नु भयो । तिनलाई फटाफट ओसारेर घोचामाथि राख्न लाग्नु भयो । यसो हेर्दा बाख्रा राख्ने गोठजस्तो देखियो त्यो ठाउँ । नानुले पनि आमालाई सहयोग गर्दै थिइन् ।
झरररर पानी प¥यो । आमा र नानु आफूले बनाएको छाप्रो भित्र पसे । ‘आहा हामीलाई पानीले भिजाउन सकेन !’ नानु खुसीले उफ्रिइन् । आमाको पोल्टाभरि अम्बा थिए । एउटा अम्बा झिकेर नानुले खान थालिन् । आमाको अनुहार झनै हँसिलो भयो ।
झन्–झन् रात पर्दै थियो । पानीको बेग बढ्दै थियो । छाप्रोभित्र अलि–अलि पानी चुहिँदै थियो । छाप्रोभित्रै बसेर यताउता गर्दै आमाले पानी नचुहिने बनाउँदै हुनुहुन्थ्यो छाप्रोलाई । ‘हतार–हतार गरेर टिपिएको अम्बा त भोक लाग्दा खानका लागि पो रहेछ’ आमाले अम्बा खान थालेपछि पो थाहा पाइन् नानुले । आमाले अम्बा खाएको हेरिरहिन् नानुले । ‘तिम्रा साथीको लागि पनि राखिदिऊँला ।’ अम्बा चपाउँदै आमाले भन्नुभयो ।
‘घटेको छैन खोला ।’ खोलाको स्वाँ ..... आवाज सुन्दै आमाले भन्नुभयो ।
‘ला ! भोलिसम्म नि घटेन भने ?’ नानु डराइन् ।
‘चिन्ता नमान । ठाडो खोला हो, घटिहाल्छ नि । ‘आमाले नानुको टाउकोतिर मुसार्नु भयो । नानु त्यत्तिकै लुटुक्क निदाइन् । ब्युँझिँदा त नानुले आमाको फरियाको एक छेऊ ओछ्याएकी रहिछिन् । आमा पनि फरिया ओछ्याएरै निदाइरहनु भएको रहेछ ।
किरकिर किरकिर झ्याउँकिरीहरू कराएको आवाज प्रष्टै सुनिन्थ्यो । पानी पनि पर्न छोडिसकेको रहेछ । खोला नि सुक्दै गएको हो जस्तो खोलाको स्वर पनि सुनिएको थिएन । उनको आँखा छाप्रोको तल्लो भागमा प¥यो । त्यहाँबाट निकै पर एउटा सानो उज्यालो बलिरहेको देखिन् उनले । त्यो उज्यालो हिँडिरहेको थियो आफैं । नानुलाई कता–कता डर लागेर आयो ।
‘आमा ..... आमा ....’ नानुले बोलाइन् । ‘के भयो नानु ? ओहो कस्तो निदाइएछ’ भन्दै आमा उठ्नुभयो । नानुले आमालाई त्यो सानो उज्यालो देखाइन् ।
‘के पो होला त ? अह ! त्यो त यतै पो आउँदै छ त ?’ आमा नि डराएको जस्तो लाग्यो नानुलाई । उनी आमासँगै टाँसिइन् ।
‘नडराउन नानु, आमा छँदै छु नि ।’ आमाले दह्रो गरी समाउनु भयो नानुलाई । गाइँगुइँ गाइँगुइँ हाल्ला पनि सुनियो । ‘ए नानुकी आमा । नानुकी आमा हो .....’ कसैले ठूलो आवाज गरेर आमालाई बोलाए ।
‘ए यो आवाज त तल्लाघरे काइँला दाइको हो ।’ आमाले कान थापेर सुन्नुभयो । फेरि अर्काे आवाजले आमालाई बोलायो । ‘यो चाहिँ विमल बाबु आवाज हो ।’ आमा खुसी हुँदै छाप्रोबाट बाहिर आउनु भयो । त्यो उज्यालो छाप्रोतिरै बढ्दै थियो । आमाले पनि ‘ए काइँला दाजु, विमल बाबु .... हामी त यहाँ छौ है यहाँ’ भन्दै सोध्नुभयो ‘खोला सुकिसकेको हो ?’
एकछिन पछि सबै जना त्यहीँ आइपुगे । ‘यी नानुको आमाको आइडिया चाहिँ मान्नुपर्छ । दह्रो मनकी छिन् यिनी’ काइँला दाइले आमाको प्रशंसा गर्नुभयो । त्यो सानो उज्यालो काइँला दाजुको टर्च लाइट रहेछ । नानुले समातेर बाल्न लागिन् । त्यो उज्यालो उनलाई जूनको उज्यालो जस्तै लाग्यो ।
‘लौ जाऊँ हिँड’ काइँला दाइले भन्नुभयो ‘काइँलीले भनेर पो थाहा पाएँ त तिमीहरू जंगल आएको कुरा । अनि घरमा गएर हेरेको त ताल्चा पो मारेको छ । अनि त आत्तियौं नि हामी । अलिकति खोला घट्ने बितिक्कै आएका नि तिमीहरूलाई बोलाउँदै’ काइँला दाजुले नि एउटा अम्बा टोक्नु भयो । विमल बाबु अनि अरूले नि एउटा–एउटा अम्बा खाए ।
‘यति अम्बा चाहिँ मेरा साथीलाई’ दुईचारवटा अम्बा चाहिँ नानुले बगलीमा हालिन् । ‘लौ हिँड अब’ काइँला दाइले घाँसको भारी बोक्नु भयो । ‘मै बोक्छु नि, दाजुलाई कति दुःख दिनु’ आमाले भन्दाभन्दै ‘लौ खुरुखुरु हिँड’ भन्दै घाँसको भारी बोकेर काइँला दाजु अघि लाग्नु भयो ।
त्यो उज्यालो टर्च बालेर नानु पनि पछि–पछि लागि । अघि त्यही उज्यालो देखेर तर्सिएकी नानु, अहिले त त्यही उज्यालो बोकेर फुर–फुर रमाउँदै हिँड्दै थिइन् घरतिर ।

सबै मेरा गुरू (कविता)
नविन गौतम
संसार नै मेरो स्कूल सबै मेरा गुरू
सबैबाट शिक्षा लिन्छु म त खुरु–खुरु
घामबाट शिक्षा लिन्छु सबैको भलो गर्ने
ज्ञानको ज्योति फैलाएर अन्धकार हर्ने ।
पर्वतले पनि मलाई शिक्षा दिँदै भन्छ
कर्तव्य र आदर्शमा अटल हुनुपर्छ ।
खोला पनि पुस्तक हो संसारले पढ्ने
लक्ष्य आफ्नो नछोडेर अघि–अघि बढ्ने ।
कानैनेर भुन्भुनाई माहुरीले भन्छ
एकताले जस्तोसुकै काम पनि बन्छ
फूल भन्छ सधैँ मलाई मिठो बास छर
दुःखै दुःख परे पनि मुस्कुराउने गर ।
सुरुङ्गा
संसार नै मेरो स्कूल सबै मेरा गुरू
सबैबाट शिक्षा लिन्छु म त खुरु–खुरु
घामबाट शिक्षा लिन्छु सबैको भलो गर्ने
ज्ञानको ज्योति फैलाएर अन्धकार हर्ने ।
पर्वतले पनि मलाई शिक्षा दिँदै भन्छ
कर्तव्य र आदर्शमा अटल हुनुपर्छ ।
खोला पनि पुस्तक हो संसारले पढ्ने
लक्ष्य आफ्नो नछोडेर अघि–अघि बढ्ने ।
कानैनेर भुन्भुनाई माहुरीले भन्छ
एकताले जस्तोसुकै काम पनि बन्छ
फूल भन्छ सधैँ मलाई मिठो बास छर
दुःखै दुःख परे पनि मुस्कुराउने गर ।
सुरुङ्गा
विदाइ शुभकामना (कविता)
डम्बर भुजेल
सयपत्री, गुराँस, बुकी र टाँकी फूलसँग तिम्रो हाम्रो सम्बन्ध
यिनै फूलहरुले तिमी र हामीलाई दिएको शितल सुगन्ध
मुर्चुङ्गा र बिनायो बाजासँग हाम्रो पुरानो नाता
भेडेटारमा भेट हुने र रमाउने आज जुर्न गयो हाम्रो यात्रा
भेडेटारको शितलताले सम्झना गरायो तिम्रो हाम्रो पुरानो गाथा
तिम्रो पहलमा हामीले पाएका थियौं सुखद शान्तिको छाया
हामीलाई तिमीले दिएका थियौं मुटुभरी माया
आज तिमी हामी एक नदीका दुई किनारमा भएछौं
समय परिस्थितिले तिम्रो हाम्रो नाता ढाटिन पुगेछ
जिन्दगी यस्तै रहेछ,
बाध्यता र विवशताबीच पौठेजोरी खेल्दै
प्रकृतिको नियम सबैले पालना गर्नुपर्ने नै रहेछ
आखिर जिन्दगी दुई दिनको घाम छायाँ
तिमीलाई सम्झना रहिरहोस् हाम्रो माया
भेडेटारको हुस्सु र घाम एकछिन आएर गए जस्तै
बन्द खामभित्रको चिठ्ठी न हो जिन्दगी केही छैन भर
तिमी आउँदै जाँदै गर माया त नमार
लेकाली फूलको सुगन्धले तिमीलाई सम्झाइरहोस्
बिनायो र मुचुङ्गाको धुनले तिमीलाई यता लोभ्याओस्
तिम्रो परिस्थितिको यात्रा सफल बनोस्
सुनाखरी बेला चमेलीको सुबास छरे झैं तिमी सुवासित रहनु
लेकका लालीगुराँस फुलेझैं फुलिरहनु
तिमीलाई यही छ शुभकामना
विदाई गर्दैछौं तिमीलाई दुःखको साथमा
फेरि हाम्रो भेट होस्, यही छ कामना
पुनः फर्की आउने इच्छा जागृत बनोस्, यही छ हाम्रो बन्दना
तिम्रो र परिवारको सुस्वास्थ्य र दीर्घायुको हाम्रो छ कामना
उन्नति र प्रगति बढ्दै जाओस् भन्ने हाम्रो भावना ।
----------------------------*--------------------------*---------------------------*------------------------
(मिति: २०७२÷०४÷२७ गते भेडेटारमा महागुरू फाल्गुनन्द टोल सुधार समिति दमक–१ को आयोजनामा सम्पन्न यस समितिका पूर्व अध्यक्ष हाल यू.के. जाँदै गर्नु भएका श्रीप्रसाद वनेम तथा वहाँकी श्रीमती पदम माया वनेमको विदाई समारोहको उपलक्ष्यमा वर्तमान अध्यक्ष श्री कमलप्रसाद आङ्देम्बे, सल्लाहकार श्री मनोजकुमार राई, सल्लाहकार श्री तुमला राई, सल्लाहकार श्री घनेन्द्रराज योङ्या, सक्रिय सदस्यहरु श्री भक्तिमान धिमाल, श्री बलबहादुर राई, श्री चन्द्रप्रकाश राई, श्री मरिचमान भुजेल, श्री लक्ष्मी राई, श्री दिलकुमारी योङ्या, श्री सीता राई, श्री रामकुमार राई, श्री मिनु राई, श्री पिङ्गला चौधरी, श्री हेमकला राई, श्री मंगलमया आङ्देम्बे, श्री कृष्णकुमारी भुजेल आदि लगायतका महानुभावहरु समक्ष सक्रिय सदस्य श्री डम्बर भुजेलद्वारा रचित तथा वाचित ।)
दमक–१, झापा
नेपालीको अनुहार नै मन पर्छ (कविता)
![]() |
| सरस्वतीप्रसाद रिजाल |
हामी विश्व मानव खाल–खालको अनुहार लिई
कुना–कुनामा छरिएर बसेका छौं
एकले अर्कोलाई हेराईले चिनिने
अलग–अलग अनुहार लिई लिई जन्मेका छौं
देश–देशमाअ विभिन्न अनुहार भई जन्मेका
मानव प्राकृतिक देन एकले अर्को पहिचान हुने
मानव–मानव रुप अलग भए पनि
सीप, विचार रगत सबैले एउटै हुने
नेपाल बहुजाति देश बहु अनुहार लिएका
गोर्खाली नामले विश्वमा चम्किरहन्छ
मलाई त मेरै देशका नेपालीको अनुहार मन पर्दछ ।
लखनपुर–१, झापा
एक–एक जीवनहरू (कविता)
![]() |
चेतन डर |
भलाकुसारी गर्छन्, मृत्यु लाई नै मृत्यु दण्ड दिन
हिजो जस्तो आज लाग्छ, आज जस्तो हिजो
त्यसै पनि,
दिन जस्तै दिनहरूले मज्जा लिन्छन् जीवनसँग
फुर्सद उपनाम पाएका कलेख
आफुलाई बेरोजगारको सरकार ठान्छ
आफनो स्वतन्त्रको मुद्दा अघि सार्छ
क्षमताको व्यवस्थापन गर्ने,
युवा जस्तै युवाहरूको मृत्यु दण्डको घोषण हुन्छ ।
हान माननीयहरूको देशमा
पुनः समाचारले एकै साथ आन्दोलन सुरु गर्छ
जहाँ, सुन्ने कान
हेर्ने आँखा
कैद गर्ने मष्तिस्क
प्रतिसोध जिब्रो
अन्तरमुखी मन
मात्र स्तब्ध रहेर सोक मान्छन्
गर्भणी संविधानको मृत मसौद प्रति
मन जस्तै मनहरू आतंक भएर
अर्थ नरहेर अर्थहरू बुझिएन
ब्यार्थ जस्तै व्यार्थहरू को संरचना
अक्षर जस्तै अक्षरहरूको अस्तित्व
पूर्व भूगोलका किपोहरूले
ताम्रापत्रमा सघीयको दस्तावेज लेख्न थालेपछि ।
आत्मा हत्या गर्ने,
झुन्डिएको डोरी नजिक पुगेको
पहिचान जस्तै पहिचानहरू
अन्तरिम संविधानको चिहान भित्र
६०१ जीवनहरूको अवशेष
सार्क जस्ता सार्कहरू को खरबौ.खर्चले
बालुवाटारमा प्रदर्शन गरिरहेछ ।
फोटो जस्तै फोटोहरू
काङसोरे जस्तै काङसोरेहरूको आँखामा कैद हुनेछ ।
कविता जस्तै कविताहरू
कवि जस्तै कविहरू
क्यामरा जस्तै क्यामराहरू को सांघुरो फ्रेममा
वादका मृत्यु नजिक पुगेका जीवनहरू
भन्छन्, ......
म जस्तो हुन सिक
म संग भएको गुण तिमीमा छैन् ।
तिमी संग भएको गुण म संग छैन् ।
मान्छे जस्तै मान्छेहरू को फरक स्वभाव
मान्छे बन्ने उल्टो पिरामिडको युनिभर्सिटिमा
अन्योल भएका छन्
कद र पद रहेका एक–एक जीवनहरू ।
–इलाम
शान्ति कहाँ छौ तिमी
![]() |
| सुयोग नेपाल “कोबिद” |
शान्ति कहाँ छौ तिमी
खाचो छ देशमा तिम्रो
आइ नेपालमा खुसि बनाईदेउ
जीवन हाम्रो राम्रो ।
शान्ति कहाँ छौ तिमी
रोक देशमा भ्रष्टाचार
आइ यहाँ लगाउ नेपाललाई ।
खाचो छ देशमा तिम्रो
आइ नेपालमा खुसि बनाईदेउ
जीवन हाम्रो राम्रो ।
शान्ति कहाँ छौ तिमी
रोक देशमा भ्रष्टाचार
आइ यहाँ लगाउ नेपाललाई ।
शान्ति कहाँ छौ तिमी,
किन हटेको देश बाट,
भ्रस्टचारी नेताको सट्टामा,
सज्जन नेता साट ।
शान्ति आउ देशमा ,
मद्दत गर देश विकासमा,
सभ्यताको शिखरमा चडाउ अनि,
पु¥याउ देशको नाम आकाश माथि ।
कक्षा–८, एलाइड अंग्रेजी मावि, दमक १३, झापा
Connect us in Facebook
Popular News
-
नागरिकका दैनिक सरोकार राख्ने कुराहरुमा राज्य जिम्मेवार बन्नुपर्छ भनिराख्नु पर्ने विषय पनि होइन । तर मुलुकमा भइरहेको पछिल्लो राजनैतिक गतिविध...
-
दमक/ झापाको दमकबाट अर्को एक नयाँ पत्रिकाको प्रकाशन सुुरु भएको छ । आईतवार प्रकाशित हुुने यस पत्रिकाको पहिलो अंक प्रकाशन भईसकेको छ । कार्...
-
काठमाडौँ/ सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा घोषणा गरेको मेची–काली रेलमार्गको कामले अपेक्षित गति लिन सकेको छैन । सरकारले प्राथमिकताक...
-
झापा/ साउनको अन्तिम सोमबार दिनभर देशैभरका शिवालयहरूमा विभिन्न नदी तथा जलाशयबाट ल्याइएको जल चढाउनेहरूको घुँईंचो लागेको छ । सोमबारको दिनलाई ...
-
दमक/ नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाको दमक नगर सम्मेलन आयोजक कमिटी गठन भएको छ । बालकृष्ण गजमेरको संयोजकत्वमा ३३ सदस्यीय नगर सम्मेलन आयोज...
-
टंक पाठक २०७२ श्रावण २३ गते संविधान निर्माणका क्रममा यो विश्वको मानचित्रमा देख्न नसकिने सानो देश ६ कित्तामा संघीय राज्यको लागि विभाजन...
-
धुलाबारी/ आर्थिक अभावका कारण देखाएर दुईबर्षदेखि बन्द भएको झापा धुलाबारीस्थित मेची आम्दा अस्पताल शुक्रबारदेखि पुनःसञ्चालनमा आएको छ । मेचीनग...
-
मोरङ/ विद्युत् कटौतीका कारण मोरङ–सुनसरी आद्योगिक करिडोर क्षेत्रका प्लास्टिक उद्योगलाई समस्या भएको छ । अन्तर्राष्ट्रिय मन्दी र विद्युत् कटौ...
-
उर्लाबारी/ मोरङको उर्लाबारीस्थित उर्लाबारी उद्योग बाणिज्य संघको आगामी भदौ १९ र २० गते हुने चुनावी साधरणसभाका लागि नेपाली कांग्रेसले आफ्नो क...
-
दमक / बिश्वकर्मा सेवा समाज दमकको पहिलो साधारणसभाले शुक्रबार दुई जना पत्रकार लाई सम्मान सहित समाजकोे नयाँ नेतृृत्व समेत चयन गरेको छ । दमकस्...