Featured Photos
दमकमा निकालिएको सद्भाव र्याली – दमक उद्योग वाणिज्य संघ ।
दमकमा निकालिएको सद्भाव र्याली – सौन्दर्य कला व्यवसायी संघ ।
दमकमा निकालिएको सद्भाव र्याली – आदर्श उमाविका विद्यार्थीहरु ।
दमकमा निकालिएको सद्भाव र्याली – विद्यार्थीहरु ।
दमकमा निकालिएको सद्भाव र्याली – पशुपति किर्तन मण्डली परिवार ।
दमकमा निकालिएको सद्भाव र्याली – रोटरी क्लवका सदस्यहरु ।
Recent News
Home » Posts filed under Biography
दुर्गा भवानीमा लेडिज चप्पल उत्पादन शुरु
दमक/ दुर्गा भवानी फुट वेयर उद्योगले लेडिज ब्रान्डका चप्पल उत्पादन शुरु गरेको छ । दमक –१ स्थित संगम चोकमा रहेको सो उद्योगले ६ प्रकारका चप्पलको उत्पादन शुरु गरेको हो ।
गत असारको पहिलो साताबाट सञ्चालनमा आएको उद्योगले दैनिक लेडिज, जेन्स र बच्चाले लगाउने चप्पल उत्पादन गरिरहेको छ । उद्योगले अहिले दैनिक ६सयदेखि ७ सय जोडी चप्पल उत्पादन भईरहेको उद्योगका सञ्चालक विमल राईले जानकारी दिए । ट्राक जिरो एक, ट्राक जिरो टु र ट्राक किड्स लगायतका पियुबी वेष्ट चप्पल पूर्वाञ्चल र बीरगञ्ज सम्म थोक बिक्री भइरहेको उद्योगले जनाएको छ ।

युवा संघको सह–संयोजकमा थापा
दमक/ युवा संघ नेपाल झापा क्षेत्र नम्बर ७ को सह–संयोजकमा राजकुमार थापालाई तोकिएको छ । क्षेत्रीय अध्यक्ष रामगोपाल राईको अध्यक्षतामा शुक्रबार दमकमा सम्पन्न संघको बैठकले थापालाई सह–संयोजकको जिम्मेवारी तोकेको हो । संघका विदेश विभाग सदस्य शम्भु भण्डारी र अञ्चल कमिटी सदस्य प्रकाश नेपालको उपस्थितिमा सम्पन्न सो बैठकले एक दिने क्षेत्रस्तरीय उदघोषण तालिम समेत सञ्चालन गर्ने निर्णय गरेको सचिव हरि पौडेलले जानकारी दिए ।
राधाकृष्ण मैनालीको एमाओवादी अनुभव
राधाकृष्ण मैनाली नेपालको कम्युनिस्ट आन्दोलनका पुराना नेता हुन् । कम्युनिस्ट पार्टीले नेपालमा पहिलोपटक ०२८ मा झापामा सशस्त्र संघर्ष गर्दा मैनाली त्यसका अगुवा थिए । एमालेको स्थायी कमिटीमा रहेकै वेला पार्टी नीतिविपरीत राजसंस्थालाई फाइदा पुग्ने गरी पत्रपत्रिकामा लेखेको भन्दै एमालेले उनलाई कारबाही ग¥यो । उनी ज्ञानेन्द्र शाह नेतृत्वको सरकारमा मन्त्रीसमेत भए । एमाओवादीमा गए । एमाओवादीमा प्रवेश गरे पनि त्यहाँभित्र आफूलाई अपमान गरिएको भन्दै उनी केही समय निष्क्रियजस्तै बसे । र, अन्ततः पुरानै पार्टी एमालेमा फर्के । हाल एमाले केन्द्रीय कमिटी सदस्य छन् । मैनालीको एमाओवादीमा बस्दाको अनुभव :
माओवादी जबसम्म खुला भएको थिएन, त्यसबेलासम्म माओवादीप्रति म आलोचक नै थिएँ । उनीहरूले जनयुद्धलाई जनयुद्धको शैलीमा लगेनन् भन्ने मेरो गुनासो थियो । मेरो बुझाइमा, जनयुद्ध भनेको हतियार बोक्ने राज्यको सेनासँग जनताका निम्ति हतियार बोक्ने सेना लड्ने हो । हतियार बोकेर निहत्था मान्छे मार्ने हो भने जनयुद्ध हुँदैन, आतंक हुन्छ । माओवादीले हतियार बोकेर धेरै निहत्था मान्छे धेरै मारे । पढाइराखेका मास्टरलाई, उपचार गराइराखेकी नर्सलाई उनीहरूले मारे । हिँडिरहेको बसमा बम हाने । त्यो एउटा गल्ती थियो ।
अर्काे गल्ती के गरे भने, जनयुद्ध भनेको गाउँ हुँदै सहर घेर्ने हो । तर, माओवादीहरू गाउँलाई पक्कड बनाउनतिर नलाग्ने, अलि–अलि मान्छे बटुलेर जिल्ला सदरमुकाममा मान्छे मार्ने, घर भत्काउने र त्यसैमा रमाउने काम गरे । चीनको हिट एन्ड रन राजनीतिलाई नेपालका माओवादीले दुरुपयोग गरे । गाउँमा जनसरकार बनाउने, जनसरकारले त्यहाँका जनताका बीच संगठन बनाएर त्यहीँको भूगोलका मान्छेलाई स्थानीय सरकारमा सामेल गरेर चीनमा माओले त्यसलाई लोकप्रिय बनाउँदै गए र सहर घेरे । त्यसको ठीक उल्टो नेपालका माओवादीले दुई–चारजना हुल्याहा प्रवृत्तिका मान्छे जम्मा पार्ने, संगठन नबनाउने, राजनीतिक प्रशिक्षण नदिने अनि लाठी बोकाएर पठाउने काम गरे ।
माओवादीहरूले १२ बुँदे सम्झौता गरेर बाहिर आउँदा उनीहरूले गलत तरिकाले उठाएको जनयुद्धको अन्त्य भयो भन्ने लागेको थियो । त्यो राम्रो कुरा थियो । नराम्रो कुराचाहिँ के थियो भने जनसेना निर्माण गर्दै कम्युनिस्ट शासन सुरु गरिएको आन्दोलनलाई दोस्रोचोटि पनि तुहाएर छाडे । पहिलोचोटि हामीले नसकेरै तुहाएका थियौँ । हामीले पनि २६–२७ महिना गुरिल्ला युद्ध चलायौँ । हाम्रो गुरिल्लाको संगठनचाहिँ युनिट तहभन्दा माथि गएको थिएन । हामीसँग फायर हतियार पनि थिएनन् । त्यो अगाडि जान सकेन । तर, माओवादीहरूले राष्ट्रिय स्तरको संघर्ष चलाएर राज्य नै कब्जा गर्छाैँ भन्ने तहमा पुगिसकेपछि पनि १२ बुँदे सम्झौता गरे । कम्युनिस्ट आन्दोलनका हिसाबले उनीहरूले एउटा धोका दिएका हुन् । उनीहरूले तेस्रोचोटि कम्युनिस्ट आन्दोलनलाई उठ्न निकै गाह्रो हुने गरी उनीहरूले धोका दिए । उनीहरूले राज्यको खर्बाैँको सम्पत्ति ध्वस्त पनि बनाए, पछि ध्वंसकर्तालाई पैसा दिने नाममा पार्टीका नेताले पनि अर्बाैँ कमाए भन्ने सुनियो । राजनीतिक कार्यकर्ता पैसाका लागि लडेका त होइनन् नि । कि त उनीहरूले पुरानो सेनालाई क्याप्चर गरेर त्यो सेनालाई राजकीय सेनामा परिणत गर्न सक्नुपथ्र्याे । तर, उनीहरूले शान्ति सेनामा गएर मेसनरीजस्तो अलिकति पैसामा खरिद गरेर छाडिदिनेजस्तो गरेर सेना बिसर्जन गरे ।
माओवादीको विगत देख्दादेख्दै पनि मलाई माओवादी राजनीतिक रूपले अगाडि आउने भए भन्ने लाग्यो । त्यसवेला म कुनै पार्टीमा पनि थिइनँ । एमालेले मलाई निकालेको थियो । एमालेका कोही मलाई सोध्न पनि आउँदैनथे । बरु, मसँगै जेलजीवन बिताएका माओवादीका केही नेतासँग कुरा हुन थाल्यो । धर्मेन्द्र बास्तोला र म ०४२–४३ ताका जेलमा सँगै थियौँ । उहाँमार्फत कुराकानी अगाडि बढ्यो । सुरुमा मोहन वैद्यसँग भेट भयो । वैद्यसँग लामो कुरा भयो । उनी खुलेर कुरा त गर्दैनथे, तर उनको मुहारमा र हाउभाउमा असन्तुष्टि झल्किन्थ्यो । उनको कुरा बुझ्न सकिन्थ्यो । उनी मलाई अलिक काँतर मान्छे लाग्यो । मनमा यो बिसर्जनको बाटो हो भन्ने लाग्दालाग्दै पनि उनले हतियार बुझाउने लगायतका सारा कुरामा सही गर्दै अगाडि आए । अनि मैले पनि के बुझेँ भनेँ, अब उनीहरू हतियार बोक्ने, आतंक मच्चाउने हिजोका माओवादी रहेनन्, त्यो चरण समाप्त भयो । अब राजनीतिक रूपमा संसदीय अभ्यासमा आउन उनीहरूलाई के सजिलो थियो भने यहाँ एमाले पनि थियो । एमालेले पनि हिजो हतियार बोकेर घुम्दै–फिर्दै संसदीय राजनीतिमा आएर संसदीय धारलाई स्थापित मान्यता बनाइसकेको थियो । त्यसो हुनाले माओवादीलाई ल्यान्डिङ गर्न पनि सजिलो भयो । एमाले आयो, माओवादी किन आउँदैन भन्ने कुराले अरूलाई पत्याउन पनि सजिलो भयो । विदेशीहरूले पनि पत्याइदिए, यहीँका शासकहरूले पनि पत्याए । त्यो वेलामा मैले पनि अब माओवादी राजनीतिक हुन्छन् भन्ने ठानेँ । चिन्तनगत रूपले उनीहरूले आफूलाई राजनीतिक पार्टीका रूपमा उभ्याउँछन् भन्ने लाग्यो । म पनि एउटा राजनीतिक मान्छे हुँ । मेरो राजनीतिक कार्यकर्ताको हैसियत त्यहाँ पनि बन्न सक्ला भन्ने लाग्यो । प्रचण्ड, बाबुरामसँग कुरा हुँदा पनि उहाँहरूले ‘तपाईं किन एक्लै बस्नुहुन्छ, आउनुस् सँगै बसौँ’ भन्नुभयो ।
प्रचण्डसँग पहिलो भेट उहाँ प्रधानमन्त्री भएपछि भयो । मान्छे भेटेपछि झ्याप्प प्रभावमा पार्न सक्ने उहाँको क्षमता रहेछ । मलाई भक्तबहादुर श्रेष्ठले लिएर जानुभएको थियो । भक्तबहादुर र म ०४२ सालमा वीरगन्ज जेलमा सँगै थियौँ । सेना सक्रिय भएका वेला, राजाको शासन सुरु हुने–हुने वेलामा मैले र वामदेवले दुई–तीनपटक भक्तबहादुरजीलाई बचाइदिएका थियौँ । एकचोटि त मैले केही दिन आफ्नै घरमा ल्याएर पनि राखँे । पछि उहाँ बिमारी हुनुभयो, मैले आफैँले शिक्षण अस्पताल महाराजगन्जमा लगरे उपचार गराएँ । त्यो वेलादेखिको दोस्ती भएकाले उहाँले एक दिन ‘आरकेजी तपाईं पनि एक्लै बस्नुभएको छ, हिँड्नुस् प्रचण्डसँग कुरा गरौँ, म भेटघाट मिलाउँछु’ भनेर लिएर जानुभयो । भक्तबहादुरलाई सबैले ‘बाउ’ भन्दा रहेछन् । मलाई देख्नासाथ प्रचण्डले परैबाट पूर्वपरिचितजस्तो गर्नुभयो । ‘ओहो, मैनालीजी आउनुभएछ’ भन्दै निकै हाउभाउ देखाउँदै अँगालो हाल्नुभयो । ‘फस्ट इम्प्रेसन’चाहिँ दिन सक्ने, तर ‘लास्ट इम्प्रेसन नेगेटिभ’ हुने मान्छे हुनुहुँदो रहेछ । त्यो दिन मैले माओवादीमा जाने कुनै कुरा गरिनँ । केही सल्लाह दिएँ ।
पहिलो संविधानसभाको चुनावको वेला वैद्यजीले सोधेको हुनाले मैले सबै नेता चुनाव नलड्नुस् भन्ने सल्लाह दिएको थिएँ । यो चुनावले तपाईंहरूले भनेजस्तो परिणाम ल्याएन भने धेरै बद्नाम हुनुहुन्छ भनेको थिएँ । मेरो सल्लाह मानेनन् । सबै चुनाव लडे । धन्न चुनाव जितेर आए । वैद्यले फेरि बोलाउनुभयो । मैले तपाईंहरू सरकारमा नजानुस्, जानुहुन्छ भने तल्लो तहका नेताहरूलाई पठाउनुस् भनेँ । मनमोहन अधिकारीको सरकार किन गि¥यो भन्नेबारे तीन–चारजना चिन्तनशील मान्छे राखेर खोजबिन गर्नुस् पनि भनेँ ।
तर, माओवादी सरकारमा गयो । त्यो सरकारको आयु मनमोहन सरकारको भन्दा लामो हुँदैन भनेर मैले त्यसबेलै भनेको थिएँ । नभन्दै पछि त्यही भयो । मैले तत्कालीन प्रधानसेनापति रुकमांगद कटवालका बारेमा प्रचण्डलाई पनि भनेको थिएँ, ‘तपाईं बेकार कटवाललाई किन चलाउनुहुन्छ ?’ तर, उहाँलाई कटवाल नहटाई हुँदै भएन । अहिले पनि कटवाल हटाउनु गल्ती थियो भनेर प्रचण्ड आफैँ कराएको कराएकै छन् । चीनबाट फर्केर आएपछि प्रचण्डले विमानस्थलमा ‘मेरो राजनीतिक भ्रमणचाहिँ भारतबाटै हुन्छ’ भने । केही दिनपछि भएको भेटमा ‘के खेलाँची गरेको ? चीनबाट राजनीतिक यात्रा सुरु गरेँ, भारतप्रति पनि नकारात्मक धारणा छैन भनेको भए भइहाल्थ्यो नि’ भनेर पड्केँ । तीन–चारवटा भेटपछि प्रचण्डले ‘आरकेजी, तपाईंको राजनीतिक विश्लेषण ठिकै रहेछ, तपाईं–हामी सँगै जाऔँ’ भन्नुभयो ।
त्योभन्दा पहिले मलाई वैद्यले पनि भनेका थिए । वैद्यले भन्दा पनि म चुप लागेँ, प्रचण्डले भन्दा पनि चुप लागेँ । त्यसपछि म बाबुराम भट्टराईकहाँ गएँ । त्यसवेला माओवादी सरकारबाट फर्किसकेको थियो । बाबुरामसँग आर्थिक सुधारका बारेमा दुई–तीनपटकसम्म लामा–लामा बहस भए । बाबुरामले ‘मैले गल्ती गरेछु आरकेजी, तपाईंलाई मैले अर्थमन्त्री हुनुअगाडि नै भेट्नुपर्ने रहेछ । तपाईंका आइडियाले धेरै काम गर्न सक्ने रहेछु’ भन्नुभयो । उहाँले पनि ‘म प्रचण्डसँग पनि कुरा गर्छु, तपाईं अलग नबस्नुस्, सँगै जाऔँ, एउटै कमिटीमा बसेर काम गरौँ’ भनेर अझ प्रस्टसँग भन्नुभयो । एउटै कमिटीमा बसेर काम गर्ने हो भने ठिकै छ नि त भनेँ मैले । उनीहरू एउटा राजनीतिक ओरिन्टेसनमा आउँदै छन् भन्ने मैले ठानेँ । त्यसपछि उनीहरूले पार्टी प्रवेश कार्यक्रमको आयोजना गरे, म गएँ । बाबुराम चितवन कि कता जानुभएछ, प्रचण्ड र वैद्यजी हुनुहुन्थ्यो । प्रचण्डले बोल्ने क्रममा ‘उहाँ राजनीतिको धरोहर हो भन्दै प्रशंसा गर्दै उहाँलाई उचित जिम्मेवारी दिइन्छ’ पनि भन्नुभयो ।
तुरुन्त जिम्मेवारी दिने भने, सदस्यता फारम भराए, लेबी लिए । मैले दुई–तीन महिनाको लेबी तिरेँ । ‘तपाईं धेरै पार्टी कार्यालय आइरहनुपर्दैन, वैद्यको सम्पर्कमा बस्नुस्’ भने । मलाई पार्टी कार्यालयमा गएर गाँड लागेर बस्न पनि मन थिएन । त्यहाँ आउनुपर्दैन भनेपछि सजिलै ठानेँ । तर एक महिना, दुई महिना हुँदै आठ–नौ महिना बितेपछि सल्लाहकारमा राख्ने कुरा सुनेँ । प्रचण्डकोमा गएँ । १०–१५ दिनको फरकमा प्रचण्डकोमा गइरहन्थँे, लागेका कुरामा सल्लाह दिन्थेँ, हिँड्थे । ‘मलाई सल्लाहकारमा राखेर तपाईंहरूले के गरेको ? सल्लाहकारमा राख्न तपाईंहरूले मलाई पार्टी प्रवेश गराउनैपर्दैनथ्यो नि । एमाले, कांग्रेसले बोलाउँदैनथे, बोलाउने तपाईंहरूले हो । लागेको कुरा भनिहाल्थेँ, सल्लाहकारको त्योभन्दा अरू के भूमिका हुन्थ्यो र ? मलाई एक सय १० जनामा एक सय ११औँमा उल्लु बनाउने ? यो मेरा निम्ति ठूलो अपमान हो’ भनेँ । ‘होइन, तपाईंलाई सम्मानका निम्ति ल्याएको’ भन्नुभयो प्रचण्डले । ‘तपाईंको सल्लाहकारको भन्दा मेरो निजी सम्मान नै माथि छ, म आफूलाई त्यति कमजोर ठान्दिनँ, मेरो सम्मान उठाउन तपाईंको सल्लाहकार भइरहनुपर्छ र ? ’ भनेँ । त्यसपछि, उहाँले ‘होइन, म मिलाउँछु’ भन्नुभयो ।
पार्टी फुट्ने बेला मैले प्रचण्ड र वैद्य दुवैलाई भेटेर ‘नफुट्नुस्, फुट्नुभयो भने तपाईंहरूको गति गरास् हुन्छ, तपाईंहरूसँग हिजोको क्रान्तिकारीपन छैन । फुट्नेबित्तिकै हाम्रो पल्लाभारी हुन्छ भनेर कसैले नठान्नुस्’ भनेँ । वैद्यलाई भेट्यो प्रचण्डलाई भन् भन्ने, प्रचण्डलाई भेट्यो वैद्यलाई भन् भन्ने । उहाँहरूको झगडा चर्केको चर्केकै भयो । त्यतिखेर मैले बाबुरामलाई त्यति जोड गरिनँ, किनभने बाबुरामको फुट्ने र जुट्नेसँग त्यति भूमिका थिएन । अन्ततः उनीहरू फुटे ।
फुटपछि हेटौँडा अधिवेशनको दिन बिहानै एमालेबाटै गएर माओवादीमा केन्द्रीय सदस्य भएका एकजनाले फोन गरे, ‘तपाईं यहाँ किन आउनुभएन ? ’ मैले भनेँ, ‘मलाई बोलाएकै छैन किन आउनु ?’ सल्लाहकार मैले उतिबेलै अस्वीकार गरेको थिएँ । अस्वीकार गरेको भए पनि अधिवेशनमा आऊ भनेर बोलाएको भए म जान्थँे होला । तर, अधिवेशनपछाडि यो भूमिका दिन्छौँ भन्नेचाहिँ हुनुपथ्र्याे । त्यो नभनीकन जाँदिनथेँ भनेपछि उनले ‘प्रचण्डसँग कुरा गरौँ त’ भने । मैले ‘हुन्छ’ भनिदिएँ । त्यसपछि म मर्निङवाकमा निस्किएँ । प्रचण्डले दुई–तीनचोटि फोन गर्नुभएछ । मर्निङवाकबाट फर्केपछि ११ बजेतिर मात्र फोन आएको थाहा पाएँ । त्यतिबेला थाहा पाएर १२ बजेको उद्घाटनमा जाने कुरा हुँदैनथ्यो । बेलुका हेटौँडा पुगेर एउटा कुनामा बस्ने अनि दुई–तीन दिन दाल–तरकारी खाएर फर्कन मलाई के स्वाद ? म गइनँ । त्यसपछि एमाओवादीसँग टाढा–टाढा हुँदै गएँ ।
एमाओवादीको सर्वनाश हुनुमा केही कारण मैले देखेँ । पहिलो, एमाओवादीमा पार्टी सदस्यताको अवधारणा राम्रो छैन । दोस्रो, भूगोलमा आधारित कमिटी बनाउनुपर्छ, स्थानीय मान्छे ल्याउनुपर्छ भन्ने छैन । तेस्रो, एमाओवादी कार्यकर्ता भनेका पैसा खाने मात्र हुन् । गाउँमा गयो झगडा हे¥यो, यति पैसा ले मिलाइदिन्छु भन्यो, दुवै पक्षबाट पैसा लियो, हिँड्यो । एमालेका पनि पैसा त खान्छन्, तर उनीहरूलाई सम्झाएर, बुझाएर कुनै संगठनमा ल्याएर मतदाता बनाउँछन् । माओवादीले चाहिँ बैरी बनाउँछन्, मतदाता गुमाउँछन् । संगठनलाई राजनीतिक बनाउँदै नबनाउने । एमालेका कार्यकर्ताले १० वर्षमा आफ्नो जीवनस्तर जति उकासे, माओवादी कार्यकर्ताले त्यति त ६ महिनामै उकासे । त्यो हालत देखेपछि मैले धेरैचोटि यी अवगुण सुधार्नुस् भनेँ । पछि गएर त उनीहरूले मलाई डाम्ने मात्र काम गरे । मैले यिनीहरूको राजनीतिक भविष्य नै देखिनँ र एमाओवादी छाडिदिएँ ।
प्रस्तुति ः उज्वल पहाडी

इराकबाट फर्किएर कुखुरापालन व्यवसाय
दुधे/ वैदेशिक रोजगारीका लागि इराक पुगेका दुई युवाले त्यहाँबाट फर्किएर अहिले झापामा कुखुरापालन व्यवसाय सुरु गरेका छन् ।
शिवसताक्षी नगरपालिका–३ व्याङ्डाँडाका पवन कटुवाल र धनकुटा निवासी पदम राईले ९० लाख लगानी गरेर कुखुरापालन व्यवसाय सुरु गरेका हुन् । धन कमाउन इराकमा पुगेका कटुवाल र राईको त्यहीँ पाँचवर्ष अगाडि चिनजान भएको थियो । इराकमा आफूले गरेको दुःख सम्झिएर विदेशमा गरिने दुःख नेपालमा पनि गरे मनग्य आम्दानी लिन सकिन्छ भनेर नेपाल फर्किएको र झापामा कुखुरापालन व्यवसाय सुरु गरेको कटुवाल र राईको एउटै भनाई छ ।
नेपाल फर्किए लगत्तै आफूहरूले व्यावसायिक कुखुरापालनका लागि डार्डेन पोल्ट्री फार्म सुरु गरेको बताउँछन् व्याङ्डाँडाका कटुवाल । नौ कट्ठा क्षेत्रफलमा बनाइएको व्यवस्थित फार्ममा अहिले आठ हजार लेयर जातका कुखुरा पालिएको र दैनिक ४५० भन्दा बढी अन्डा उत्पादन गर्न समेत सुरु भइसकेको कटुवालले बताए ।
फार्म सञ्चालनका लागि अहिले सात जनालाई आफूहरूले रोजगारीसमेत उपलब्ध गराएको उनीहरूको भनाइ छ । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर फार्म सुरु गर्दा होच्याउने र गिज्याउने धेरै भएपनि अहिले सातजनालाई आफैँले रोजगारी दिएपछि आफूहरूले सुरु गरेको कुखुरापालन
व्यवसाय हेर्न आउनेको घुइँचो नै लाग्ने गरेको छ फार्मका अर्का सञ्चालक राईले बताए । आँट, जोश र जाँगर भयो भने सफलता पाउन कुनै गाह्रो रहेनछ तर परिश्रम गर्नुपर्याे, राईले भने । आफूहरूले सुरु गरेको यो व्यवसायबाट अहिले झन्डै रु ७५ हजार मासिक बचत गर्नसमेत सुरु गरिसकेका छौँ, फार्मका सञ्चालक कटुवालले भने ।
शिवसताक्षी नगरपालिका–३ व्याङ्डाँडाका पवन कटुवाल र धनकुटा निवासी पदम राईले ९० लाख लगानी गरेर कुखुरापालन व्यवसाय सुरु गरेका हुन् । धन कमाउन इराकमा पुगेका कटुवाल र राईको त्यहीँ पाँचवर्ष अगाडि चिनजान भएको थियो । इराकमा आफूले गरेको दुःख सम्झिएर विदेशमा गरिने दुःख नेपालमा पनि गरे मनग्य आम्दानी लिन सकिन्छ भनेर नेपाल फर्किएको र झापामा कुखुरापालन व्यवसाय सुरु गरेको कटुवाल र राईको एउटै भनाई छ ।नेपाल फर्किए लगत्तै आफूहरूले व्यावसायिक कुखुरापालनका लागि डार्डेन पोल्ट्री फार्म सुरु गरेको बताउँछन् व्याङ्डाँडाका कटुवाल । नौ कट्ठा क्षेत्रफलमा बनाइएको व्यवस्थित फार्ममा अहिले आठ हजार लेयर जातका कुखुरा पालिएको र दैनिक ४५० भन्दा बढी अन्डा उत्पादन गर्न समेत सुरु भइसकेको कटुवालले बताए ।
फार्म सञ्चालनका लागि अहिले सात जनालाई आफूहरूले रोजगारीसमेत उपलब्ध गराएको उनीहरूको भनाइ छ । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर फार्म सुरु गर्दा होच्याउने र गिज्याउने धेरै भएपनि अहिले सातजनालाई आफैँले रोजगारी दिएपछि आफूहरूले सुरु गरेको कुखुरापालन
व्यवसाय हेर्न आउनेको घुइँचो नै लाग्ने गरेको छ फार्मका अर्का सञ्चालक राईले बताए । आँट, जोश र जाँगर भयो भने सफलता पाउन कुनै गाह्रो रहेनछ तर परिश्रम गर्नुपर्याे, राईले भने । आफूहरूले सुरु गरेको यो व्यवसायबाट अहिले झन्डै रु ७५ हजार मासिक बचत गर्नसमेत सुरु गरिसकेका छौँ, फार्मका सञ्चालक कटुवालले भने ।
भदौ पहिलो सातामा संविधानः महामन्त्री सिटौला
झापा पोष्ट समाचार
गौरीगञ्ज/नेपाली कांग्रेसका महामन्त्री कृष्ण प्रसाद सिटौलाले सयौ जनताहरूको बलिदानीबाट प्राप्त भएको पछिल्लो उपलब्धिको स्वामित्व ग्रहण गर्न जनता तयार रहन आग्रह गरेका छन् । महामन्त्री सिटौलाले आउदो भदौ पहिलो साता भित्रमा मुलुकले नयाँ संबिधान पाँउने ग्यारेन्टी गर्र्दै जनताले चाहेको पछिल्लो उपलब्धीको नासो जनतालाई जिम्मा लगाईने बताएका हुन् । झापाको खजुरगाछी– ६ स्थित देविगञ्जमा कांग्रेसका नेता स्व.श्यामसुन्दर यादवको स्मृतिमा निर्माण गरिन लागेको शालिकको सोमबार शिलान्यास कार्यक्रममा बोल्दै महामन्त्री सिटौलाले यस्तो बताएका हुन् । अव संबिधान निर्माणका लागी सवै आधारहरू तयार भईसकेकाले संघीय गणतन्त्रात्मक संविधान जारी हुने उनले बताए । महामन्त्री सिटौलाले भने–‘तपाईहरू ढुक्क रहनुहोस् भदौको पहिलो हप्तामा नै मौलिक अधिकारसहितको लोकतान्त्रिक संबिधान आउछ ।’

सिटौलाले माओवादीले गरेको दशवर्षे आन्दोलनले ज्ञानेन्द्रलाई उदय गराएको प्रसंग उल्लेख गर्दै अहिले संविधान निर्माणका विषयमा देखिएका समस्याहरू प्रति विमती राखेर सडकमा ओर्लिएका दलहरूलाई सडकबाट संविधान निर्माण नहुने सुझाउ दिए । उनले भने–‘ संविधानसभा भित्रैबाट छलफल र सहमति गरेर यसको निकास खोजौ ।’
संबिधान निर्माणका लागी जनताबाट प्राप्त भएका सुझाबहरूलाई उच्च प्रथामिकतामा राखेर गणतन्त्र बाहेकका अन्य उठेका सवालहरूमा भने अझैपनि छलफल गर्न सकिने महामन्त्री सिटौलाको भनाई थियो । उनले भने –‘ यदि कसैले राजतन्त्रको सपना देख्छ भने त्यो दिवा सपना मात्र हुनेछ ।’
संबिधान निर्माणका क्रममा देखिएको जटिल विषय बनेको संघीयताका सवालमा सिमांकन सहितको ६ प्रदेशमा सहमति भएपछि यसको अन्तिम खाका समेत तयार भईसकेको उनले बताए । यादवको शालिक अनावरणका लागि गृहजिल्ला झापा आएका महामन्त्री सिटौलाले मुलुक अब लामो समय सम्म अनिर्णयको बन्दी भएर बस्न नसक्ने भन्दै यसै वर्षभित्रमा स्थानीय निकायको निर्वाचन सम्पन्न गरी दोस्रो र तेस्रो वर्ष भित्रमा प्रदेशसभा र केन्द्रसभाको समेत निर्वाचन गरिने बताए । अहिले आएको संघीयताको खाका नै सधैका लागि हुन नसक्ने भन्दै गणतन्त्रमा जनतानै सर्वपरी हुने भएकाले उनीहरूको चाहना अनुुसार भोलीपनि प्रदेशहरूको थपघट हुन सक्ने उनको भनाई रहेको थियो । सिटौलाले सोमबार नै लखनपुर–८ स्थित सरस्वति माविमा सञ्चालित जेटिए कृषि परियोजनाकाबारे स्थलगत अवलोकन गरी जानकारी लिएका थिए । सिटौला प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा सहभागी हुन आईतबार खजुरगाछी आएका हुन् ।
खजुरगाछी गाविसका निर्वतमान अध्यक्ष श्यामसुन्दर यादवलाई तत्कालीन विद्रोही माओवादीले २०५८ साल असार १३ गते अपहरणपछि चरम यातना दिएर १७ गते उनको हत्या गरेका थिए । उनै यादवको सम्झनामा श्यामसुन्दर स्मृति प्रतिष्ठानको स्थापना गरी यादवको शालिक निर्माण गर्न लागिएको हो । सोही स्थानमा प्रतिष्ठानले १ कठाजग्गा १ लाख ३१ हजारमा खरिद गरी शालिक निर्माणका लागि शिलान्यास समेत गरिसकेको छ । महामन्त्री सिटौलाको प्रमुख उपस्थितिमा सम्पन्न सो कार्यक्रममा सभासद महेन्द्रकुमारी सुब्बा, पार्टीका जिल्ला सभापति उद्धव थापालगायतले बोलेका थिए । प्रतिष्ठानका अध्यक्ष मखना महतो गैदारको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा पार्टीका विभिन्न तह तथा भातृ संघ संगठनका पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।

Connect us in Facebook
Popular News
-
नागरिकका दैनिक सरोकार राख्ने कुराहरुमा राज्य जिम्मेवार बन्नुपर्छ भनिराख्नु पर्ने विषय पनि होइन । तर मुलुकमा भइरहेको पछिल्लो राजनैतिक गतिविध...
-
दमक/ झापाको दमकबाट अर्को एक नयाँ पत्रिकाको प्रकाशन सुुरु भएको छ । आईतवार प्रकाशित हुुने यस पत्रिकाको पहिलो अंक प्रकाशन भईसकेको छ । कार्...
-
काठमाडौँ/ सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा घोषणा गरेको मेची–काली रेलमार्गको कामले अपेक्षित गति लिन सकेको छैन । सरकारले प्राथमिकताक...
-
झापा/ साउनको अन्तिम सोमबार दिनभर देशैभरका शिवालयहरूमा विभिन्न नदी तथा जलाशयबाट ल्याइएको जल चढाउनेहरूको घुँईंचो लागेको छ । सोमबारको दिनलाई ...
-
दमक/ नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाको दमक नगर सम्मेलन आयोजक कमिटी गठन भएको छ । बालकृष्ण गजमेरको संयोजकत्वमा ३३ सदस्यीय नगर सम्मेलन आयोज...
-
टंक पाठक २०७२ श्रावण २३ गते संविधान निर्माणका क्रममा यो विश्वको मानचित्रमा देख्न नसकिने सानो देश ६ कित्तामा संघीय राज्यको लागि विभाजन...
-
धुलाबारी/ आर्थिक अभावका कारण देखाएर दुईबर्षदेखि बन्द भएको झापा धुलाबारीस्थित मेची आम्दा अस्पताल शुक्रबारदेखि पुनःसञ्चालनमा आएको छ । मेचीनग...
-
मोरङ/ विद्युत् कटौतीका कारण मोरङ–सुनसरी आद्योगिक करिडोर क्षेत्रका प्लास्टिक उद्योगलाई समस्या भएको छ । अन्तर्राष्ट्रिय मन्दी र विद्युत् कटौ...
-
उर्लाबारी/ मोरङको उर्लाबारीस्थित उर्लाबारी उद्योग बाणिज्य संघको आगामी भदौ १९ र २० गते हुने चुनावी साधरणसभाका लागि नेपाली कांग्रेसले आफ्नो क...
-
दमक / बिश्वकर्मा सेवा समाज दमकको पहिलो साधारणसभाले शुक्रबार दुई जना पत्रकार लाई सम्मान सहित समाजकोे नयाँ नेतृृत्व समेत चयन गरेको छ । दमकस्...